पशुपतिमा क्रिश्चियनले लाश गाड्न पाउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पशुपति क्षेत्रमा अब क्रिश्चियनहरुले लाश गाड्न पाउने भएका छन्। कम्तिमा सर्वोच्च अदालतमा परेको मुद्दाको अन्तिम टुंगो नलागेसम्म। ऐतिहासिक र पुरातात्विक महत्त्वको विश्व सम्पदा सूचिमा रहेको धार्मिक क्षेत्रमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी क्रिश्चियन र अन्य धर्मावलम्बीले चिहान बनाउन थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले केही अघि रोक लगाएको थियो। तर सर्वोच्चका न्यायाधीश अवधेशकुमार यादवको एकल इजलासले शुक्रबार ‘मुद्दाको टुंगो नलाग्दासम्म कुनै व्यवधान नगरी समाधिस्थ गर्न दिनू’ भन्दै विपक्षी मन्त्रिपरिषद् र कोषको नाममा अन्तरिम आदेश जारी गरेपछि क्रिश्चियनहरुले कानुनी रुपमा त्यहाँ शव गाड्न पाउने भएका हुन्, सर्वोच्चले अन्तिम फैसला नगरेसम्म। चरिबहादुर गहतराजसमेत २ जनाले फागुन २९ गते पहिला चाहिँ क्रिश्चियनको शव गाड्न स्वीकृति दिएको तर अहिले रोकेर हामीहरुको मानवअधिकार हनन् भयो भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए। उनीहरुले सर्वोच्चले परमादेश गर्दै त्यो निर्णय रद्द गराउनु पर्ने माग गरेका छन्। 067-WO-0863 नम्बरको यस सम्बन्धी मुद्दाको पेशी चैत १ गते गिरीशचन्द्र लालको बेञ्चमा परेको थियो। तर त्यो दिन बेन्च बस्न नभ्याएको भन्दै पेशी भोलिपल्ट सर्‍यो। भोलिपल्ट यो मुद्दाको पेसी ताहिरअली अन्सारीको बेन्चमा परेको थियो। हेर्न नभ्याइने भएपछि यो मुद्दा शुक्रबार चैत ४ गते सरेको थियो। न्यायाधीश यादवले विपक्षीका नाममा अन्तरिम आदेशका साथ कारण देखाऊ आदेश जारी गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी नगरी विपक्षीको नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको भए क्रिश्चियन समुदायले आफूमाथि सर्वोच्चले पनि पक्षपात गरेको आरोप लगाउन पाउँथे। तर, सर्वोच्चले त्यसो गरेको छैन। नेपाल धर्म निरपेक्ष देश भइसकेको छ। यसको अर्थ कुनै पनि धर्मलाई राज्यले आफ्नो धर्मको नाममा विशेष छुट दिन हुँदैन। तर यसको अर्थ कुनै धर्ममाथि अन्याय पनि गर्नु हुँदैन। पशुपति क्षेत्र हिन्दुहरुको पवित्र क्षेत्र हो। यहाँ अन्य धर्मावलम्बीहरुको शव गाड्न दिनु पर्छ भन्नु क्रिस्चियनको चर्च रहेको क्षेत्रमा वा मुसलमानहरुको मस्जिद रहेको क्षेत्रमा हिन्दुको लाश जलाउन दिनुपर्छ, श्राद्ध गर्न दिनुपर्छ भने जस्तै हो। आफ्नो अधिकारको माग गर्दा र त्यसको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ। क्रिश्चियनहरुले आफ्नो परम्परा कायम गर्नका लागि सरकारबाट एउटा निश्चित स्थानको माग गर्नु जायज हुन्छ। सरकारले त्यसको व्यवस्था पनि गरिदिनु पर्छ। तर एउटा धर्मावलम्बीको पवित्र क्षेत्रमा नै आफ्नो पनि हकदावीको जिद्दी गर्नु धार्मिक सहिष्णुताविरोधी कदम हो। यसले धार्मिक कट्टरपनालाई मात्रै बढावा दिन्छ, जसले कसैको भलो हुँदैन। सर्वोच्चको अन्तिम फैसलामा पक्कै पनि यी सब विषयमा बहस हुने आशा गरौँ। मलाई लाग्छ हाम्रा सच्चा क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरुले यो कुरा बुझेका छन्। धर्म निरपेक्षताको अर्थ धार्मिक द्वन्द्व बढाउनु हैन। धर्म निरपेक्ष भएपछि जिम्मेवारी झन् बढ्छ- झन् एकअर्को परम्परा, उनीहरुको आस्था र विश्वासलाई सम्मान गर्नुपर्छ। हिन्दुहरुको पवित्र स्थलमा अतिक्रमण गरेर आफ्नो परम्परा लादन जिद्दी गर्नेहरुको रुपमा अहिले बनेको छविलाई हटाउन उनीहरुले आफ्नै अगुवाहरुलाई भन्नुपर्छ। हाम्रो उद्देश्य अतिक्रमण हैन, हामीलाई हाम्रो परम्परा धान्ने वैकल्पिक व्यवस्था गरिदेऊ भनेर उनीहरुले आवाज उठाउनु पर्छ।      3 Votes Related posts: पशुपतिमा लाश गाड्न पाइने कि नपाइने? जल्दै गरेको लाश र बग्दै गरेका दियो पशुपतिमा अब जुलुस गर्न नपाइने पशुपतिमा पिटापिट अब केटाले पनि डिभोर्स गर्न पाउने भए March 19th, 2011 | Category: समाचार/विचार | 802 views | 23 comments to पशुपतिमा क्रिश्चियनले लाश गाड्न पाउने kedar jee March 19th, 2011 at 10:10 PM · मुख फर्काउनुस् नेपालिहरुको धार्मिक सहिष्णु बानि को फाइदा उठाउँदै यी क्रिस्चिएन् नामधारी बिकाउहरुले औंला दिंदा डुंडुलो निल्न खोजेका हुन् नत्र पशुपतिमै लाश गाढछौं भन्दै किन निहुँ खोज्नु पर्यो? नेपालमा अन्त कहीं खालि पाखो छैन र त्येही ठाउँ ताक्नु पर्यो!संक्रमण कालको फाइदा उठाउन खोज्ने यिनलाई लात हानेर खेद्न नपुगेको हो,अरु केहि होइन// मन परे हरियो, नपरे रातो 15  2 Sudha(USA) March 19th, 2011 at 10:03 PM · मुख फर्काउनुस् बास्तवमा हाम्रो नेपाल मा के हुन् लागेको हो? कहिले साँची मन रुन्छ/ अब केहि नपाएर पसुपतिमै किन लास गाड्नु पर्ने? हाम्रो नेपाल हिन्दु मा आस्था भएको देश हो/ कृपया यो त हाम्रो संस्कृति भन्न पाइयोस/ किन बिना काम को काम हुँदै छ नेपाल मा/ नचाहिने कुरा मा सबै तातेका छन , चाहिने कुरा मा येसरी नै आफुलाई ध्यान दिने हो भने हामी पनि केहि गर्न सक्थियेउन् कि??????तर येसरी पशुपति मा लास गाड्न नपैयोस/ केहि त आफ्नो संस्कृति, धर्म पनि हो नि, हैन र ? मन परे हरियो, नपरे रातो 9  2 शशांक लामा March 19th, 2011 at 9:53 PM · मुख फर्काउनुस् देश सबैको साझा हो, जुनसुकै चिहानघारीमा सबै नेपालीले लाश गाडन र जलाउन पाउनु पर्छ | जिउन्जेल पो धर्म, मरेपछि के को धर्म ! नाम जतिसुकै भएपनि भगवान एक हो भन्ने भावानारूप चल्नु पर्यो है | टेन्सन नहीं लेनेका….. गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 4  14 bijay March 19th, 2011 at 9:53 PM · मुख फर्काउनुस् कुरा एक किसिमले ठिकै हो / सबैले सबैको धार्मिक स्थलमा आफ्नो र आरुको धार्मिक क्रियाकलाप गर्न पायो भने धर्म धर्मबिचको भिन्नतानै बाकी हुँदैन र शायद पछिको पुस्ताले हामी सबै यौटै धर्मका हौं भनेर ठान्नेछन/ मन परे हरियो, नपरे रातो 3  1 Prem Pun March 19th, 2011 at 8:48 PM · मुख फर्काउनुस् कहि नभाको कट्टरपन्थि हिन्दुहरु त यो मेरो संसारमा देखिन थालेको छ!राम्रो-नराम्रो बारेमा बिचार लेख्दा पनि प्वाक्क क्रीस्चियनको बिल्ला भिराई दिने अजय गुरुङ र उनि जस्ता एकोहोरो बुद्दि भएका यथास्थितिबादीहरुलाई पशुपतिनाथले छिट्टै सद्बुद्धि दिउन!भगवान भन्ने कुरा आफैमा नराम्रो होईन!भगवान त यो सृष्टिका सबै प्राणीहरुलाई एउटै रुपमा हेर्न चाहान्छन!सबैको भलो देख्न चाहान्छन!पापी भनेको मान्छेनै हो जस्ले भगवान र राक्षस दुबैको चरित्र निर्बाह गर्ने दुस्साहस गर्छ!यहाँ मिलाएर नमिल्ने कुनै ठूलो कुरा होईन केवल् खाँचो हो स्वतन्त्र दृष्टिको!कोमल र नरम भावनाको!मेरो संसारमामा ब्लग लेख्ने देखि कमेन्ट गर्ने धेरै साथीहरु चाहि उहि पुरानो मान्सिक्ताबाट,दरिद्र सोचाईबाट गुज्री रहेको देख्दा अति टिठ लागेर आउछ!हामी सबै नेपालीले मेरो भन्नु छोडेर हाम्रो भन्ने परम्परा कहिले बसाउने? आफ्नो देशमा जन्मेका भगवान बुद्दलाई बेवास्ता गरेर सदियौ देखि नेपालको शासकहरु र यी हिन्दु कट्टरपन्थीहरुको ब्यबहारले गर्दानै अहिले बुद्दको अस्तित्व र बुद्द धर्म नेपालमा ओझेलमा परेको हो!अहिले भारतले नक्कली लुम्बिनी बनाई रहँदा पनि मुकदर्शक बनेर हेरि रहेने सरकार शाकक र बुद्दलाई कहिल्यै आफ्नो नसम्झेका सबै अति हिन्दुबादीहरुलाई धिक्कार छ! गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 2  21 अजय गुरुङ March 19th, 2011 at 9:53 PM · मुख फर्काउनुस् मित्र, प्रेम पुन जी तपाइले भन्न खोज्नु भएको के ? अझै कति उदारता देखाउनु पर्र्यो यो हिन्दुले त्यहिँ उदार स्वभाबको फाइदा लिदै अझै हाम्रो टाउकोमा टेक्नु खोज्ने अनि उल्टै कट्टरपन्थी को बिल्ला भिराउने अलिकति शरम मान्नुहोस, बिना सित्तिमा अन्तरराष्ट्रिय समुदायमा हिन्दुहरुको छबी धमिलाउन खोज्ने, ” चर्च जादा भरै घर सकुसल फर्किन्छु कि फर्किदैन ” यस्ता यस्ता बक्कम्फुस कुराहरु प्रचार प्रसार गरेर के देखाउन खोजेको ? एउटा कुरा ध्यान दिनु जरुरि छ यो देश एउटा हिन्दु राष्ट्र थियो अहिले देशको परिवर्तन संगै धर्म निरपेक्ष भनेर घोषणा गरियो के हिन्दुहरुले कुनै आपत्ति जनाए बरु मिलेर नै स्वागत् गरे त्यहिँ हामि हिन्दुहरुको उदार स्वभावको फाइदा उठाउन खोज्दै छौ तिमीहरु , चोकचोकमा गल्लि गल्लीमा तिमीहरु प्रचार प्रसारको लागि भुक्दै हिड्छौ हामीले कहिले यस्तो नगर भनेर रोकेका छौ ? दुर्गम र गरिबीले पिल्सिएका गाउगाउमा गएर पैशाको लोभ देखाएर धर्म परिवर्तन गर्न बाध्य तुल्याइयो हामीले केहि भनेउ ? सिधा अर्थमा भन्नु पर्दा यो तिमीहरुको सरासर हेपाहा प्रबित्ति हो, म त यहि भन्छु पशुपति क्षेत्रम़ा लाश गाड्न पाउनु पर्छ भनेर क्रिश्चियनहरुले गरेको हठ त्याग्नु नै बेश होला हैन भने आउने दिनहरुमा “क्रिश्चियन” को अगाडी “क” थियो भनेर इतिहासको पाना पल्टाउनु पर्ला !! अति गर्नु अत्याचार नगर्नु !! सरकार संग क्रिश्चियनहरुले लाश गाड्ने ठाउको माग राख्नु जायाज हो तर पशुपति क्षेत्रलाई निशाना बनाउनु राम्रो हैन त्यसैले बेलैमा बुद्दी आउन क्रिश्चियनहरुको !! मन परे हरियो, नपरे रातो 13  2 Prem Pun March 19th, 2011 at 11:45 PM · मुख फर्काउनुस् हेल्लो अजय जी, कस्ले भन्यो म क्रीस्चियन हुँ भनेर?म पनि हिन्दुको छोरा हो तर म सबै धर्मलाई उत्तिकै सम्मान् गर्छु उत्तिकै आस्था राख्छु!तिमीहरु जस्तो आँखा बन्द भएको अन्धो होईन!तिमी जस्तो हिन्दु अतिबादी सोच् भएकोहरु हौ जस्ले नेपालमा अरु धर्मलाई जहिले पनि निस्तेज गर्न खोज्दै छौ!पहिलो कुरा पशुपति कुनै हिन्दुहरुको पेवा होईन!ईतिहासको कुरा गर्ने हो भने हिन्दुहरु भन्दा पहिला पशुपति क्षेत्रमा किरातहरुले लाश गाडेका हुन!बकम्बुसे कुरात तिमी जस्तो हिन्दु कट्टरपन्थीहरुले गर्दै छौ हामी जस्तो सबै पर्ति स्वतन्त्र दृष्टि राख्नेले होईन!धर्म सँस्कार रितिरिवाज परम्परा समय संगै परिवर्तित हुदै जानु पर्छ राम्रोलाई छानेर नराम्रो कुरालाई हटाउदै जानु पर्छ भन्ने मेरो मेरो मान्यता हो।सबै धर्म मिलेर समस्याको समाधान गर्नुको साटो अरुलाई मात्रै पेलेर गयो भने राम्रो हुदैन! पशुपति हिन्दुहरुको मात्रै भन्ने तर्क गर्ने हो भने पशुपति क्षेत्रमा हिन्दुहरु मात्रै जाउन!स्वयम्भु र बौद्दमा बुद्दिस्टहरु मात्रै जान८उन!घन्टाघरको छेउछाउ मुसलमानहरु मात्रै हिडुन!चर्ज हुने ठाँउ तिर क्रीस्चियनहरु मात्रै बसोबास गरुन्!अजय जी तपाईहरु यस्तै अतिबादी सोच भै रहने हो भने भोलि नेपाल धार्मिक युद्दले रंगिने छ बुझि राख्नु! मन परे हरियो, नपरे रातो 0  5 kailash March 19th, 2011 at 8:26 PM · मुख फर्काउनुस् संतोष बाबु जन्मे कै कुरा गर्नी भय तिमि पनि त जन्मेको थियानौ नि अनि कसरि थाहा भो तिमीलाई पैले देखि भन्नि कुरा तिमि पनि तेही पैसा ले बनेको क्रिस्टियन हौ भन्नि तिम्रो कमेंट्स ले नै देखौछा…मुख्य कुरा पशुपति भनेको सरा हिन्दु को अस्था हो लास गाड्न दिनी मात्र हैन तेहा भयका लास लाई पनि हटाउनु पर्छा धर्म निरपक्छे भनेको तिमि क्रिस्चिने ले जे मन लाग्छा तेही गर्न पाउनु भनेको चाही पक्कै हैन राम्ररी बुझ्दा हुन्छ मन परे हरियो, नपरे रातो 10  1 Deepak March 19th, 2011 at 8:25 PM · मुख फर्काउनुस् नेपालको काइते अदालती निर्णय यस्तै हो. यस्तै हो भने धार्मिक युद्ध हुन बेर छैन मन परे हरियो, नपरे रातो 12  0 पुष्प March 19th, 2011 at 7:29 PM · मुख फर्काउनुस् यस्ता स‌वेदनशील मुद्दाको किनारा त तु लगाउनु नि ! भाँडभैलो मच्चाउने दलालहरूको कमि कुनै क्षेत्रमा रहेन । मन परे हरियो, नपरे रातो 12  0 Luna March 19th, 2011 at 6:23 PM · मुख फर्काउनुस् मरे पछी पशुपती मै गाडीन पाइयोस भन्ने त्यो बिधी इछ्या हुनेहारु किन क्रिश्यन धर्ममा लागेको होला ! पशुपती हिन्दू धर्ममा आस्था राख्ने हरुको पवित्र स्थल हो भन्ने थाहा हुँदा हुँदै किन यसरी अर्घेलो थाप्नु परेको ?! हेप्नुको पनि हद हुन्छ ! ऐले सम्म हाम्रा बुद्दिस्ट नेपालीहरुले र मुस्लिम नेपालीहरुले त यस्तो माग कहिल्यै गरेको थिएन ! सन्ख्यात्मक रुपमा धेरै भएका हिन्दू हरुले पनि यसरी बुद्द धर्मालम्बी या मुस्लिम धर्मालम्बी हरुको आस्थामा खलल पुर्याउने माग गरेको सुनिएको छैन ! यो भर्खर १० – १५ बर्ष यता पैसा कै बलमा भित्रिएको क्रिश्यन धर्मालम्बीहरुले किन यसरी हिन्दू धर्मालम्बिको आस्थामा चोट पुर्याउने उद्द्श्य का साथ लागि परेको छ ??? हुँदा हुँदा अब नेपाल मा धर्म को आड मा पनि अराजकता फैलिने भो ??? धर्म को नाममा हुने कलह सबै भन्दा खतरनाक हुन्छ —- यो सम्बे

rid · Mar 19, 2011 3:11 PM · 2,988 views

1 Reply

It is not a matter of chirstianity or other , it is not a cemetry but a religious and crimation. They need to find a burial place no matter which religious group he or she is from, if not stopped it will be  burial site for ever. So, every body should be allowed for crimation ( but last time they did not allow to Mangol people). For crimation there should not be descrimination but not a place for burial. 100 % oppose for burail, they should find a privet land or go for cimation, christian do crimation. NO burail.

syanjaali · Mar 19, 2011 4:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all