एमाले अर्थमन्त्रिले १ अर्ब ३५ लाख खान अर्थसचिब हटाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  चौधरी ग्रुपले हटायो अर्थसचिव, १ अर्ब ३५ करोडमा मन्त्रीको र्‍याल By mysansar, on March 29th, 2011 नक्कली भ्याट बिल बनाएर राष्ट्रको राजस्व छल्नेहरुसँग १ अर्ब ३५ करोड रुपैयाँ कर असुल्ने तयारी गरिरहँदा चौधरी ग्रुप सहितका व्यापारिक घरानाको दवाबमा अर्थसचिव बदल्ने खेल भएपछि अर्थसचिव रामेश्वर खनालले राजिनामा गरेका छन्। ‘मेरो नाम नेमप्लेट र वेबसाइटबाट हटाइदिनु’ राष्ट्र लुट्ने व्यापारीलाई कारवाही हुनुपर्ने अडान राख्दै आएका अर्थसचिवले मन्त्रालयका कर्मचारीलाई मंगलबार भने- ‘अब म फर्केर आउँदिन।’ सरकारी गाडी मन्त्रालयमै छाडेर हिँडेका खनाल सिंहदरबार बाहिरबाट ट्याक्सीमा चढेर घरतर्फ लागेका छन्। FOR DETAIL:http://www.mysansar.com/archiv...

chanty399 · Mar 29, 2011 8:08 AM · 18,826 views

9 Replies

What is Akhtiyar  DURUPAYOG DOING? Sleeping Tyo B. M . Adhikarilai TUTURO ma dori laera jhundaunu paryo!!!

Smooth · Mar 29, 2011 8:44 AM

Ohhho Artha Sachib ta bahun bhayera pani bikena chan, chaudhari jatho chaudhari bhayera pani ghus khuwaidai raicha,... Dhat!! Maile ta pattyaina

Fat beast · Mar 29, 2011 9:55 AM

more here: http://www.onlinekhabar.com/20...

kalo_chasma · Mar 29, 2011 4:19 PM

 http://nagariknews.com/politic...

chanty399 · Mar 30, 2011 8:51 AM

रामेश्वर हटाउन पछिको रामकहानी 'कुत्तोको १० करोड तो देदिया...' 3Share  १६ चैत्र, काठमाण्डौं । झण्डै दुई महिना अघि पाँच तारे होटल हयात रिजेन्सिमा एउटा भब्य डिनर पार्टी चलिरहेको थियो, पार्टी बैंक अफ एसियाका बोर्ड डाइरेक्टर तथा मारवाडी समुदायका प्रभावशाली व्यापारी सतिष मोरले दिएका थिए । पार्टीमा मारवाडी समुदायको राम्रै उपस्थिति थियो । पार्टी चलिरहँदा शंकर समूहका अध्यक्ष शंकरलाल गोल्यान मदिरा लागेर झुम्म थिए । मदिरा लागेका कारण शंकर अलि बढी नै उत्तेजित थिए, हायात होटलको बेसमेण्टमा चलिरहेको पार्टीमा शंकरले वरपर रहेका मोर, बैंक अफ एसियाका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल र अरु मारवाडीसँग भन्दै थिए, ‘यिन कुत्तोको १० करोड तो देदिया, अभितक नहि तो भरतमोहनको फाइनान्स मिनिस्टर बनातें हैं, नहि तो वो सेक्रेटेरी क्या है उस्का नाम…(वीचमा कसैले रामेश्वर भनिदिन्छ), हाँ वो बेवकुफ रामेश्वरको हि चेञ्ज करतें हैं । पता नहिं यार ये विनोद भी क्या कर रहा है ।’ उत्तेजित भएका शंकरले अलि चर्को स्वरमा बोलिरहँदा मारवाडीसँगै अरु केही नेवार समुदायका उद्योगपति व्यापारीहरु पनि नजिकै आइपुगेका थिए । त्यसैवीचमा त्रिलोकले शंकरलाई शान्त पार्दै र कुरालाई अघि नबढाउने संकेतका साथ भन्दै थिए, ‘जरा धिरज राखो कुछ तो होगा ।’ त्यही पार्टीका एक सहभागी भन्छन्, शंकरले कुत्ता भनेर एमालेलाई भन्न खोजेका थिए । उन्का अनुसार त्यतिवेला झलनाथ खनाल प्रधानमन्त्री बनिसकेको अवस्था थियो भने भरतमोहन अधिकारी सहित एमालेका तीन जना नेताले विनाविभागीय मन्त्रीको सपथ खाएको अवस्था थियो । विनाविभागीय मन्त्री बनाएको केही दिन भैसक्दा समेत भरतमोहन अधिकारी अर्थमन्त्री नबनेकोमा शंकरको रोष थियो । मारवाडी समुदायसँग नजिकको सम्वन्ध भएका एक जना उद्योगपति भन्छन्, त्यतिवेला शंकर निक्कै आक्रोशित हुनुको पहिलो कारण थियो, मंगलवार अब सरकारी सेवक भएर हैन नागरिक समाजको प्रतिनिधी भएर काम गर्छु भन्दै अर्थसचिवबाट विदा भएका रामेश्वर खनाल । खनाल शंकरको आक्रमणको तारो बन्नुको कारण थियो, नक्कली भ्याट विल प्रकरण । यो प्रकरणमा गोल्यान अध्यक्ष रहेको शंकर गु्रपका केही उद्योगले राजस्व छलेको भन्दै भ्याट र जरिवाना सहित झण्डै ३० करोड रुपैयाँभन्दा बढी राजस्व असुल गर्नुपर्ने प्रारम्भिक फैसला हुँदै थियो । नक्कली भ्याटविल प्रकरणलाई सुक्ष्म अध्ययन गर्न खनालले दिएको निर्देशन तथा कारवाही गरि छाडने प्रतिवद्धतादेखि शंकर निक्कै डराएका थिए । शंकर मात्रै होइन नक्कली भ्याट विल प्रकरणमा भरतमोहन अधिकारीसँग नजिकको सम्वन्ध भएको भनिएका मारवाडी विशाल गु्रपका अग्रवाल दाजुभाईहरु पनि फसेका थिए । यो नक्कली भ्याट विल प्रकरणमा विनोद चौधरीका कान्छा भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टल र गोल्छा समूह माथि पनि छानविन भैरहेको थियो । नक्कली भ्याट विल प्रकरणको छानविन तथा कारवाही रोक्नका लागि मारवाडी समुदायसँग एउटा मात्र विकल्प थियो, खनाललाई अर्थमन्त्रालयबाट हटाउने । त्यसका लागि उनीहरुलाई एमालेको अर्थमन्त्री चाहिएको थियो, त्यो पनि भरतमोहन अधिकारी । मारवाडी समुदायलाई आश्वस्त पार्दै अधिकारीलाई अर्थमन्त्री बनाउने जिम्मेवारी लिएर बसेका थिए, विनोद चौधरी र त्रिलोकचन्द्र अग्रवाल । यसका लागि शंकर एक्लैले १० करोड रुपैयाँ लगानी गरेको घोषणा त्यही पार्टीमा गरेका थिए भने अरुले कति लगानी गरेका होलान त्यो अनुमान मात्र गर्न सकिने अवस्था छ । विभिन्न ‘सर्कम्ट्यान्सेस’का कारण भरतमोहनलाई पार्टीबाट सर्वसम्मत अर्थमन्त्री बनाउन निक्कै कठिन थियो । त्यसैले मारवाडी समुदायले अधिकारीलाई अर्थमन्त्री बनाउन निक्कै ठूलो लगानी गरेको प्रष्ट हुन्छ । भरतमोहन अधिकारी एमालेका ‘च्वाइस’ थिएनन्, किनभने झलनाथ खनालले प्रधानमन्त्री हुनासाथ घोषणा गरेका थिए, सकेसम्म संविधानसभा चुनावमा विजयी भएकालाई मात्र मन्त्री बनाउँछु भनेर । त्यसको अर्थ थियो, संविधानसभा चुनावमा मोरङ्ग क्षेत्र नम्वर २ बाट माओवादीका युवा नेता लालबहादुर सुश्लिङ मगरसँग चार हजार मतले पराजित भरतमोहन अधिकारीको पत्ता काटिनु । भरतमोहन आमजनताबाट त अनुमोदित थिएनन्, थिएनन् कार्यकर्ताबाट पनि अनुमोदित भएका थिएनन्, किनभने एमालेको बुटवल महाधिवेशनमा उपाध्यक्ष पदका लागि लडेका भरतमोहन अधिकारी छ जना उम्मेदवारमा भीम रावलले भन्दा पनि थोरै मत लिएर छैंटौं भएका थिए । भरतमोहन अधिकारी अर्थमन्त्री हुनका लागि एउटा मात्र अस्त्र थियो, ‘रकम’ । सो उनका लागि र उनीमार्फत एमालेमा बुझाउने रकमको जोहो विनोद चौधरी र अग्रवालले गरेका थिए । भ्याट छलिको मुद्धालाई अर्थमन्त्रालयले विस्तारै विस्तारै मिडियामार्फत सार्वजनिक गरेर भरतमोहन अधिकारीमाथि कारवाहीका लागि दवाव बनाइरहेको थियो । मिडिया मार्फत दिएको दवाव स्वरुप भरतमोहन अधिकारीले सुरुमा घोषणा पनि गरे, भ्याट छल्ने माथि कारवाही हुन्छ । अधिकारीले यो भनाईबाट एक निशाना दुई तिर लागेको हुनुपर्दछ । एकातिर कारवाही गरिहाल्नुपर्दछ भन्ने टोलीलाई मत्थर बनाउने अर्कोतर्फ कारवाहीका भागिदारहरुलाई थप दवाव दिएर अझ बढी पैसा असुली गर्ने । तर अधिकारीको बाहिरी वक्तव्य र भित्रि क्रियाकलाप भने दुई फरक धारमा थिए । त्यसको महसुस खनालले भरतमोहन अधिकारी अर्थमन्त्री हुनासाथ गरेका थिए, त्यसैले खनालले नागरिक दैनिकलाई अन्तरवार्ता दिंदै भनेका थिए, अर्थतन्त्र तहसनहस पार्ने गरी भ्याट छलि गरेका व्याक्तिलाई कारवाही नगर्न दवाव आए म राजिनामा दिन्छु । सो दवाव आयो, उनले पनि राजिनामा दिए । उता झण्डै डेढ महिनासम्म छानविन प्रक्रियालाई ‘होल्ड’ गरिसकेपछि अधिकारीले मुद्धा सेलाउन थालेको संकेत पाए, उता करोडौं रुपैयाँ अदा गरेका व्यापारीहरुको रोषलाई पनि सम्वोधन गर्नुपर्ने दवाव बढ्दै गयो । सायद सोमवार साँझ या राती हुनुपर्दछ उनले रामेश्वर खनाललाई सरुवा गर्ने प्रस्ताव सुनाए । करोडपति अधिकारी त्यसो त भरतमोहन अधिकारीले बुझाएको सम्पत्ति विवरण पनि थुप्रै ‘क्यास’ देखिएको छ । उनले बुझाएको सम्पत्ति विवरणमा झण्डै ६० लाख रुपैयाँ बैंक मौज्दात छ भने साढे सात लाख रुपैयाँको लगानी छ । माधवकुमार नेपालपत्नी गायत्री नेपालको समेत शेयर रहेको जनता बैंकमा मात्रै अधिकारीकी श्रमती ओमकुमारी अधिकारीको नाममा ५० लाख रुपैयाँको मुद्धती खाता छ । ओमकुमारीकै नाममा यही बैंकमा ७ लाख रुपैयाँको बचत खातामा रकम छ । त्यसैगरी अधिकारीकै श्रीमतीको नाममा कृषि विकास बैंकमा दुई लाख रुपैयाँ, हिमालयन बैंकमा ४० हजार रुपैयाँ र मनकामना विकास बैंकमा पाँच हजार रुपैयाँ मौज्दात छ । भन्नलाई अधिकारीले जनता बैंकमा राखेको पैसा मोरङको जग्गा विक्री गरेर आम्दानी गरेको तथा अन्य आम्दानी प्राध्यापन र पेन्सनबाट भएको बताएका छन् । यसैगरी अधिकारीले मनमोहन सामुदायिक अस्पतालमा एक लाख रुपैयाँ, सिभिल होममा पाँच लाख रुपैयाँ, पासाङ्ग ल्याम्हु शेर्पा कलेजमा एक लाख १७ हजार रुपैयाँ र मनकामना सहकारीमा पाँच हजार रुपैयाँ सेयर लगानी गरेका छन् । यो सबै सम्पत्ति अधिकारीले श्रीमतीको अध्यापन र पेन्सनबाट प्राप्त भएको उल्लेख गरेका छन् । त्यसमध्ये थोरै व्याक्तिको मात्र लगानी भएको सिभिल होममा अधिकारीकी श्रीमतीले कसरी र कुन साइनोले लगानी गरिन होला त्यो भने प्रश्न उठाउन लायक छ । एमालेका तर्फबाट मन्त्री भएका चार जनामध्ये अधिकारी नै त्यस्ता एक्ला भाग्यमानी नेता हुन, जोसँग अरुभन्दा बढी सुन छ । अधिकारीले बुझाएको सम्पत्ति विवरणमा पैत्रिक सम्पत्ति भन्दै १५ तोला सुन ५० तोला चाँदी भएको दावी पनि गरेका छन् । अधिकारीको पृष्ठभूमी र पछिल्ला क्रियाकलापलाई हेर्दा अधिकारीको यो सम्पत्ति आश्चर्यजनक र अपत्यारिलो समेत छ । यो विषयमा थप अनुसन्धान हुन जरुरी पनि छ । भरतमोहन अधिकारीकी श्रीमतीका नाममा भएको सम्पत्ति विवरण को हुन् शंकर ४० वर्ष अघि भारतबाट नेपाल छिरेका शंकरलाल गोल्यानसँग त्यतिवेला झण्डै शुन्य बराबरको सम्पत्ति थियो, यो कुरा उन्को यो वेभसाइट http://shankergroup.com/en/abo... पनि छ । झण्डै चार दशकपछि तीनै शंकरलाल गोल्यान नेपालमा झण्डै डेढ दर्जन उद्योगका मालिक भएका छन् । शंकरको दावी छ, उनको सम्पूर्ण कम्पनीले वर्षमा छ सय मिलियन डलर अर्थात २७ अर्ब रुपैयाँको कारोवार गर्छ । वीरगञ्ज चेम्वर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य र नेपाल स्टिल उद्योग संघका पनि उपाध्यक्ष गोल्यानका शंकर र जगदम्बा ब्राण्डमा कम्पनीहरु छन् । शंकर समूह अन्र्तगत जगदम्बा स्टिल, जगदम्बा वायर, गोवा पान मसाला, शंकर सिन्थेटिक, जगदम्बा पाइप, जगदम्बा सिन्थेटिक, जगदम्बा केमिकल, लक्ष्मी ओभरसिज, जगदम्बा सिमेन्ट, जगदम्बा स्पिनिङ मिल, जगदम्बा रोटो प्याकेजिङ, नाकासु मोटर, फोर्स एल एण्ड टी मोटर, सौभर फोटो इन्टरनेशनल, युनिटेक डेभलपर्स, सुभा श्री जे सिमेन्ट र जगदम्बा डेभलपर्स प्रा.लि. छन् । के हो विशाल ग्रुप विशाल समूह पनि मारवाडी समुदायकै एउटा ठूलो व्यवसायिक घराना हो । विशाल समूहले नेपालमा आइरन, स्टिल, उपभोक्ता सामान, अन्तराष्ट्रिय व्यापार, दुईवटा इन्सुरेन्स कम्पनी, कृषि उद्योग, शिक्षा र बैंकिङ क्षेत्रमा लगानी गरेको छ । विशाल समूहले पनि वर्षमा अर्बौं रुपैयाँको कारोवार गर्छ । यही समूहले प्रजातन्त्र पुर्नस्थापनापछि इलामको चिया बगान निजिकरणका नाममा कौडीको मूल्यमा आफ्नो स्वामित्वमा सारेको थियो । यही समूहले सुरुमा भारतीय लगानीमा स्थापित युनाइटेड टेलिकम लिमिटेड -युटिएल)मा लगानी गरेको थियो ।                                 अहिले अर्थमन्त्री अधिकारी र खनालबीच पनि यही युटिएलको राजस्व मिनाहाका विषयमा विवाद छ । नेपाल दूरसञ्चार प्राधिकरणसँग कवोल गरेको ८९ करोड रुपैयाँ रोयल्टी नतिरेपछि प्राधिकरणले पाँच लाख रुपैयाँ जरिवाना गरेर रोयल्टी तिर्न निर्देशन दिएको छ । तर कम्पनीले भने रोयल्टी तिर्नुको सट्टा प्राधिकरणका अध्यक्ष भेषराज कंडेललाई, हाम्रो सरकारसँग विशेष सम्वन्ध छ, हामी रोयल्टी तिर्दैनौं भनिरहेको छ । सायद अर्थमन्त्री भरतमोहन अधिकारीसँगको सम्वन्धलाई नै युटिएलले राम्रो सम्वन्धका रुपमा व्याख्या गरेको होला । किन भने युटिएलको सरोकारवाला सूचना तथा सञ्चार मन्त्रालय यतिवेला माओवादीको जिम्मामा छ र माओवादी भारतसँगको राजनीतिक बदला यो कम्पनीलाई कारवाही गरेर लिन चाहिरहेको छ । Source: Onlinekhabar.com           Last edited: 30-Mar-11 09:21 AM

gari khau · Mar 30, 2011 9:21 AM

Source: Nagariknews.com   राजा ज्ञानेन्द्र सकृय हुँदा तत्कालीन शाहि नेपाली सेनाले करोडौ रुपैयाँ थप रकम माग गर्‍यो। बजेट महाशाखा प्रमुख रामेश्वर खनालले दिन नसक्ने अडान लिएपछि जरनेलले धम्की दिँदै भने 'तपाई जस्ता कर्मचारीलाई ठेगाना लगाएर देखाईदिन्छौं।' तत्कालीन राजा राजनीतिमा सकृय भएकाले सेना हावी थियो। खनालले तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनीलाई जरनेलले धम्की दिएको र आफूले यस्तो दवावमा काम गर्न नसक्ने जानकारी गराए। यो सुनेपछि लोहनीले तुरुन्तै प्रधानमन्त्री सुर्यबहादुर थापालाई टेलिफोन गरेर भने 'जरनेलले मेरा कर्मचारीलाई धम्की दिने यो तरिका भएन म राजिनामा दिन्छु।' प्रशासनलाई राम्रो वुझेका थापाले यसको भोलिपल्ट अर्थमन्त्री सहित राखेर प्रधानसेनापतिलाई अव यस्तो गल्ति नगर्न निर्देशन दिए।  पछिल्लो जनआन्दोलनपछि अर्थमन्त्रालयमा केही कर्मचारीले खनाललाई मन्त्रालयबाट हटाउनु पर्ने माग राख्दै हल्ला गरे। कर्मचारीको आरोप थियो खनाल मण्डले हुन्। यो आरोप सत्य थिएन उनले आफ्नो ठाउंवाट सकेजति राजनीतिक पार्टीलाई सहयोग गरेका थिए। खनालले बजेट महाशाखा हुदां सुटुक्क तत्कालिन युवराज पारसले विदेशलाई गैंडा उपहार दिदां ६ करोड रुपैंया खर्च माग र हेलेन शाह उपचारका लागि मन्त्रीपरिषदले १ करोड २० लाख दिने निर्णय गरेको जानकारी दिएका थिए। राजाको शासनकालमा यि समाचारले विशेष स्थान पाए। समाचार पत्रिकामा छापिएपछि दरवार अप्ठ्यारोमा परेको थियो। माओवादी सरकार बनेपछि तत्कालिन अर्थमन्त्री वाबुराम भट्राईसंग सुरुमा खनालको राम्रो सम्वन्ध थिएन। तर, राजिनामा दिए पछि भट्राईले खनाललाई आफ्नो मन्त्री निवासमा वोलाएर साथिहरुले तपाईको वारेमा विभिन्न कुरा सुनाएका थिए तर, राम्रो सहयोग गर्नु भयो धेरै ठाउंमा मलाई सही सल्लाह दिनु भयो भन्दै धन्यवाद दिएका थिए।  माओवादी सरकारले निकै प्रचार गरेको युवा स्वरोजगार कार्यक्रमका एकजना आर्किटेक्ट खनाल थिए। कांग्रेस पार्टीका तर्फवाट पटक पटक अर्थमन्त्री भएका रामशरण महत पनि खनाल प्रति निकै सकरात्मक थिए। उनी क्षमतावना कर्मचारी हुन भनेर महत प्रशंसा गर्थे। अर्थशास्त्रीहरु विशम्भर प्याकुरेल, डिल्लीराज खनाल लगायत पनि खनालका प्रशंसक हुन। व्यवस्थापन संघका अध्यक्ष समेत भएका खनाल अर्थमन्त्रालय भित्र मिहेनेती कर्मचारीका रुपमा चिनिन्थे। सहसचिव हुदां देखिनै प्राय विहान कार्यालय खुल्न भन्दा अघि नै अर्थमन्त्रालय आईपुग्थे। प्राय आठ बजे अघि नै कोठामा पुगिसक्थे प्राय अवेरसम्म काम गर्थे। नेपाल वा उपत्यका वन्द हुदां पानि टोपि लगाई माउण्टेन वाइक साइकल चढेर कौशलटारवाट सिंहदरवार जान्थे। खनाल पदमा हुदां देशको अर्थतन्त्र संकटमा पर्दैन र पर्न लागे पनि ठिक निर्णय लिनसक्छन भनेर ढुक्क हुन सकिन्थ्यो। आर्थिक तथ्यांक राम्रोसंग केलाउन सक्ने क्षमता उनीसंग छ। अर्थतन्त्रको अवस्था र आवश्यकतावारे राजनीतिज्ञ देखि विदेशी दातृ निकायसवैलाई वुझाउन सक्छन्। कतिपय तथ्यांक कण्ठै हुन्थ्यो। थुप्रै सरकारको आय व्यय विवरण बजेट उनले आफैं लेखेका छन्। उनीसंग नयां विचार दिन सक्ने खुवी पनि थियो। एशियाली विकास बैंकको वार्षिक बैठकमा विश्व प्रसिद्ध रोयर्टस समाचार एजेन्सीलाई अन्तवार्ता दिदैं खनालले देशका विभिन्न ठाउंमा पांच महानगर वनाउने र यसका लागि १०० अर्व खर्च गर्ने योजना रहेको वताएका थिए। रोयर्टसलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यो समाचार दिएका थिए। यो अवधारणा अझै जीवित छ। सहरले आर्थिक विस्तार गर्छ। त्यसैले पुर्वाधार र योजना सहित महानगर वनाउनु पर्छ भन्ने खनालको दावी थियो।  मन्त्रालयभित्र खनाललाई नरुचाउने र विरोध गर्ने पनि कम थिएनन्। खनाल खटेर काम गर्थे अरु कर्मचारीले पनि यसरी नै मिहिनेत गरुन भन्ने चाहना राख्थे। यसले गर्दा उनी आफै बढी काम गर्थे। अरुकर्मचारीसंग मिलेर टिमका रुपमा काम गर्न सक्थेनन्। महत्वपुर्ण विभागमा रहेर काम गरे पनि खनालले पैसा खाए अनियमितता गरे भन्ने आरोप लगाउनेहरु निकै कम छन्। खनालको जीवनशैली र परिवारसंरचना हेर्दा पनि पैसा खाएको देखिदैंन। चुरोटवाहेक उनको खानपान समान्य छ। श्रीमति राम्रो आर्जन गर्ने सेयर ब्रोकर हुन्। एकमात्र छोरी अमेरिकामा अन्तरिक्ष फिजिक्स पढ्छिन्। दुई बर्ष अघि राम्रो पढेबापत उनलाई कलेजले केही हजार डलर पुरष्कार दिएको थियो। यो पैसावाट छोरीले वावुलाई सोनि इ- रिडर उपहार दिइन्। खनाल प्राय यो इ-रिडर सधैं साथमा राख्थे। गाडी जाम हुदां होस वा छोटो फुसर्दमा उनी इ-रिडरमा किताव पढ्छन्।  टेकिगं खनालको सोख हो। सार्वजनिक विदा पारेर पटक पटक उनी काठमाडौ वाहिर घुम्न निस्कन्छन्। यसरी घुम्न जांदा सरकारी कर्मचारीको रुपमा सकेसम्म चिनाउंदैन्न। सामान्य पर्यटककै रुपमा पैसा तिरेर जहां जे छ त्यही सुविधा उपयोग गर्छन। खनाल अर्थसचिव भएयता अर्थतन्त्र संकटमा परेन तर, आमुल परिवर्तन पनि भएन। भट्राई र त्यसपछिका अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो समयमा राजस्व बृद्धि उच्च भएको मुख्य उपलव्धिका रुपमा देखाएका थिए। यि दुवै मन्त्री कार्यकालमा खनाल अर्थसचिव थिए।  उपप्रधान तथा अर्थमन्त्री भरतमाहेन अधिकारीको निर्णय क्षमता कमजोर छ। उनको कार्यकालमा प्राय एमाले पार्टी निकट अर्थशास्त्री हावी हुन्छन्। २०५१ सालमा पहिलो पटक अधिकारी अर्थमन्त्री हुदां प्रतितपत्र धोटला प्रकरण भएको थियो। यो प्रकरणमा अधिकारीको संलग्नता थिएन तर, उनले रोक्न सकेनन्। अहिलेको भ्याट प्रकरण पनि उनले रोक्न नसक्ने संभावना छ।  खनालले अर्थमन्त्रीसंग असहमती राखेर वाहिरिएको समाचार नागरिकन्युज अनलाईनमा आएको केही घण्टा पाठकहरुले तीन दर्जन भन्दा वढी प्रतिकृया पठाएका छन्। प्राय सवैको भनाई छ अर्थमन्त्रीको आलोचना गर्दै भनेका छन्- गलत काम गरे राम्रो मान्छेलाई काम गर्न दिएनन्। एक जना पाठक रमेश केसी लेखेका छन्- 'अर्थसचिव रामेश्वर खनाल सर सलाम छ तपाईलाई तर, भागेर होइन डटेर काम गर्नुस। हामी जनता तपाईको साथमा छौं। ' केसीको प्रतिकृयालाई १२ जनाले समर्थन गरेका छन्। यो विवादमा अर्थमन्त्रीको काम प्रति सर्वसाधारणले औंला उठाएका छन्। अर्थमन्त्रीको प्रतिष्ठा माथि प्रश्न चिन्ह् लागेको छ। यो प्रकरण वढ्दै गए राजनीतिक नेतृत्व प्रति सर्वसाधारणको विश्वास अझ घट्ने छ।  अर्थसचिव अकस्मात राजिनामा दिंदा यसले अर्थतन्त्र र सर्वसाधारणमा सहि सन्देश जान्दैन्। यसवाट विदेशी दातृ निकाय पनि दुविधामा पर्ने छन्। विगत २० बर्षयता अर्थसचिवले आफ्नो कार्यकाल कि त पुरा गरेका छन वा मुख्यसचिव भएर छाडेका छन्। लामो समय कर्मचारी प्रशासनमा काम गरेर परिपक्क भएका खनालले केसी जस्ता पाठक प्रति पनि उत्तरदायी छु भन्ने भुल्नु हुदैंन।

gari khau · Mar 30, 2011 9:42 AM

यो देशको नाम नेपाल होइन माडे-पाल हुनुपर्ने सबै नेताहरुका नाम पछाडी अब अग्रवाल हुनुपर्ने सबै नेपालीले गरोस बेईमाने माडे लाई सलाम चोरै चोरको देशमा इमानदारको के काम ? कान्तिपुरमा पनि रहेछ चौधरीको शेयर तेसैले उसले पनि गरेन यो घटनालाई केयर यो मामिलामा कान्तिपुरले पनि कमाएछ दाम चोरै चोरको देशमा इमानदारको के काम ?

shareds · Apr 4, 2011 7:56 PM

कति पानीमा छन् विनोद चौधरी ? 28Share    सोमबारका छापा विनोद चौधरीमय भएको छ, कारोबार दैनिकले कारोबारी समाचार लेखेको छ, कान्तिपुरले विनोद चौधरीको विज्ञापन वक्तव्य छापेको छ । कारोबारी समाचार छपाउने र विज्ञापन वक्तव्य लेख्ने विनोद कति नटवरलाल छन्, त्यसका लागि सबैभन्दा पहिले यो समाचार । अनि चौधरीले उठाएका प्रश्नको जवाफ । सबैभन्दा पहिले समाचार चौधरी समूह अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र कान्छा भाई अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनी नक्कली भ्याट बिल प्रकरणमा फसेका छन् । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट ६ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ । आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारिअनुसार सिजी फुडबाट पनि झण्डै १० करोड रुपैयाँका नक्कली भ्याट विल फेला परेको छ । स्रोतका अनुसार सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सको नक्कली भ्याट बिल वापत चौधरीले झण्डै साढे चार करोड रुपैयाँ राजस्व तिनुपर्दछ । चौधरी गु्रपकै सिजी फुडबाट मात्रै चौधरीले आठ करोड रुपैयाँ राजस्व तिर्नुपर्दछ । चौधरीले इमान्दारीपूर्वक राजस्व तिरेको भए तीन कम्पनीबाट छ करोड राजस्व तिरे पुग्थ्यो अब चौधरीले १२ करोड रुपैयाँ राजस्व तिर्नुपर्दछ । नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सीजी इलेक्ट्रोनिक्स र सीजी इम्पेक्सले नेपालमा एलजी, सीजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएको छ । उता सीजी फुड भने वाईवाई चाउचाउको उत्पादक कम्पनी हो । सभासद् चौधरीका कान्छा भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो । आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो । चौधरी समूह यस अघि पनि आयकर छलिमा कारबाहीमा परिसकेको छ । पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा चौधरी समूहबाट स्रोत नखुलेको १८ करोड फेला पारेपछि राजस्व अनुसन्धान विभागले छानविन गरेको थियो । विभागले पाँच करोड रुपैयाँ कर निर्धारण गरेपछि समूहले कर फछ्र्यौट आयोगमार्फत मुद्धा फछ्र्यौट गरेको थियो । अब विनोदलाई जवाफ कान्तिपुर दैनिकको विज्ञापन वक्तव्यमा विनोद चौधरीले रामेश्वर खनाललाई उद्घृत गर्दै लेखेका छन्, ‘एकथरि र्फमले हिसावकिताब तलमाथि गरर कर छली गरेका छन् । विश्वभरिको कर प्रशासनमा यो सामान्य प्रवृत्ति हो । आन्तरिक राजस्व कार्यालयले यसमा दण्ड जरिवाना असुलेर कारवाही टुङ्गयाउन सक्छ ।’ तर रामेश्वर खनालले आइतवार नागरिकमा प्रकाशित अन्तरवार्तामा त्यति मात्र भनेका छैनन्, खनालले थप भनेका छन्, ‘अर्काथरि कर कार्यालयले मूल्याङ्कन गरेको यस्तो रकम तिर्न आनाकानी गरिरहेका छन् । बरु विभिन्न नक्कली कागजात बनाएर भुलाउने काम गरिरहेका छन् । यस्ता व्यापारीलाई जेल सजायसम्म गर्न सकिन्छ । अहिले फेला परेको डरलाग्दो अपराध भ्याट बील, सही, छाप, विवरण सबै र्फजरी पेश हुनु हो । यो राजश्व चुहावट वा कर छली हैन । राजश्वको डकैती हो । यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्वन्की कारवाही गर्ने तयारी आन्तरिक राजस्व विभागले गरेको थियो । यस्तो जघन्य अपराधमा विभागका अधिकारीले सम्झौता गरेर खुकुलो निर्णय गर्लान भन्ने विश्वास मलाई छैन । कानुनले हदैसम्म सजाय तोकेको अपराधमा कसैले घटाउने दुस्साहस नगर्ला ।’ अर्थसचिव खनालले नक्कली भ्याट बिल छली प्रकरणमा संलग्न चौधरी जस्ता समूहलाई भन्न खोजेको प्रसङ्ग पहिलो होइन्, दोस्रो प्रसङ्ग हो । दोस्रो प्रसङ्गअनुसार चौधरी जेल जानुपर्दछ । नक्कली भ्याट बिलका लागि चौधरीका तीनवटा र्फमले पनि नक्कली भ्याट बिल बनाएका छन्, सही छाप किर्ते गरेका छन् र कर छलि गरेको होइन भनेर देखाएका विवरण नक्कली छन् । त्यसैले यो राजस्व चुहावट वा कर छली हैन । यो पुरै राजस्वको डकैती हो र खनालको शब्दमा यो ‘जघन्य अपराध’ हो । त्यसैले अहिले भन्नुपर्ने अवस्था आएको छ, चौधरीले राजस्वमा डकैती गरेका हुन्, उनले तपाई हामीजस्ता सर्वसाधरणसँग उठाएको भ्याट सरकारी खातामा दाखिला नगरेर जघन्य अपराध गरेका छन् । उनी यतिवेला संविधानसभाको चौतारीमा होइन खनालको शब्दमा भन्ने हो भने जेलमा हुनुपर्दछ । चौधरीले भाई अरुणप्रति समवेदना राख्दै भनेका छन्, ‘चौधरी गु्रप अन्तर्गत रहेका ४० भन्दा बढी उद्योग/व्यवसाय प्रोफेसनलहरुले सञ्चालन गर्छन् । कमसेकम तीन हजारको संख्याका भ्याटमा दर्ता भएका सप्लायर्समार्फत हाम्रा कम्पनीहरुले सेवा तथा वस्तु खरिद गर्छन् । यस्तो पृष्ठभूमिमा कतिपय अवस्थामा सरकारमा दर्ता भएका यस्ता सप्लायर्स विवादमा पर्छन् भने मैले त के मेरा ती ४० प्रतिष्ठानका ‘बिजनेस युनिट हेड’ले समेत संधै लेखाजोखा गर्नसक्ने कुरा होइन । जब कुनै अपि्रय घट्ना हुन्छन्, हाम्रो संस्था पनि अनुसन्धानमा लाग्छ । वास्तवमा ठगी गर्नेबाट जो पनि ठगिन सक्छ सरकार वा उद्यमी व्यवसायी वा उपभोक्ता पनि ।’ जीवन जीउनका लागि राम्रो रोजगारी/व्यवसाय नभएको व्याक्ति ठग हुन्छ, अर्को उद्योग/व्यापार भएपनि सत्ताको आडमा अझ बढी धनी हुन ठग्छ । विनोदको इतिहाँस भन्छ, उनी सत्ताको आडमा अझ बढी पैसा बनाउन ठगी गर्छन । के एभरेष्ट बैंकको टेकु शाखामा उन्को जानकारी विना आयकर नतिरिकनै १८ करोड रुपैयाँ राखिएको थियो ? के अहिलेको नक्कली भ्याट विल प्रकरणमा उन्का र्फमको संलग्नता विनोदलाई थाहा थिएन ? नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरेका अधिकृतहरु भन्छन्, यो नक्कली बिल प्रकरणको पुरै जानकारी विनोदलाई थियो । बरु विनोदका ‘विजनेश युनिट हेड’लाई यो जानकारी नहुन सक्छ । किनकी नक्कली भ्याट बिल प्रकरणमा छलि गर्न ‘विजनेश युनिट हेड’ चाहिंदैन । मात्र चाहिन्छ, चार्टड एकाउण्टेण्ट । विनोदको निर्देशन विना चार्टड एकाउण्टेण्टले नक्कली भ्याट बिल बनाएको हुनै सक्दैन । त्यसैले विनोदकै शब्दमा, ‘वास्तवमा ठगी गर्नेबाट जो पनि ठगिन सक्छ, सरकार वा उद्यमी, व्यवसायी वा उपभोक्ता पनि ।’ यसपटक उपभोक्तासँग उठाएको कर नतिरेर एउटा व्यवसायीले, एउटा उद्योगीले सरकारलाई ठगेको छ, रकम उठाइएका उपभोक्ता ठगिएका छन् । विनोदले कान्तिपुरको विज्ञापन वक्तव्यमा भनेका छन्, सम्पूर्ण घटनाक्रममा देखिएका पात्रहरुको शुक्ष्म अध्ययनपछि थाहा भयो, हामीलाई भ्याट प्रकरण मुछ्ने उद्देश्य त सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल पो रहेछ । भ्याट छली प्रकरण सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल होइन्, त्यो त्यतिवेला मात्र सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल भयो, जतिवेला विनोद चौधरीको समूहले भ्याट छलीबाट जोगिन सत्ताको डरलाग्दो प्रयोग गर्‍यो । भ्याट छलीबाटै जोगिन अर्थमन्त्रीको परिवर्तन गरियो, जनता र कार्यकर्ताबाट तिरस्कार भएका वयोवृद्ध नेतालाई अर्थमन्त्रीका रुपमा प्रस्तुत गरियो । विनोदले २० वर्षदेखिका मित्र भरतमोहन अधिकारीलाई अर्थमन्त्रीमा प्रस्ताव गर्नु र अर्थमन्त्री परिवर्तन भएपछि अर्थसचिव परिवर्तनका खेल खेल्नु पो डरलाग्दो भयो । यो पो सत्ताको फोहोरी खेल भयो । यसै पनि नक्कली भ्याट बिल प्रकरणमा फसिसकेका व्याक्तिलाई सार्वजनिक गर्नु सत्ताको डरलाग्दो र फोहोरी खेल हुन नपर्ने हो । चौधरीका विषयमा कारोवारमा समाचार छ, ‘हामी वर्षको पाँच अर्ब राजस्व बुझाउँछौं ।’ उद्यमी/व्यवसायीलाई ठूलो भ्रम छ राजस्व हामीले तिर्छौं । तर यथार्थमा राजस्व उद्यमी/व्यवसायीले होइन जनताले तिर्छन । जनताले तिरेको राजस्व व्यवस्थित ढंगले बुझाउने जिम्मेवारी उद्यमी/व्यवसायीको हो । तर उद्यमी व्यवसायीहरु जनताले बुझाएको राजस्व दाखिला गर्दैनन्, उनीहरु जनताले बुझाएको राजस्व आफ्नो सम्पत्ति बढाउनमा प्रयोग गर्छन । उनीहरु जनताको करलाई आफ्नो सम्पत्ति ठान्छन् । कर उद्यमी/व्यवसायीको सम्पत्ति होइन, यो त उपभोक्ताबाट उठाएको रकम सरकारलाई बुझाउने उद्यमी व्यवसायीको दायित्व हो । जतिवेला उद्यमी/व्यवसायी जनताको करलाई सम्पत्ति ठान्छ, त्यतिवेला उ उद्यमी/व्यवसायी हुन सक्दैन, उ मात्र ठग हुन सक्छ । चौधरीले भनेका छन् ‘मुलुकका प्रतिष्ठित मिडियाले मलाई जोड्ने प्रयास गरेका छैनन्’ यो चौधरीको महानता होइन्, यो हामी जस्ता जनताको महानता हो । जहाँ मिडिया जनताको पछि होइन्, उद्यमी/व्यवसायीको पछि हुन्छ । जहाँ सञ्चार उद्योग पनि पैसा बनाउने चक्करमा हुन्छ । उद्यमीलाई पिरोल्दा सञ्चार उद्यमी पनि पिरोलिन्छ । जनता पिरोलिंदा सञ्चार उद्यमीलाई घाटा हुँदैन्, उद्यमी पिरोलिंदा सञ्चार उद्यमीलाई घाटा हुन्छ । त्यतिवेला चौधरीलाई मुलुकका प्रतिष्ठित मिडियाले पिरोल्दैनन्, यो नेपालको यथार्थ हो । चौधरीले अरु धेरै प्रश्न उठाएका छन्, ती प्रश्नको जवाफ दिंदा होइन, प्रश्नलाई प्रश्नका रुपमा राख्दा जवाफ मिल्नेछ । ‘यो सबै राजनीतिक जीवन समाप्त गर्ने खेल हो ।’ ‘आफ्नो जीवनमा संधैभरी स्वाभिमानको लडाईं लड्दै आएको छु ।’ ‘विनोद चौधरीलाई पैसा कमाउन राजनीति वा सरकारी पद चाहिंदैन ।’ ‘राजनीतिमा खर्चिने समयमात्रा आफ्नो व्यापारमा खर्चिन पाए आय अहिलेभन्दा धेरै थपिन सक्छ । त्योआय कुनै सानो आकारको पक्कै पनि हुनेछैन ।’ अन्तिममा चौधरीले भनेका छन्, ‘मैदानबाट भाग्ने मेरो कहिल्यै बानी भएन । यस्तो अफवाह फैलाउनेहरुलाई मेरो आग्रह छ, देशका नेताहरुलाई त्यति हल्का रुपमा प्रस्तुत नगर्नुस्, बरु विमति छन् भने आउनुस्, सार्वजनिक मञ्चहरुमा यी सबै मुद्धा एवं लगाइएका आरोप र तिनको गुण दोषबारे खुलेर बहस गरौं ।’ अहिले चौधरीसँग बहस आवश्यक छैन, किनकी रामेश्वरको शब्दमा, ‘नक्कली भ्याट विल प्रकरण राजश्वको डकैती हो, यो एउटा जघन्य अपराध हो ।’ यस्ता व्यक्ति कहाँ हुनुपर्दछ, यसको जवाफ दिने जिम्मेवारी पाठकको । यो पनि पढ्नुहोस् आखिर किन रोएर हिंडे रामेश्वर ? रामेश्वर हटाउनु पछिको रामकहानी

shareds · Apr 5, 2011 6:19 PM

Hero April 8th, 2011 at 2:14 AM · मुख फर्काउनुस् राजनीति,मलाई थाहा छैन,तर येत्ति कुरा चै थाहा छ,हामीले ठुलो गल्ति गरेम,१ राच्छेस,जुन जनताको रगत चुसेर हाम्रो पुर्खाको रगत चुसेर अगैसकेको थियो,तेस लै खत्तम गर्न ६०१ भोका,नरभक्च्ची चै जन्मयेऔ,आब हाम्रो हालत के होला १ खाल्ल्टो पुर्न ६०१ खाल्त्टो खाने सी के देस आब रहला,यदि देशलाई रछेस्नै चाहिन्छ भने जनताको रगत चुसी चुसी आगैसकेको आब जनताको रगत चुस्न नपर्ने तेही दाई मार ठिक छन् ,भो ति १ जनाले त तेती बोधोस्सा मच्चाय इ ६०१ त अजै,भोक्कै छन्,ईनका सुपुत्र र कुपुत्र हरु अजै,पारस बन्न बाकीनै छ,तिन्क्को सबै सन्तान को हिसाब गर्ने हो भने,इनिसबैलाई राज परिवार बनाउने हो भने, खुसि शाथ भन्छु म,य आगाई सकेको रख्चास गय्नेय,औ देस बचाऊ,असम्भव छैन राजा फ्रिता हुन,किनकि बेलायत को इतिहास हेर्ने हो भने जनताले राजा फ्याकेको १०० वर्ष पछि फेरी जनाले ले नै राजा बोलको हुन्,न पत्त्य google.com मा इंगलैंड रोयल हिस्तोरी हेरे हुन्छ. मन परे हरियो, नपरे रातो 9  1 radha mainali April 7th, 2011 at 9:46 AM · मुख फर्काउनुस् यो फटाहा देसद्रोही देशमारा मादेहरुका संरक्षकले अमेरिकाको भ्रमण गरिसकेपछि “tax” भनेको के हो र एसले देशको बिकाशमा के भूमिका खेलेको हुन्छ भन्ने कुरा प्रस्टसंग बुझ्ने छ भन्ने कुरामा आशा राखौं / मन परे हरियो, नपरे रातो 8  2 Janak April 7th, 2011 at 9:13 AM · मुख फर्काउनुस् यो जनताको आवाजको सिधा अवहेलना भयो| अमेरिकामा बसेका पार्टी पूर्वाग्रह नराखी अधिकारीलाई राख्न परने प्रश्हरु: १. भ्याट काण्डमा यसको अनुसन्धान गरी भ्याटमाराहरुलाई कैले सम्म कठघरामा उभ्याईने? २. देशमा अहिले यस्तो स्थिति हुँदा हुँदै हतार हतार अमेरिका (विदेश) भ्रमण सपरिवार गर्नुको उद्धेश्य के हो? पहिले हातमा आएका ठुला समस्याहरु समाधान गरेर पछी भ्रमण गरे के बित्दो थियो र? ३. अन्नपूर्ण होटेल, फिशटेल पोखरा होटेल, यती ट्राभ्ल्सका मालिकलाइ तपाई अर्थ मन्त्रि छँदा किन करोड रुपिया औषधी खर्चमा दिईयो जब कति नेपाली सिटामोल किन्ने पैसा नभएर मरिरहेका छन्| यसको खुल्ला रुपले बिरोध गर्नुको साटो मौन रहेर अर्थ मन्त्रीको छाप लाउनुको कारण के हो? ४. तपाई अर्थ मन्त्रि छँदा हिलारी क्लिन्टन नेपालमा निजी भ्रमणमा आएको समय त्यसको फायदा देशलाई लिनु त् कुरै छैन, तपाईको पार्टीले सत्तामा भएको बेला एभरेस्ट होटलको अघि कार्यकर्ताहरु लाम लगाएर हिलारी क्लिन्टन गो ब्याक भनेर हातमा लिएका प्लेकार्डहरु फोटोमा आएका छन्| मुखले पुँजीवादीहरु प्रति खेदो खन्ने जस्तो गर्ने तर तीर्थ गर्न र छोरीहरु पढाउँन अमेरिका जान पर्ने वाध्यता के हो? माथि ढुलमुले स्वभाव भनेको यही हो? ५. देशको अर्थ मन्त्रिले भ्रस्टचार र भ्रस्टचारीलाइ सरंक्षण गरेपछि यो देशको हालत के हुने हो, देव जानुन| हरुवा भएर आउँदा जनादेश छैन भन्ने सोच कहिले लिनु भयो कि? मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 51  0

shareds · Apr 7, 2011 7:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all