Ashamed of being a Nepali

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एसएसबीद्वारा नियन्त्रणमा लिई हत्या शान्तिपुर (बर्दिया), फाल्गुन २८ - सीमा नजिकैको ग्रामीण बस्तीका हर्कबहादुर शाहीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएकै दिन हत्या गरको खुलेको छ । शाही २३ दिनदेखि नियन्त्रणमा थिए । हतियारसहित नेपाल आएका एसएसबीले जमुनी-९ शान्तिपुरका शाहीलाई घेरा हाली गोली हानेका थिए । डाँफे गाउँको अरहरबारीबाट नियन्त्रणमा लिई कुट्दै हातखुट्टा भाँचेर एसएसबीले क्याम्पमा लगी हत्या गरेको प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । 'एसएसबीको एक जनाले लखेट्यो । तीन जनाले घेरा हालेर समाते,' घटनास्थलमा गाईबस्तुबाट मसुरो जोगाउन बसेका वीरे सुनाले शुक्रबार कान्तिपुरसित भने, 'बन्दुकको कुन्दा र बुटले हान्दै अचेतजस्तो बनाउँथे र होसमा आएपछि फेरि कुट्थे  ।' शान्तिपुर पलट नं. ११० का शाहीसहित स्थानीय ४ जनालाई फागुन ५ गते भारतको लम्बिकुवास्थित क्याम्पबाट निस्केको एसएसबी टोलीले नियन्त्रणमा लिएको थियो । कुर्कुच्चामा गोली लागी घाइते भएका शाही नेपालतिरको अरहर बारीमा लुक्ने प्रयास गर्दै गरेका बेला नियन्त्रण परेका हुन् । 'बारीबाट पानी-पानी भनेको आवाज आइरहेको थियो,' प्रत्यक्षदर्शी दीपा सिंहले भनिन्, 'काखमा सानो नानी थियो । गोली हान्ने हुन् कि भन्ने डरले नजिकै जान सकिनँ ।' बारीमै हत्या गरी भारतीय सुरक्षाकर्मीले मोटरसाइकलमा राखेर शव क्याम्पमा लगेको अनुमान यिनले गरिन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका उपरीक्षक सनबहादुर उपाध्यायले शाहीका मृत्यु भएको पुष्टि गरेका छन् । उनले भारतीय पक्षसँग बारम्बार कुराकानी भइरहेको तर उनीहरूले शव आफूहरूसँग नभएको दाबी गरिरहेको बताए । 'शव ल्याउने प्रक्रियाका लागि मन्त्रालयस्तरबाट प्रयास भइरहेको छ,' उनले भने । छलफलमा भारतीय पक्षले आफ्ना प्रहरीलाई गोली प्रहार गरी भागेको दाबी गरे पनि नेपाली पक्षले त्यसको प्रतिवाद गरी भारतीय पक्षले लिएको आएको अडानसहित कुराकानी गरिएको उनले बताए । 'पहिले बुबाको अवस्था देखेको सशस्त्र प्रहरीले अहिले देखेनांै भन्न थालेको छ,' शाहीका छोरा प्रेमबहादुरले भने, 'सशस्त्र प्रहरीले समेत किन हो झूटो बोल्न थालेका छन् ।' शव ल्याउनसमेत नेपाली सुरक्षा निकायले अपेक्षित चासो देखाएको छैन । जमुनी पोस्टका सशस्त्र प्रहरी निरीक्षक रुद्रबहादुर पाण्डेसहितको सुरक्षा टोली एसएसबी क्याम्पमा पुगेर शुक्रबार गोप्य भेटघाट गरी फर्केको छ । त्यहाँ के कुरा भयो थाहै भएन, बाबुको शव ल्याइदिए काजकिरिया गर्ने पक्षमा रहेका प्रेमले भने, 'पहिले आफैंले देखाको सशस्त्र प्रहरीले अहिले देखेनौं भन्न थालेको छ के सहयोग गर्लान् ?' भारतीय प्रहरीले बाबुलाई घटनास्थलमै हत्या गरेको र जीतिव रहने कुनै सम्भावना नरहेको प्रेमले बताएका छन् । उक्त घटनापछि शान्तिपुरका बासिन्दा डर त्रासमा छन् । सानो र ठूलो डाँफेका साथै सीतापुर क्षेत्रका बासिन्दा  त्रासदीमा बस्न बाध्य भएका छन् । हत्या गरिएका ५२ वषर्ीय शाहीकी पत्नीलाई रिंगाटा लाग्ने गरेको छ । पति हत्याको वियोगमा २३ दिनदेखि भोकै र रुँदै न्यायको खोजी गरिरहेकी जुनकीरी शाहीले भनिन्, 'यसरी हत्या गर्दासमेत कसैले चासो दिएका छैनन् ।' शाहीलाई नियन्त्रणमा लिई हत्या गरेपछि एसएसबीले त्यहाँका अधिकांश सुरक्षाकर्मीलाई स्थानान्तरण गरेको छ ।       Last edited: 12-Mar-11 12:33 AM

NALAPANI · Mar 11, 2011 11:27 PM · 14,521 views

11 Replies

 मेरो, मेरो प्रिय खुकुरी हो हेर भै होसियार thukka hamro bhagya  

chamatkar · Mar 11, 2011 11:36 PM

 Let's not be ashamed of being Nepali.  We can be ashamed of particular scenario or particular action or particular fellow Nepali, but c'mon, let's not be ashamed of being Nepali, for those instances do not define us.

riten · Mar 12, 2011 10:34 AM

Where is security in Nepal riten ?? Is there any government to protect poor and helpless Nepalese ? Is not this a humiliating act ? Nepalese are being eunuch so anyone can do anything for no reason. Is not this shameful? It is, at least for me. Last edited: 12-Mar-11 01:32 PM

NALAPANI · Mar 12, 2011 1:28 PM

nepal ko khaate sarkar le ke nai garla ra? pheri kunai bahun mareko chhaina kyare?

nagarikreport · Mar 12, 2011 10:15 PM

Puret ka chhora haru sarkar chalaune bhae pachhi yestai ho. Uhile Chandra samsher ko pala ma Tibet ma Nepali byapari lai bhote haru le lutda kheri unle bhote sanga kasari ladai garera jitne bhanera singha darbar ma jado ko bela ma bahira basera chhatpatida kheri Pneumonia bhaera mareko thiye re.... feri Jung Bdr Rana le pani Bahadur shah ko pala ma Tibet sanga thapathali sandhi garda Nepal ko garima ma maa aanch ayo bhanera dosro patak Bhot yudh ma afai gaera jit hasil gari desh ko ijjat jogaeko thiye re............Dui paisa ko himmat nabhako mu.....ji haru sarkar ma base pachi janata lai jasle pani marne bhai halyo ni.........

GorkheCowboy · Mar 13, 2011 5:21 AM

You are rite Gorkhey. Bam Bahadur (brother of Jung Bdr) was assigned as the commander of the Nepale army to attack Tibetians in Digarcha. Initially his company fought very gallantly with bhotes but got cordoned later on. Jung Bdr got this message from a messenger. Furious, he snatched that messenger's sword and rode to Tibet with reserve force kept in ktm. He attacked tibetians so fiercly that they retrated and gave in to Nepal government.  If a government cannot provide public security, it has no right to rule.

NALAPANI · Mar 13, 2011 5:31 AM

हाम्रो नेता हरु एकदमऐ लाछी छन, आझ कती जन त एस्तो कुर उथौनीए लाई anti Indian पनि भन्न बेर लगौदैनन। नेपाल र नेपाली को जिउ धन को बारेमा बोल्नु भनेको anti Indian हुनु होइन, पत्रकार ले खबर लेरये अब सरकार को काम एस्लाई अन्त्यन्त गम्भिर्त पूर्वक लिएर अनुसन्धान गर्न पर्छ। किन BSF ले तेसो गरीए। तिनी हरु ले बिथ्ह म एक जन नेपाली को ज्यान ले को रहेछ भनीए, त्यो BSF जबन लाई नेपाल को कनुन अनुसार सजय दिलौन नेपाल फर्कौन माग गर्नु  पर्छ । western countries जुन देशमा अपराध गर्या हो तेही देश को कनुन अनुसार हुन्छ र सरकार ले तेसो माग गर्नु भनेको ईन्डिया को against मा गको होइन नेपाली को रक्षा गरेको मात्र हो। र एदी त्यो ब्यक्ती कुनै अपराधीक गतिबिदी म संलग्न रहेछ भने पनि तिनी हरुले उस्लाई नेपाल सरकार मार्फत पक्डन लगएर नेपाल मै उस्लाई कनुन अनुसार गर्न पर्छ  र ईन्डिया मा कुनै अपराध गरेको रहेछ भने ईन्डिया लाई सुम्पे पनि हुन्छ त्यस्तो मान्छे लाई। तर देश को नेता हरु तेसै दराउछन के गर्नु आशामरु हरु नेता भा छन हामी का Last edited: 13-Mar-11 12:01 PM

_____ · Mar 13, 2011 11:32 AM

Very truly said dharke bro.

NALAPANI · Mar 13, 2011 11:52 AM

The last 5 comments are worthy to read.  Bramhans need to be Gurus again and Kshyatriyas should be allowed to rule. Brahmans are wise, Kshyatrias have guts.  Modern Brahmans are in fact slave of money (they are neither real Brahmans nor Vaishyas)

nagarikreport · Mar 13, 2011 12:26 PM

Gorkhey (in your style......) Uhile nai tribhuvan rajpath (byroad ko bato) banauda indian kaamdar/technicians haru le sthaniya tamang kanya harulai jiskyaera sexual harrasment gareko kura sunera tesbela ka raja Mahendra le tyo kura lai personally liyera prasasan lagai dhoti haru lai achhu achhu banauna lagaeka thiye re. Tyas pachhi testo kaile pani bhaena re. 

NALAPANI · Mar 13, 2011 12:47 PM

time being, nepal sambidhan ra sarkar rahit des ho.....esle esto garyatho, khate neta , usle ustho garyatho, falano , dhisano vannu vanda, aba hami le k garna sakchhau vanera sochnu parne time ho.... no offence guys but lets learn to use the power of  "multi media" that is the main source of all the developments in the earth that you also can contribute by jus sitting at home jus like you are about to type sth here...its that simple...2068 saal huna lai sakyo tara hamro siddanta vane jasta ko tastai.????

bratt · Mar 13, 2011 6:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all