तिम्रो कसम खाएको छु र जिउंदै छु...................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिम्रो कसम खाएको छु र जिउंदै छु, त्यही कसम जिउंदो राख्न त पिउदै छु । " म बिना नै जिउनु पर्छ" भन्यौ । तिमी बिना जिउन लाई त पिउदै छु । बिर्सनु  भन्यौ यो सम्झिने मनलाई होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु । फेरी कहिलेइ न भेट्ने वाचा थियो हाम्रो बाटोमा भेटिएला, मैखाना मा पिउदै छु ।  

rahulvai · Mar 29, 2011 12:28 PM · 20,270 views

13 Replies

वाह क्या हरिप लेख्दिने ठुल्दाइ पनि ब्राभो !

ritthe · Mar 29, 2011 12:34 PM

दामी छ। पिउदै रहेछौ गाठे, मेरा लागि पनि पिदेउ।

subrath · Mar 29, 2011 12:37 PM

 कसम खाएर पनि जिउन सकिदो र'छ  On the serious note, nice work Thuldai !

bhakte dai · Mar 29, 2011 12:41 PM

बिर्सनु  भन्यौ यो सम्झिने मनलाई होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु । धेरै राम्रो छ राहुलजी!!

lelin · Mar 29, 2011 12:44 PM

भन्ने बेलाँ पिउँदिन भन्ने अनि लुकिलुकि पिएर यसरी च्वाँक लेख्ने ठुल्दाई ?

mulmiz · Mar 29, 2011 12:47 PM

Nicely written. मैखाना त उर्दु भएन? How about Bhatti? I guess it wouldn't flow with the words. Your poem reminded me of my favourite song: नपिउने बाचा गराइ गयौ म पिउ कसरी? तिमी बिनाको एक्लो जीवन म जिउ कसरी? यो गीत कसै सँग भए please provide me a link. Atleast tell me who the singer is.

Stiffler · Mar 29, 2011 1:03 PM

Stiff bro, यो गीत सत्यनारायण राजभण्डारीले गाउनुभाकोको थियो जस्ले "मुटु मेरो चुडि लगिन" गाएका थिए । Last edited: 29-Mar-11 01:12 PM

mulmiz · Mar 29, 2011 1:06 PM

Dhanya ho mulmiz, dhanya ho Let me know if anybody has a link or can upload it.

Stiffler · Mar 29, 2011 1:07 PM

"बिर्सनु  भन्यौ यो सम्झिने मनलाई होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।" वाह वाह ठुल्दाइ गज्जब 

serial · Mar 29, 2011 1:14 PM

 बिर्सनु  भन्यौ यो सम्झिने मनलाई  होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।   लहरे जेठानलाई पनि तेही मुन परेछ..   वाह वाह ठुल्दाइ !!!

Narayangarh suburb · Mar 29, 2011 1:27 PM

कस्तो राम्रो कबित RV को, तर पिउन चाइ  के  पिया नि? होनचा को छ्याङ् ? बौध्ह को तोङ्बा? ठमेल को थों? कि किर्तिपुर को ऐला? जमना मा एउटा kt सँग लभ पर्या थ्यो, कबिता सुन्नैद्या, गाला मा एक चाडकन हानी रिश को झोक मा होनचा का गएर पिरो आलुको अचार्  र छ्याङ्  खाइ देको बिर्सन लाई कस्लाई बिर्सन खोज्या हो, आज सम्मा याद छैन RV चाँही सम्झन लाई पिदिने भन्या    

timi_mero_sathi · Mar 29, 2011 5:20 PM

Last edited: 30-Mar-11 07:53 AM Last edited: 30-Mar-11 07:56 AM

prabhat41 · Mar 30, 2011 7:52 AM

Wa Wa rahulvai kya Gajab chha. Mero lagi lekhdeko jasto chha...

Grenade · Mar 30, 2011 8:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all