Looking for Narayan Gopal song lyrics

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi Sajha-ites, I am looking for lyrics to Narayan Gopal songs in Nepali Unicode. I found some in english but want the Nepali Unicode version so that I don't have to convert it :) I want to put it up on my website. I already have one: Yo Samjhine Mann Chha. Looking for: Euta Manchhe Ko, Kehi Mitho Baat Gara, and his other songs. Thanks for the help guys.

pagenepaldotcom · Mar 13, 2011 10:42 PM · 19,329 views

5 Replies

झरेको पात झैँ झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी चुरा फुटेसरी भयो चराहरु उडीगए चुरा फुटेसरी भयो चराहरु उडीगए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी विहान जो खुशी थियो जलेर साँझ भैसक्यो विहान जो खुशी थियो जलेर साँझ भैसक्यो भिजेको पात पातमा निशादको कथा थियो अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी

serial · Mar 13, 2011 10:47 PM

मैले पुण्य मनपराएँ मैले पुण्य मनपराएँ या पाप मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ जब फुल र काँडा दुइटा सँगै रमाउन सक्छ जब दागको रंगमा पनि टिका समाउन सक्छ नसोध मैले वरदान  या पाप मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ तिमीसँग लिनुपनि छ तिमीलाई दिनुपनि छ हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई बेहिसाब मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ

serial · Mar 13, 2011 10:49 PM

सुन्दा खुसि लाग्यो .. म संग नारायण गोपाल को ११८ वटा गीत छ ..१०५ जति कण्ठ छ तर लेख्न झ्याउ लाग्छ ... पागल तपाई को इमेल भन्नुहोश म  खोजेर Microsoft word ma हालेर पठाईदिन्छु  अब नारायण गोपाल को भएजति सबै  गीत कालजयी छन् त्यसैले २० ,३० वटा पठाईदिउँला 

chamatkar · Mar 13, 2011 10:53 PM

@serial: Already updated the site @chamatkar: Dhanyabaad. Looking forward to getting few more evergreen songs. I have this one: यो सम्झिने मन छ, म बिर्सुं कसोरी तिमी नै भनी देऊ ए जाने निथुरी यो सम्झिने मन छ, म बिर्सुं कसोरी तिमी नै भनी देऊ ए जाने निथुरी यी औंला तिनै हुन् तिमी ले चुमेका परेली यिनै हुन् तिमी ले पुछेका यी औंला तिनै हुन् तिमी ले चुमेका परेली यिनै हुन् तिमी ले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाती फुताएर जोड्न यो सम्झिने मन छ, म बिर्सुं कसोरी तिमी नै भनी देऊ ए जाने निथुरी पखाले ये आँखा पनि द्रिश्य उही छ जहाँ नै म हिंडे पनि धर्ती उही छ पखाले ये आँखा पनि द्रिश्य उही छ जहाँ नै म हिंडे पनि धर्ती उही छ न सक्छु म आकाश चिथोरेर फेर्न न सक्छु म जून को उज्यालो नै छेक्न यो सम्झिने मन छ, म बिर्सुं कसोरी तिमी नै भनी देऊ ए जाने निथुरी

pagenepaldotcom · Mar 13, 2011 11:01 PM

Am lokin khai kaha 6 maya song lyrics in nepali version plz post it

Prayag Upadhyay · Jan 26, 2014 10:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion