मन्जेश पाठक- ओझा आफ्नो ल्याबमा मंगल ग्रहको थ्री डी चित्र देखाउँदै। फोटो साभारः Arizona Daily Wildcat १५ वर्षको उमेरमा अमेरिका पुगेका एक नेपाली लुजेन्द्र ओझाले मंगल ग्रहमा तरल अवस्थामा पानी हुन सक्ने संकेत आफ्नो अनुसन्धानका क्रममा भेट्टाएका छन्। वासिङटनको क्यापिटल हिलमा आउँदो अप्रिल १३ तारिखमा उनले यससम्बन्धी आफ्नो अनुसन्धान प्रस्तुत गर्दैछन्। यसमा सहभागी हुन करिब ७ सय अन्डरग्राजुएटहरुले आवेदन दिएकामा उनीसहित ७४ जना छानिएका थिए। डेलीवाइल्डक्याट डट कमसँगको अन्तर्वार्तामा उनले यो विषयमा डेढ वर्षदेखि अनुसन्धान गरिरहेको र यसै विषयमा सिनियर थेसिस लेखेको बताएका छन्। नेपालबाट त्यहाँ पुग्दादेखि नै यस किसिमको अनुसन्धानमा आफ्नो विशेष रुचि रहेको भन्दै ओझाले आफ्नो प्लानेटरी साइन्टिस्ट हुने लक्ष्य रहेको बताए।
huntersoul · Mar 1, 2011 8:23 PM · 10,146 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion