गजल, बोतल मा कैद छ |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  गजल, बोतल मा कैद छ ,कबिता रम मा , राजनीति रिसोर्ट चहार्दैछ , मिल्छ भासण फोगट मा | दया माया ब्यांक ब्यालेन्स खोज्छ ,प्रेम मौलाउछ ,मनि ब्याग मा , दुख मा  गारो छ मल्हम मिल्न ,मिल्छ खिसी होल सेलमा |   जुगा हेरेर कुरा बुझ्छन कोइ , गिदी घोट्छन कोइ बेफ्वाक मा ,  अपुताली थापेर हिरो हुन्छन कोइ ,कोइ घर जलाउछन के झ्वाक मा ? भो पुग्यो भन्दै त् थिए , जबर्जस्ती ठोसी दिये | चुप चाप बसेको थिए ,निकम्मा  लेबल लगाइ दिये |   Last edited: 19-Mar-11 10:08 PM

prabhat41 · Mar 12, 2011 2:24 AM · 17,979 views

10 Replies

Your style is wonderful. 'भो पुग्यो भन्दै त् थिए , जबर्जस्ती ठोसी दिये | चुप चाप बसेको थिए ,निकम्मा  लेबल लगाइ दिये |' ??  

Ranu Sharma · Mar 20, 2011 8:36 AM

A big LOL @ prabhat's 'sasurali' experience 'भो पुग्यो भन्दै त् थिए , जबर्जस्ती ठोसी दिये | चुप चाप बसेको थिए ,निकम्मा  लेबल लगाइ दिये |'

copycat · Mar 20, 2011 11:29 AM

ठुलै गजल कार ले लेखेजस्तो छ् नि | ल् लेख्दै जानु |

Lahari · Mar 20, 2011 5:07 PM

लहरी र् रानु जि लाई प्रतिकृया को लागि धन्यवाद |

prabhat41 · Mar 20, 2011 9:11 PM

सबैलाई नमस्कार ! प्रभात सर नरिसाउनु होला है । हजुरको सबैभन्दा राम्रो सचना मलाई यो लाग्यो । यहा : Dard-E-Disco छ,  हाँशोमा मुटु कटक्क हुने चुटकिला छ,  रिदम छ, फ्लो छ - कर्णप्रिय छ ! वाह !!!!! सर्वोत्कृष्ट ! गुरु माने ! हजुरलाई शुभ day* ! *दिन र दीन मा confuse भएकोले Day लेखेको ।

simple_keta · Mar 21, 2011 12:21 AM

p. s. सार्है मन पर्यो । के यो मेरो फेसबुकमा हजुरको नाम सहित राख्न मिल्ला ? लास्टै प्रभावित भएको छु ।

simple_keta · Mar 21, 2011 12:25 AM

सिम्पल केटा जि प्रेरणा दायी प्रती कृया को लागि धन्यवाद | निस्चए पनि यहाँ को चाहना पुरा भएको हेर्न चाहन्छु |

prabhat41 · Mar 21, 2011 10:14 PM

सिम्पल केटा जि तपाईंको लेखाइ मन छुने खाल को हुन्छन | फ्रिक्वेन्सी अली बढाउने हो कि ?

prabhat41 · Mar 22, 2011 11:07 PM

प्रभात सर नमस्कार ! मिठो शब्दहरु लेखिदिनु भो, खुशि छु । फ्रिक्वेन्सि बढाउनु हुन्थ्यो तर डर छ, यहाँ अमानविय प्रतिकृया आउलान् भन्ने । लेख्ने नै छु । धन्यवाद । बाई !

simple_keta · Mar 24, 2011 6:04 AM

prabhat41 · Mar 30, 2011 10:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all