म त नदी हुं बगिनै रहन्छु हिउद ब्रशाद बदलिएर के भयो र आफ्नो राष्ट्रियेतालाइ नभुल्नु नेपाली हो मलाई भुलेर के भयो र !!! म त नदी हुं सधै बगी रहन्छु मलाई उपभोग गर्नु तिम्रो काम हो म त कहिले ठुली हुन्छु त कहिले सानी मलाई उपभोग गर्न नसक्नु कस्तो तिम्रो बानी ??? म त बगेर हिन्द महासागरमा मिसिईसके मेरो रुपलाई देखेर दक्षिणतिरबाट सिकारीहरु सिकारको खोजीमा मेरो पाइला पाइलाको छाप नियाल्दै मेरो मुहानमा आइपुगे तर तिमी भने निरही भएर टुलु टुलु हेरी रहेऊ!! सोचेकी थिए तिमीले पाकेको फल मात्रै बेच्ने छौ भनेर तर बल्ल थाहा पाए तिमीले त मलाई नै बेचिसकेछौ मलाई नै बेचिसकेछौ !!! Like · · Share
mrshiva · Mar 25, 2011 12:45 AM · 5,459 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion