malai ta kurikuri lagyo yarr संविधान बनाउन सन्त महन्तले पनि दबाब दिनुपर्छः राष्ट्रपति आजै पाँच उद्‍घाटनको कार्यक्रममा सहभागी हुँदै- चाँदनी हमाल, चितवन, फागुन २६- चितवन भ्रमणमा आएका राष्ट्रपति रामवरण यादवले नेपालको गणतन्त्र संस्थागत गर्न र संविधान निर्माणका लागि सभासदहरु मात्र हैन, सबै नेपाली र सन्त महन्तको पनि भूमिका आवश्यक भएकोले आवश्यक पहल गर्न आह्वान गरेका छन्। सुव्यवस्थित नेपाल र कानुन बनाउन संविधानबाटै पहल गर्नुपर्ने हुनाले संविधान बनाउन सबैले दबाब दिनुपर्ने उनले बताए। देवघाट क्षेत्र विकास समितिको नव निर्मित भवन उदघाटन गर्दै राष्ट्रपतिले धार्मिक महत्वका क्षेत्रलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत बढाउन आवश्यक रहेको बताए। उनले भने, पशुपति क्षेत्र विकास कोषको वार्षिक आम्दानी १६ अरब हुन्छ। यसैगरी अन्य धार्मिक क्षेत्रको पनि आम्दानी बढाउन सकिन्छ। राष्ट्रपति यादव चितवनमा एकै दिन चार वटा कार्यक्रममा र तनहुँको एउटा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। शुरुमा देवघाट क्षेत्र विकास समितिको नवनिर्मित भवन उदघाटन गरिसकेपछि देवघाटधामको दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि उनले चितवनको बालकुमारी उच्च माध्यमिक विद्यालय नारायणगढको नव निर्मित भवनको उदघाटन गर्नेछन्। डेढ करोडको लागतमा निर्माण गरिएको भवन उदघाटन यसअघि नै गर्ने भनिए पनि अनुकूल भएको थिएन। त्यस्तै भरतपुरस्थित कन्या कलेजको तीन तले भवनको मध्याह्न १२ वजे उदघाटन गरेपछि हेलिकप्टरमा उनी चितवनको गीतानगर पुग्ने छन्। पश्चिम चितवनको गीतानगरस्थित अरुणोदय कलेजको स्वर्ण महोत्सवको समेत उनले नै उदघाटन गर्ने कार्यक्रम छ। एफएमको उदघाटन गर्न अस्वीकार- राष्ट्रपति रामवरण यादवले स्थानीय एक एफएमको उदघाटन गर्न अस्वीकार गरेका छन्। राष्ट्रपतिबाट तनहुँ देवघाटमा संचालित सामुदायिक रेडियो देवघाटको उद्‌घाटन गर्ने कार्यक्रम थियो। तर नाफामूलक संस्थाको उद्‍घाटन गर्न नमिल्ने भन्दै उनले अस्वीकार गरेको आयोजकले बताएका छन्। माघे संक्रान्तिदेखि परीक्षण प्रसारण शुरु गरेको रेडियो देवघाट तनहुँको छैटौ रेडियो हो। Last edited: 10-Mar-11 01:20 AM
GorkheCowboy · Mar 10, 2011 1:19 AM · 2,549 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion