मेरी सजु !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

" सजु ! " मनमनै बोलाएँ उस्लाई अनी ति अक्षरहरुलाई स्पर्श गरे। दिनमा कतीपल्ट म सेल फोनमा सेभ गरेको उस्को नम्बर हेरेर उस्लाई बोलाउँछु, स्पर्श गर्छु। मलाई थाहा छ अब उस्ले मलाई फोन गर्दिन भनेर।  गरोस पनि किन? मैले नै कयौं पल्ट उस्ले गरेको फोन वास्ता नगरेर काटेको छु। तर पनि उ थाक्दिन थि। मैले ढाँटेको कुरामा शंका नगरि सजिलै पत्याइदिन्थी। मलाई आफ्नो क्षमतामा गर्व लाग्थ्यो। ऊ खुशी थि, स-साना कुरामा फुरुक्क परीदिन्थी। मलाई उस्को उत्साहा देखेर झर्को लाग्थ्यो। "केटा मान्छेहरु असाध्य कम्जोर हुन्छन" सुनाउने गर्थी कैले काँही। "अनी केही सानो कुरा हुन पाको छैन बरबर आँशु झार्ने चैं को नि? " म उस्लाई उस्का आँशु सम्झाउँथें। "रुनु कम्जोरी हैन, मन लागेको बेला रुन नसक्नु कम्जोरी हो" उस्का उत्तर सधैं त्यस्तै हुन्थे। नचाइने आदर्शहरु जस्ता लाग्थे मलाई। तर ठिकै त भनेकी रैछे नि उस्ले। म कती कम्जोर भएको छु अहिले। थोपा थोपा भएर पोखिन मन छ तर भित्र भित्रै आत्मा जमेको जस्तो लाग्छ। कती धेरै बुझेकी रैछे उस्ले मलाई, मैले भने उस्को बुझाई बुझ्नै सकिन। केही समय यता उ अलिक फरक भकी थि। केही सोध्दिन थि, केही भन्दिन थि। उस्ले किन त्यसो गरी मैले बुझिन, बुझ्नु पर्ने आवस्कता पनि ठानिन। कहिले काँही उस्ले उठाउने कता/किन भन्ने प्रश्न हराएका थिए, मलाई झन् सन्चो भको थियो। शायद ति प्रश्नहरु सङै कतै हराउँदै गएकी थि मेरी सजु। "मेरी सजु !" मेरी सजुलाई अब अरु कसैले "मेरी सजु" भन्छ होला, स्पर्श गर्छ होला। उस्लाई छुन नपाउने मेरा स्पर्शले भन्दा उस्लाई छुने स्पर्शको कल्पनाले धेरै दुख्छन मलाई। स्पर्श त अरु थरीका पनि थिए नि।  मलाई छुन्थे तर उस्का हुँदैन थिए। स्वामित्वको गुण पनि अचम्मको हुदो रैछ। नहुन्जेल आफ्नो बनाउने रहर, आफ्नो भएपछी त्यो रहरको बन्धनमा पर्ने अर्को रहरको रहर। "रहरहरु फुल जस्ता हुन्छन है? मनको बगैंचालाई जीवन्त बनाइ राख्छन। रहरहरु ओइलाको दिन मन पनि शिशिर झैं उराठलाग्दो हुन्छ। " पर क्षितिज तिर हेर्दै एक साँझ भनेकी थि उस्ले। "पर के हेरेकी त, फुल?" मैले त्यतिकै सोधें। " हैन बगैंचा " उ अझै त्यतै हराएकी थि, उदास। म मन मनै हासेंको थिएँ उस्का कुरा सुनेर। घर एउटै भए पनि हाम्रा बगैंचा छुट्टा छुट्टै थिए। मेरा बगैंचा भरी अनेक थरी फुल फुलेका थिए। झिलिमिली थियो मेरो मन। उस्ले मेरा बगैंचामा फुलेका फुलको इर्श्या गरिन। उस्ले आफ्नो बगैंचामा के के रोपी मलाई हेर्ने फुर्सद नै भएन। त्यस रात पनि म घर ढिलो आइपुगेंको थिएँ। मलाई चाइने सबै कुरा आ-आफ्नै ठाउँमा ठीक्क थिए, सधैं झैं। मैले खाना खाए पछी "मलाई तिमीसँग केही कुरा गर्नु छ " भनी। मेरो मन कता कता डरायो। "के कुरा?" मैले उस्का आँखामा हेर्न सकिन। "म भोली यहाँबाट जाँदै छु, प्रकाश" उस्ले बिस्तारै भनी। "काँ जाने?" नौलो कुरा सुनेर म छक्क परें। "कहाँ जाने तिमीले थाहा पाउनु जरुरी छैन" उस्ले गम्भिर भएर भनी। उस्को स्वरमा अचम्मको चिसोपन थियो। "किन?" मलाई झनक्क रिस उठ्यो। "किनको उत्तर मलाई भन्दा बढी तिमीलाई थाहा हुनु पर्छ" उस्का आँखा शिशिर झैं रित्ता देखिन्थे। मलाई उस्को उत्तर सधैं झैं मन परेन। आफ्नै घरबाट त्यसरी चुँढिएर जानु पर्दा उ रोवोस, चिच्यावोस, झगडा गरोस जस्तो लाग्यो मलाई। उ कम्जोर भएको हेर्न चाहन्थें म तर उ उ नै भै रही। उस्का नरुझेका आँखाका हेराइले मेरो पुरुष मनस्थितीलाई छिया छिया पारे। उस्ले थाहा पाएका कुरा मलाई "किन?" भनेर सोधिन , उस्ले थाहा नपाएका कुराहरु मैले पनि भनिन। हाम्रो त्यो मौन समाझदारी कायमै रह्यो। उ सुत्ने कोठामा गएर निदाइ, म निदाउन सकिन। उस्ले मलाई कुनै दिन छोडेर जाली भन्ने मैले कहिले कल्पना नै गरेको थिन। शायद मलाई उस्को क्षमतामा शंका थियो। तर उस्ले सजाएकी घर मलाई सजिलै जिम्मा लाएर गै। म त पाहुना मात्रै थिए यहाँ, एक्कासी घरको बोझ उठाउनु पर्दा मेरो जीवन नै गर्हौ लागेको छ। उस्लाई बाँध्ने हामी बिच केही बन्धन थिएन। मनको बन्धनलाई चुँडाएर म आकाशमा स्वछन्द उडीरहेको थिएँ। उस्ले पनि चुँडिन खोज्दा मलाई आफु बाँधिएको जस्तो लाग्यो। बन्धनमा हुँदाको स्वछन्दताको खुशी र स्वतन्त्र हुँदाको स्वछन्दताको अनुभव एउटै कहाँ हुँदो रहेछ र? मलाई आज मेरो बन्धनबाट मुक्त भएकी सजुको बन्धी हुन मन लागेको छ। अस्तु!

nakkali keti · Mar 21, 2011 11:24 AM · 16,324 views

10 Replies

हैन यो त मेरै कथा संंंगपो िमलछ? गजब छ।

Grenade · Mar 21, 2011 12:24 PM

 language ta ramro cha, tara story ali cheu na tuppa ko bhayo. I think your story is trying to build something and before it is buiit it finishes. If you put more things before it ends.. . I mean  story k ho? But you have the potential.  Just my 2 cents. 

bodmas · Mar 21, 2011 12:28 PM

Following lines elevate the reach of your story to another level: "रुनु कम्जोरी हैन, मन लागेको बेला रुन नसक्नु कम्जोरी हो" उस्का उत्तर सधैं त्यस्तै हुन्थे। नचाइने आदर्शहरु जस्ता लाग्थे मलाई। ..................... "पर के हेरेकी त, फुल?" मैले त्यतिकै सोधें। " हैन बगैंचा " उ अझै त्यतै हराएकी थि, उदास। Well written.

Stiffler · Mar 21, 2011 3:52 PM

<मेरी सजुलाई अब अरु कसैले "मेरी सजु" भन्छ होला, स्पर्श गर्छ होला।> <उस्लाई छुन नपाउने मेरा स्पर्शले भन्दा उस्लाई छुने स्पर्शको कल्पनाले धेरै दुख्छन मलाई।> < नहुन्जेल आफ्नो बनाउने रहर, आफ्नो भएपछी त्यो रहरको बन्धनमा पर्ने अर्को रहरको रहर।>

perfectionist · Mar 21, 2011 3:59 PM

"रुनु कम्जोरी हैन, मन लागेको बेला रुन नसक्नु कम्जोरी हो"

mulmiz · Mar 21, 2011 7:49 PM

marvellous writing. Nepali literature needs writers like you. I respect story writers more than poets.

jhapaliketo · Mar 21, 2011 11:40 PM

Gajjjabb chha hai @nakkali kti

WeReNe · Mar 22, 2011 12:35 AM

Ramro chha... Keep it up

furke · Mar 22, 2011 1:21 AM

Thank you all for taking time to read my natter.... your  words are encouraging to me.... Bodmas ji, I agree with you. There is hardly any substance in the story. I was just trying to reflect protagonist's emotional aftermath of relationship break up and I don't believe all stories must be confined within start and end points..... some stories can flow in any direction like breeze.... I appreciate your comment...

nakkali keti · Mar 22, 2011 12:57 PM

राम्रो प्रस्तुती को लागि धन्यवाद कथा पनि राम्रो नै छ

timi_mero_sathi · Mar 22, 2011 5:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all