मकर श्रेष्ठ भक्तपुर, फाल्गुन ३० - सबैजसो ठाउमा होली विभिन्न रंग र अबिर दलेर सुरुवात हुन्छ । अझ आजोभाली होली आउनु १० दिन अघि देखि नै लोला हान्न गर्छन । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस गर्छन् । तर भक्तपुरमा भने फरक तरिकाले होलीको सुरुवात हुन्छ । दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरुवात भएको छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिंग अथार्त लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिएको छ । टोल टोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पाटीमा झुण्ड्याएको हो । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाई रहेको छ । यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अथार्त लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । भिमसेनको लिंगलाई दुई जनाले काधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुदै, दत्तात्रय मन्दिर वरीपरी रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको स्थानीयबासी कृष्णबहादुर गायजुले बताए । 'भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसल-पसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन,' उनले भने । बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा झुण्ड्याएको छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा लिइने गरेको संस्कृतिकर्मी ओम धौभडेलले बताए । 'सांकेतिक रुपमा यौन संग सम्बन्धित फागु पर्व अथार्त होली पर्व दक्षिण यसियामै कतै कृष्णसंग र कतै प्रल्हादसंग सम्बन्धित रहने भएपनि बिशेषत भक्तपुरमा भिमसेनसंग सम्बन्धित रहेने गरेको छ,' उनले भने । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ । चिर स्वायगू अथार्त लिंग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् । फागुन शुक्ल पूणिर्माका दिन रंग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पुजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राख्ने गरेको धौभडेलले बताए । यसरी मन्दिरबाट खोला सम्म लिंग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए । लिंग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ । भिमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकोल यो परम्परा पनि यही बेला देखि सुरुवात भएको हुन सक्ने धौभडेलले बताए । एक सातासम्म मन्दिरमा झुण्ड्याएको लिंग र योनी हेर्न र दर्शन गर्न स्थानीय महिला र पुरुषको भिड लाग्ने गरेको छ । दर्शन गर्न आउने भक्तजनले काठको लिंगलाई हल्लाउने गरेका छन् । Source: http://www.ekantipur.com/np/20...
_____ · Mar 14, 2011 12:14 PM · 14,040 views
अहो बडो महत्त्वपूर्ण पर्ब रहेछ |त्यो लिङ भित्र पाइप जडान् गरेर जल पनि निस्कने बनाउन पाये पूर्णता पाउथ्यो कि | तैपनी अती सुन्दर चलन |
prabhat41 · Mar 14, 2011 12:31 PM
हैन त्यो उल्टो भएन र भन्या ? लिङले बहिरबाट योउनी मा छिराउनु पर्नेमा योउनी को भित्र बाट लिङ बहिर पो निस्क्या छ त ? कती सानो लिङ हो ? योउनु चाँही ठुलो छ । बडा गजब रइछ ।
Purana Kagaz · Mar 14, 2011 12:37 PM
Nepal ko kunai kunai paramparaagat kriti haru herna laajai huncha, bhanya. Some of the wall sculptures are so explicit, you really have to watch who is with you.
riten · Mar 14, 2011 3:52 PM
good one , hahaha !
FAT MAN · Mar 15, 2011 3:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion