संबिधान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुर्ब (धरान,झापा,धनकुटा आदि  )को सभासद् , तराइ तिर बाट निर्बाचित  सभासद्,पहाड तिर बाट  निर्बाचित सभासद् सिंह दरबार भित्र क्यान्टिन मा एकै चोटी खाजा खान छिरेछन् | पहाड तिर बाट निर्बाचित  सभासद्   दौरासुरुवाल ले ठात्तियेर गएका ,पूर्वका ले पाइन्ट,शर्ट र टाई भिरेका ,चस्मा लगाएका ,तराइका सांसद कुर्ता सुरुवाल र चस्मा मा !! सबैले आ आफ्नो पाराले एकैचोटी बेरालाई बोलाउछान| बेरालाई अफ्ट्यारो पर्छ ,उ दौरासुरुवाल मा ठात्तिएको सभासद् नजिक 'हजुर ' भन्दै पुग्छ  पहाडी सभासद्  :: (बेरा लाइ बोलाउदै ) 'ये केटा हामीका आज के के पाकेको छ भन् त् !'(बेरा ले मेनु अगी सार्छ ),येसो मेनु हेरे जस्तो गर्दै ,हेर्नु भन्दा पहिले मुख खोल्छन ,'के हो तिमीहरु यहि हो खाजा बनाएको!!खानु जस्तो केहि छैन ,!! यार '   बेरा ::(अलि डराएको भाब मा ) हजुर म: म: ,तरकारी ,चिउरा ,जेरी,हलुवा ,छोइला,भुटान ,अम्लेट सबै त् छदै छ | पहाडी सांसद :: 'सेल पुरी खै ??'   बेरा लाजबाब हुन्छ | तराइको साभासाद ले प्वाक्क जबाफ दिन्छन , 'त् सभासद ज्यु ,तिहार त् आइले छैन ,अनि सेल पुरी काहा मिल्छ ' पुर्ब का सभासद् अहिले सम्म चुप थिए |उनले पनि मुख खोले ' किन मिल्दैन ?यो देश हाम्ले मिलाए पछी जे पनि मिल्छ | भोलि यहा सेल पाकेनु भने मुइले ज्याना छ ' तराइको सभासद ,'अरे बाफ रे ' भन्दै पहाडी सभासद् तिर आखा झिम्कौछान| अब सबै अलि सिरियस भए | पहाड का शभासाद पुर्ब को सभासद् नजिक जादै ' यहा को परिचय पाम न ' पुर्ब का सभासद् छोटकरीमा ' मु  संबिधान लेख्ने मुन्छे  हो , लेख्दा लेख्दा भूक लागेर खाजा खानु  आएको ,तेरो नाम बाता! तु कहाबाट आयु ! 'तु पनि संबिधान लेख्छा !!भुन ता | तराइको सभासद् (बिचैमा ):: अरे हुजुर ! उहा पनि लेख्ने , म पनि जो छ कि संबिधान  लेखिहाल्छु , त् हामि सबै संबिधान लेख्ने हो |' पर्ख दा पर्खदा बोर लागेको ले बेरा फेरी भन्छ |'हजुरहरु  अर्डर पाउ ,के लेउने हो '|  पुर्बेली    सभासद अलि  झर्किदै  !!,यो  काती  काराउछु  हो ,जा  त् सग  भुये  जाती  साबुइ  ले ,मो  साबुइ  खान्छ  ' जा  ले ? पहाडी सभासद ::(शान्त परामा ) 'यो केटा नयाँ जस्ती छ् ,अडर लिना अली जान्दो रहेनछ | ' 'ठिक भन्नु हुन्छ   'तराइका सभासद ले थपे | तराइको सभासद:: 'त म् अगी देखी नै बिचार  जो छ् ,गरिरहेछु ' बेरा तर्फ देखाउदै 'उहा सग जो छ् ,मेनर पनि तेती हुनुहुन्न ' 'म सभाशद छु, संबिधान लेख्छु ,म सग सोधेको पनि छैन कि मेरो के मा पसन्द छ् ,के मा छैन , म् परमानन्द जि को मान्छे भएको शायद उहालै थाहा जो चैन् ' पहाडी सभासद  र् पुर्बेली सभासद तिर हेर्दाइ 'परमानन्द जि !जो उप् राष्ट्रपती  हुनु भये छ्' हाम्रो न् मान्छे हुनुहुन्छ ' सभासदहरु  ले बुझेको भाब देखाउछन | बेरा आफ्नो नालायकी न् चाहदा न् चाहदै समर्थन गर्न वाध्य हुन पुग्छ | पहाडी सभासद :: 'ये केटा ,तेरो मालिक कहाँ छ् ,बोला त् ' धेरै बेर को हल्ला खल्ला र् अर्डर अझै न् आएपछी क्यान्तिन मालिक आँफै अाईपुग्छ् ' 'हजुर हरुलाई के ट्टक्र्याउ ' तराइको सभासद ::' ल् हेर केटा , उहा ले ठीक भन्नु भये छ् |त साहु जि उहालाइ भोली नै निकाल्नुस् ,उहा ले काम गर्न जाने छैन ' क्यान्टिन मालिक :: हस हजुर | पूर्व को सभासद:: (सिरियस भएर ) हामी संबिधान लेख्ने मुन्छे हो |हामीलाई भुक लागेको छु ,तिर्खा पुनी लागेको छु ,नु धाटी भुन |(सानो स्वर मा ) 'तिमी का जाड छ् ??'   क्यान्तिन मालिक :: 'त्यो त् छैन हजुर |' 'तेसो भये किन खोलिस त् होटेल |' पुर्बेली  सभासद  निकै रिसाये | अरु सभासद तिर लक्षित गर्दै'जाउ हिड !!,मानानीय हरु ,आजु मु तिमीहरुलाइ गातिलो खाजाखुवाउछ | मेरै पैसामा खुवाउछ  , हिन  !'दुबै सभासद्लाई समातेर तान्छन | तेस्पछी सबै सभासद निस्कन्छन |तर जाने बेलामा ढोकै मा क्यान्तिन मालिक ले सोध्छन 'हजुर हरु!! ,अहिले सम्म संबिधान कती लेखियो ?'       

prabhat41 · Mar 24, 2011 6:50 AM · 13,245 views

5 Replies

Likes and bumps ^^

Stiffler · Mar 24, 2011 10:12 AM

very nice!!I laughed a lot.

Ranu Sharma · Mar 24, 2011 12:51 PM

अली अली सुद्द लेख्ने प्रयास गर्नुस् | तपाईंको लेखाइ राम्रो छ् |

Lahari · Mar 24, 2011 11:01 PM

thank you ranu and lahari

prabhat41 · Mar 26, 2011 3:57 PM

Hello Lahari Jee- Your comment is very funny. Did you understand the theme of the story?

hussain_khan · Mar 26, 2011 7:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all