मन पनि थाक्दो रहेछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मन पनि थाक्दो रहेछ *********************** अनबरत सद्भाब र् सहिस्णुता पोख्दा पोख्दै , रहर हरु  पोको पारेर जिम्बेबारिहरु बोक्दा बोक्दै , देख्ने आँखा कानो र् सुन्ने कान् हरु  बहिरो भये पछी , मन पनि थाक्दो रहेछ | युग परिवर्तन गर्छु भन्ने हरु , धर्ती र् आकाश जोड्छु भन्ने हरु , फुल् को सौन्दर्य् र् सुबाश मा , नयाँ रङ थप्छु भन्ने हरु , बेइमान र् मक्कारीको जठराग्नी मा  , शनै : शनै :तानिएपछी ,  दृष्‍टि भ्रमित  हुँदारहेछन , मन पनि थाक्दोरहेछ | आश नगर सुन्तलिकी आमा , गाउको अन्धकार र् गरीबी हटाउछु भन्ने हरु , गाउ नै छोडेर गैसके | गाउमा सपना बेच्नेहारु , देश कै सौदागर भै सके , निरन्तर् को यो यात्रामा , सुनसान  र् शान्त् प्रक्रिती पनि , कती दिक्क लाग्दोरहेछ , बेइमान र् मक्कारहरुले   घेरीइ सकेपछी , मन पनि थाक्दो रहेछ |

prabhat41 · Mar 26, 2011 11:57 PM · 15,463 views

6 Replies

Prabhat Jee, well written!!! Keep writing.

Grenade · Mar 27, 2011 12:32 PM

I love this poem.

Lahari · Mar 28, 2011 6:09 AM

thank you lahariji

prabhat41 · Mar 28, 2011 10:19 PM

Last edited: 09-Apr-11 06:37 AM

prabhat41 · Mar 28, 2011 11:03 PM

'आश नगर सुन्तलिकी आमा , गाउको अन्धकार र् गरीबी हटाउछु भन्ने हरु , गाउ नै छोडेर गैसके | गाउमा सपना बेच्नेहारु , देश कै सौदागर भै सके , निरन्तर् को यो यात्रामा , सुनसान  र् शान्त् प्रक्रिती पनि , कती दिक्क लाग्दोरहेछ , बेइमान र् मक्कारहरुले   घेरीइ सकेपछी , मन पनि थाक्दो रहेछ ' good one!!!

Ranu Sharma · Apr 9, 2011 6:22 AM

 Utkrista!!!

abhisapta · Apr 9, 2011 7:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all