दीपक र आयषा वैवाहिक बन्धनमा हिमेशरत्न वज्राचार्य काठमाडौं, फाल्गुन २३ - नेपाली खेलकुदले दीपक विष्ट र आयषा शाक्य जस्तो 'डि्रम' जोडी पाउने छैन । दुवै तेक्वान्दो खेलाडी हुन् । दीपक नेपाली खेलकुदकै सर्वाधिक सफल खेलाडी हुन् । आयषा पनि सफल महिला खेलाडीतर्फ अग्रणी प्रतिनिधि पात्र हुन् । यिनै दुई खेलाडी आइतबार वैवाहिक बन्धनमा बाँधिएका छन् । धेरैका लागि यो स्तब्धपूर्ण समाचार हुनेछ, केहीका लागि भने अपेक्षित । तर यसले नेपाली खेलकुदमा असाध्यै 'ग्ल्यामर' थप्ने काम भने गरेको छ, यस्तो स्वप्न जोडी चिताउन मात्र सकिन्छ । दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितिसकेकी आयषाको अबको लक्ष्य ओलम्पिक छनोट हो । अब उनले नजिकबाट दीपकका सहयोगी हात पाउनेछिन् । 'अन्ततः हाम्रो माया सफल भएको छ, त्यसैले खुसी छौं,' दुवैले एकै स्वरमा भने, 'नेपाली खेलकुदमा हामी आदर्श जोडीका रूपमा स्थापित हुन चाहन्छौं । हामी दुवैको खेल यात्रा विवाहपछि टुंगिने छैन, बरु अझ झाँगिनेछ ।' लामो समयदेखि दीपकको विवाहलाई लिएर विभिन्न अड्कल काटिएका थिए किनभने उनी 'मोस्ट एलिजेबल ब्याचलर' थिए । तर उनकी पाँच वर्षभन्दा बढी पुरानी प्रेमिका आयषा हुन् भन्ने नजिकका केही साथीले मात्र थाहा पाए । 'एक-अर्काको सम्मानमा हामीले यो सम्बन्ध गोप्य राख्यौं,' दुवैको भनाइ थियो । उनीहरूको सुमधुर प्रेम सम्बन्धले वैवाहिक बन्धनसम्म पुग्न बाधा अड्चन बेहोर्न बाध्य भने रह्यो । 'आयषालाई लिएर मेरो घरमा पनि सुरुमा समस्या नभएको होइन, तर मैले त्यसलाई सुल्झाएँ । परिवारका सबै सदस्य खुसी छन्,' दीपकले भने । आयषाले भने आपmनो परिवारलाई सम्झाउन सकेकी छैनन् । 'मैले दीपकसँगको सम्बन्धलाई लिएर घरमा बताएकी थिएँ, तर बुबा-आमा मान्नुभएन । त्यसैले परिवारको अनुपस्थितिमै विवाह गरेकी हुँ,' आयषाले भनिन्, 'म उहाँहरूकै प्यारी छोरी हुँ, उहाँहरूलाई धेरै माया र सम्मान गर्छुं । उहाँहरूलाई चोट पुगेकामा क्षमा माग्छु ।' उनी दीपकसँगै आपmनो माइतीघरमा र्फकने पखाईमा छिन् । 'उहाँहरूले हामी दुईलाई चाँडै घरमा बोलाउने विश्वास छ,' उनले थपिन्, 'मेरो खेलजीवन यहाँसम्म पुग्नुमा बुबा-आमा र परिवारकै देन हो ।' फरक संस्कृति र परिवेशमा हुर्के पनि त्यसैका आधारमा एक-अर्कालाई सम्मान गर्ने उनीहरूले बताए । 'आयषालाई जीवनमा दिन सक्ने सबै खुसी दिनेछु । हाम्रो परिवारमा उनको उपस्थिति छोरी जस्तै हुनेछ,' दीपकले भने, 'हामी दुवैलाई आयषाको परिवारले चाँडै स्वीकार्ने विश्वास छ । हामी आदर्श जोडी हुन चाहन्छौं, कसैलाई हामीप्रति गुनासो हुने छैन ।' http://www.ekantipur.com/np/20...
_____ · Mar 7, 2011 11:55 AM · 15,836 views
My kid is never messing with their soon-to-be kid.
Stiffler · Mar 7, 2011 12:04 PM
I think I now understood what "Deeram" jodi means.
Stiffler · Mar 7, 2011 12:21 PM
Since Dipak is a national legend, it is stupid of Ayasha's parents to oppose this marriage. Paisa matrai sabai thok haina..
pire · Mar 7, 2011 1:00 PM
Where is Chana_tarkari ??
NALAPANI · Mar 7, 2011 3:30 PM
Congratulations to both of them :)
AlterEgo · Mar 7, 2011 5:23 PM
Now this is what is called a Kickass jodi. Congratulations !
cul_boy · Mar 7, 2011 5:50 PM
यो दीपक बिष्ट अति नै मुख छाड्छ है . हाम्रो सकूल मा २ / ४ महिना काम गरेको थियो . अलि पनि सोमत नभाको मान्छे बिद्धयार्थी लाइ सारै नराम्रो संग कुट थियो
budweiser · Mar 7, 2011 6:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion