आशु के का लागि ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म् माथि निर्घत आक्रमण हुँदै थियो , तिमी मौन थियौ , म् पिडाले छ्ट्पटाइ रहेथे , तिमीले के भो भनेर सम्म सोधेनौ , दैब को चक घुम्यो , तिमी पीडित भएउ ,निरिह देखिएउ , म् दयाले द्रभिभुत भए , तिम्रो घाऊ हरुमा , मैले मल्हम लगाये , अब म टाढा ,धेरै टाढा जादैछु , तिम्रो आँखा मा आशु बहिरहेछ , अब भन !! त्यो आशु के का लागि ? तिमी धेरै तल थिएउ , मैले काध मा राखेर सतह सम्म ल्याये , तिमी अब अरु भन्दा पनि अली माथि पुगेउ , म् तिम्रो दृष्‍टि पलट बाटै हराये , उत्सर्ग मै पुगेउ अब , मैले अभिबादन न् गरेर बिराये | प्रिथिबी घुमिरहेकै थियो | दिन पछी रात ,रात पछी दिन | फेरी , तिम्रो जहाज आधिबेरी मा परयो ,  मेरो काध खोजेउ , मैले सहर्श  तिमीमा चढाये , फेरी उचाइ मा पुगेउ , फेरी , तिम्रो आँखाबाट आशु निस्के , भन त्यो आशु के का लागि ?  

prabhat41 · Mar 22, 2011 12:46 AM · 18,157 views

11 Replies

Wa Wa I am enjoying poems and stories in sajha these days'n please keep writing.

Grenade · Mar 22, 2011 8:32 AM

Thank you grenade.Thank you for your comment.

prabhat41 · Mar 22, 2011 4:49 PM

संसार यस्तै छ प्रभात ब्रो , बलेको आगो सबै ले ताप्छन, निभे पछी खरानी, पस्चाताप  को कुनै अर्थ  छैन, स्वर्थी ले गर्छन् पस्चाताप जे होस्  कबिता  मन छुने  खाल को छ

timi_mero_sathi · Mar 22, 2011 5:19 PM

तिमि मेरो साथि केहि लेख्नु भएको मा धन्यबाद | आज काल मुख खोल्ने पाउन पनि गाह्रो छ | अरुको लागि गालि गर्ने भेट्न पनि टर्च बालेर खोज्ने पर्ला जस्तो |

prabhat41 · Mar 23, 2011 1:10 PM

यो कविता मलाई सार्है मिठो लग्यो प्रभात ब्रो !

Nas · Mar 23, 2011 2:20 PM

उत्तम प्रभात ब्रो , उत्तम । भाषिक शुद्धता अझ भनौं टाइपो मा ध्यान दिए सुन माथि सुगन्ध हुन्थ्यो।

rahulvai · Mar 23, 2011 6:35 PM

नाश जि यहाँ को प्रतिकृया को लागि धन्यवाद | राहुल भाई जि यहाँ को गजल को त् म् दिवाना नै छु ,एउता गजल ४ -५ चोटि पढ्छु ,शब्द मा बहुत वोजन छ् तपाईंको | प्रेरणा दाई मार्ग् दर्शन को लागि धन्यवाद |

prabhat41 · Mar 23, 2011 6:57 PM

नमस्कार सबैलाई । :) यहाँ, यसपालि : प्रभात सरले नाटक लेख्नु भएछ फ्रि ईस्टाईलमा ... अनि, कविता राम्रो छ । "बिशे नगर्चिको" कथा सँग तुल्ना गर्न मिल्ला । शुभकामना । बाई !

simple_keta · Mar 24, 2011 6:14 AM

thank you simple ji.

prabhat41 · Mar 25, 2011 1:38 PM

prabhat41 · Mar 28, 2011 11:07 PM

ramro cha prabhat ji

lelin · Mar 29, 2011 12:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all