भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ | ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ | थाहै न् पाइ नजिकिए, यो के लगिरहेछ , बाहिर शान्त, भित्र कतै केहि जलिरहेछ | बाटो भुलेउ तिमीले ,मैले बाटो बिराये , छाती भित्र तिम्रै तस्बिर , बेहोसी मै कराये | जाग्न चाहिनौ तिमीले ,भन्न् चाहिन मैले , अघोसित सम्झौता थ्यो ,भित्रै भित्रै लजाये | अपरिचित को अभिनय ,शैली पुरानै हो | मनै न् हो दुक्छ कतै ,माया बिरानो भो | Last edited: 16-Mar-11 10:34 AM Last edited: 19-Mar-11 06:51 AM Last edited: 19-Mar-11 09:53 PM
prabhat41 · Mar 16, 2011 1:39 AM · 17,102 views
भाव सुन्दर छ तर अलिकती शब्द चयन र वर्णविन्यासमा पनि ध्यान दिने हो कि!
Geology Tiger · Mar 16, 2011 2:17 AM
thank you very much for kind suggestion.I will do accordingly.
prabhat41 · Mar 16, 2011 6:12 AM
Very Nice gazal.I liked it.Please continue.
Ranu Sharma · Mar 20, 2011 8:28 AM
Thank you very much Ranu for your inspiring comment.
prabhat41 · Mar 20, 2011 11:12 PM
सबैलाई नमस्कार ! Good छ .... Geology_Tiger सरको भनाई तितो सत्य हो ! म जान्ने पल्टेको होईन, ग्यान को आदान प्रदान चहान्छु । प्रभात४१को : यदि यस्लाई गजल मान्ने हो भने: पहिलो शेरलाई सबै भन्दा महत्वपुर्ण मान्ने हो भने: हजुरको पहिलो शेर: भेट घाट हुँदा मुसुक्क हासेउ ,घाइते बनाइ दियेउ | ख्याल ख्यालमै आखा छलेउ ,मुटु चोरी लियेउ | माथिको : कविता हो भने कसरि पाठ गर्ने ? गजल-गित हो भने कसरि गाउने ? अनि स्वास कति खेर लिने ? यस्तो हो कि कवि गितकारको भनाई : ॥: १ १ २ | ३ २ | २ २ २ | ॥: भेट घाट हुँदा | मुसुक्क हासेउ | घाइते बनाइ दियेउ | | १ १ १ | २ २ | २ २ २ | ख्याल ख्यालमै | आखा छलेउ | मुटु चोरी लियेउ :॥ हजुरहरुको कमेण्टको आशा राखेको छु । सिक्दै छु, मिलेर सिकुम - सजिलो हुनेछ अनि रमाईलो हुनेछ ! धन्यवाद । बाई !
simple_keta · Mar 21, 2011 12:09 AM
सिम्पल केटा जि प्रतिकृयाको लागि धेरै धन्यवाद | मैले यो गजल भनेर दाबी गरेको छैन , यो के भन्दा ,यो त्यही हो | फिलिङस मात्रा | यो २ ,४ लाइन पढ्न पनि के सास फेरिरन पर्छ भन्या ?सासै रोकेर पढे हुन्न ?
prabhat41 · Mar 21, 2011 1:11 AM
नमस्कार सबैलाई ! प्रभात सर, फलिङ्गसलाई मनको बाँध तोडेर आउने पानि मान्नुस । यदि नहर, कुलोमा नबगाये खेतको बालि, ज्यान र जिवन ध्वस्त पार्छ । नहर, कुलो धेरै किशिमका छन्, तपाईलाई सुहाउँदो छान्नु होस - बर्खाको बाढि जस्तो बग्न नदिनुस । सोध्नु भो, चित्त बुझाउने कोशिस गर्दछु : बोल्दा वा गाउँदा जिँउदो मान्छेले स्वास लिनै पर्छ । मान्छेले केहि शब्द बोले पछि स्वास लिनै पर्छ । नत्र च्याँठेर एकै स्वासमा बोल्या भन्छन् । कर्ण प्रिय हुन्नन् । ध्यान दिनु होला : मान्छेले कहिले सानो स्वरमा बिस्तारै र कहिले ठुलो स्वरमा छिटो बोल्छन् । क्रोध, रगत आदि शब्दहरुले रातो रँग भन्छ । तसर्थ : रातो रँग याद दिलाउने शब्दहरु छोटो र तिखो हुनु पर्छ । (e.g. छाडा गालिहरु छोटो हुन्छन्) कालो रँग याद दिलाउनु छ भने लामो शब्द, लामो सेन्टेन्स हुनु पर्छ (groovy feelings, the blues) अब स्वास लिने कत्ति खेर भन्ने कुरो फोक्सोमा पनि भर पर्ला । के था ? एकै स्वासमा आधा धण्टा बोल्ने कोई कोई होलान पनि ... के था ! योगा पो हो कि ?! :) मैले जान्या यत्ति नै हो । बाई ! सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला ... यो कथा कतै नजाला ...
simple_keta · Mar 24, 2011 6:38 AM
सिम्पल जी यो तपाइको प्रतिक्रिया पढे पछी सिम्पल केटा बाट केटा झिक्न बाध्य भए | अति मन छुने ,राम्रो प्रतिक्रिया लेखिदिनु भो | तेस्को लागि धेरै धेरै धन्यबाद |
prabhat41 · Mar 24, 2011 6:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion