बुहारीको 'कन्यादान' Tuesday, 08 March 2011 12:19 नागरिक 24047 (0 votes, average 0 out of 5) उपेन्द्र लामिछाने, सिमरा, फागुन २४ - काठमाडौं, मूलपानीका महेश्वर वाग्लेले एकल जीवन बिताउँदै आएकी बुहारी सञ्जुको सोमबार 'कन्यादान' गरिदिए। सञ्जुको माइती बारा सिमरामा आयोजित वैवाहिक समारोहमा सिमरा नरबस्तीका यादव लामिछानेलाई बुहारी जिम्मा लगाएपछि कान्छा ससुरा वाग्लेले बेहुलाका बाबुलाई भने, 'बुहारी होइन, छोरी जिम्मा लगाएको छु, मारे पाप, पाले पुण्य।' दुई वर्षअघि मूलपानीका प्रकाश वाग्लेसँग सञ्जु (अर्याल) को विवाह भएको थियो। सिमरा विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलर विभागका कर्मचारी पतिको रक्तक्यान्सरबाट निधन भएपछि उनी डेढ वर्षयता एकल जीवन बिताउँदै आएकी थिइन्। बुहारीको खुसीका लागि विवाह गराएको महेश्वरले बताए। 'ऊ एकान्तमा गुम्सिएर बस्दा हामीलाई पीडा हुन्थ्यो,' उनले थपे, 'सञ्जुलाई हामीले छोरी नै मानेर विवाह गरिदियौँ।' महेश्वर कन्यादानपछि आँसु खसाल्दै सोमबार साँझ राजधानी फर्किए। आफ्ना सासू-ससुरा नभएकाले सञ्जु काका ससुरा र परिवारका अन्य सदस्यसँग विवाहका लागि सिमरा आएकी थिइन्। एकल महिलालाई पत्नीको रूपमा पाएपछि बेहुला लामिछाने न्याउली बाजाको तालमा विवाह मण्डपमै कम्मर मर्काई-मर्काई नाचिदिए। घरगाउँले र जन्तीतले पनि ताली ठोकेर खुसी साटे। 'बाल्यकालदेखिकी साथीलाई जीवनसाथी बनाउन पाएँ,' लामिछानेले भने, 'उनलाई सुखसँग राख्नेछु।' नयाँ जीवनसाथी पाएकोमा सञ्जु पनि खुसी थिइन्। 'आखिर जीवन त चल्छ नै,' उनले भनिन्, 'उहाँले मलाई स्विकार्नुभएकोमा खुसी छु।' लामिछानेका पिता चन्द्रकान्तले तीनै पक्षको सहमतिमा विवाह तय भएको बताए। दोहोर्‍याएर छोरीको बिदाइ गर्दा सञ्जुका पिता हरिप्रसाद अर्यालका आँखा रसाए। उनले छोरी स्विकार्ने केटा पक्ष र पहिलेका ज्वाइँ पक्ष दुवै परिवारलाई धन्यवाद दिए। विवाह गराउने पण्डित रामहरि सापकोटाले तीन दसक लामो कर्मकाण्ड अनुभवमा आफूले यस्तो विवाह कहिल्यै नगराएको सुनाए। 'यस्तो विवाह गराउन पाउँदा गर्व लागेको छ,' उनले भने।
_____ · Mar 8, 2011 1:27 PM · 19,057 views
Wow, that is real touching, thanks for sharing.
terobaaje · Mar 8, 2011 1:34 PM
I know this girl, she is from where i am, it shows now we Nepalese are no longer living in a dark society
jhilke kancho · Mar 8, 2011 2:21 PM
I realy felt good to read this story. God bless them.
Allegro · Mar 8, 2011 2:36 PM
Wow..great news...thanks for sharing...I felt good...
nmaharjan · Mar 8, 2011 2:52 PM
great news. salute the courage of this guy.
ek@l · Mar 8, 2011 3:58 PM
great news...बुहारी looks cute and innocent
kalo_chasma · Mar 8, 2011 4:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion