TRANSLATION AT: http://sthamba.blogspot.com/20... ORIGINAL WORDS: बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज् छोपिन्न। घोटिएर हात-पात झरिजाउन औला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो म आगो सहन्छु, अन्याय सहन्न, म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न। मेरो सिर उडाउ, बरु त्यो सहन्छु, तर कोई परायाले टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो Last edited: 20-Mar-11 12:38 PM
pnepali · Mar 20, 2011 12:37 PM · 20,604 views
Ke garne sathi, yesto geet gaunu aba aparadh ho. Loving your country is crime.
NALAPANI · Mar 20, 2011 3:02 PM
राष्ट्र भक्तिको एउटा सदाबहार गीत। धन्यवाद Pnepali ज्यु ।
adhikari_bandhu · Mar 20, 2011 3:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion