कसरी फसे कंसाकार ? १५ फागुन, काठमाडौं । विशेष अदालतले मागेको ६ करोड धरौटी बुझाउन नसकेपछि नेपाल वायुसेवा निगमका निलम्वित कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई डिल्लीबजार कारागार चलान गरिएको छ । अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरु न्यायाधीश ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले आइतबार कंसाकारसँग ६ करोड धरौटी मागेको थियो । कार्यालय समय सकिनै लाग्दा अदालतले ६ करोड धरौटी मागेपछि कंसाकारका पक्षले बुझाउन सकेनन् र राति ७ वजेतिर कारागार शाखा डिल्लीबजार चलान गरिएको हो । कंसाकार पक्षले अन्तिम समयसम्म धरौटी रकम जुटाउने प्रयास गरेको थियो । उनीहरुले रकम जुटाउने पहलसँगै साँझ पौने सात वजेसम्म रजिस्टार धिरबहादुर चन्दले विशेष अदालतमै कुरेका थिए । दुई वटा नयाँ विमान खरिद गर्न सञ्चालक समितिको स्वीकृति र सहमति विना एयरबस नामक बिमान उत्पादक कम्पनीलाई करिव ५ करोड ७३ लाख रुपैयाँ बैना दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकार सहितका ६ जना निगम कर्मचारीविरुद्ध पुष ९ गते मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्धा दायर गरेसँगै पाँचै जना निलम्वित भएका छन् । मुद्धा द्धायर गरिएकामध्ये अन्य पाँच जना भने धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । कसरी फसे कंसाकार ? अमेरिकी गोप्य दस्तावेज सार्बजनिक गरिरहेको वीकीलिक्स वेबसाइटले सार्बजनिक गरेको तथ्यलाई मान्ने हो भने हाल नेपालमा देखिाएको बिमान खरिदसम्बन्धी बिबाद बिशुद्धरुपमा अमेरिका र युरोपेली युनियनको लडाई हो । अमेरिकाको बिमान उत्पादक कम्पनी बोइङ र युरोपेली युनियनको कम्पनी एअरबसवीच बिमान बेच्न बिश्वभर प्रतिस्पर्धा भइरहेको छ । टेण्डरबाट सुरु भएको बिमान खरिद प्रकृयामा एअरबसले कम रकम प्रस्ताव गरेपछि निगम संचालक समितिले एअरबससंग बिमान किन्ने निर्णय गरेको थियो । त्यसकै आधारमा आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै तत्कालीन कार्यकारी अध्यक्ष कंशाकारले एअरबसलाई बैना रकम पठाएका थिए । त्यसलगत्तै सार्बजनिक लेखा समिति र त्यसपछि अख्तियारले बिमान खरिद प्रकृयामा प्रश्न उठाएपछि बिमान किन्न बिलम्ब भयो । बैना पठाउँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा चलाएपनि बिमान उत्पादक कम्पनी एअरबसले बैनारकम फिर्ता पठाउने प्रतिबद्धता जनाउँदै निगमको खाता नम्बर माग गरेको छ । तर बोइङ किन्नुपर्ने पक्षमा रहँदै आएको महाप्रवन्धक केवी लिम्बु पक्षले भने बैनारकम फिर्ता ल्याउन र खाता नम्बर पठाउन आनाकानी गरिरहेको छ । एअरबसको माग बमोजिम खाता नम्बर पठाए पैसा फिर्ता आउने र कंसाकारबिरुद्ध बिशेष अदालतमा दायर मुद्दाको औचित्य सकिने भएकाले रकम पठाउन आनाकानी गरेर मुद्दा अगाडी बढाइएको कंसाकार पक्षको दावी छ । अमेरिका र इयुबिचको जुंगाको लडाईमा निर्दोष कर्मचारी पिल्सीएको भन्दै कंशाकार पक्षले बिशेष अदालतको निर्णयलाई जसरी पनि कंसाकार थुनाउने योजनाको उपज भएको ठान्छ । रकम फिर्ता ल्याउन पहल गर्नुको साटो महाप्रबन्धक लिम्बुको समूहले भने जहाज खरिदका लागि अर्को उपसमिति गठन गरेको छ । http://www.onlinekhabar.com/20...
_____ · Feb 27, 2011 10:25 AM · 4,058 views
I agree with the above article. Look how KB Limbu is trying hard to work against the Kanshakar. If NAC is able to get that money from Airbus, then there will be no case against Kanshakar. निगमले एयरबससँग ब्याज माग्ने (http://news.nagariknews.com/ec... सुशील भट्टराई, काठमाडौं, फागुन १५- नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग बैनाको ब्याज माग्ने भएको छ। 'एयरबसबाट फिर्ता आउने बैनाको ब्याज पनि लिनुपर्छ,' निगमका कार्यवाहक महाप्रबन्धक तथा प्रवक्ता क्याप्टेन ओबी गुरुङले शनिबार नागरिकसँग भने, '१६ महिना अवधिको ब्याज त लिनैपर्छ।' निगमले १६ महिनाअघि दुई जहाज किन्न एयरबसलाई ७ लाख ५० हजार अमेरिकी डलर बैना पठाएको थियो। 'उक्त अवधिको १२ देखि साढे १२ प्रतिशतका दरले करिब १ लाख डलर ब्याज आउँछ,' उनले भने, 'ब्याज जसरी पनि लिनुपर्छ।' यहाँका वाणिज्य बैंकले दिने ब्याज सरह लिइने उनले बताए। ब्याज एयरबसले तिर्ने हो वा बैना पठाउन संलग्न अधिकारीहरूले यसबारे निगम व्यवस्थापनले छलफल गरी सोमबारभित्र टुंगोमा पुर्‍याउने जानकारी उनले दिए। एयरबसले बैना फिर्ता दिन्छु भनेको छ, अब त्यसको ब्याज पनि दिने हो कि भनेर अनुरोधसहित पत्र पठाउन सक्छौं,' उनले भने, 'सावाँ आउँछ भने ब्याज पनि छोड्ने कुरा भएन। ब्याज पनि सम्पत्ति हो, लिनुपर्छ।' एयरबसले ७ लाख ५० हजार अमेरिकी डलर बैना फिर्ता दिन निगम अध्यक्ष तथा पर्यटन सचिव किशोर थापालाई सम्बोधन गरी गत माघ २० मा पत्र पठाएको थियो। पत्रमा एयरबसले बैंक खाता नम्बर मागेको छ। निगम व्यवस्थापनले बैंक खाता नम्बर पठाउनुको सट्टा ब्याजको कुरा गर्न थालेपछि कर्मचारीहरू आक्रोशित भएका छन्। 'ब्याजका कुरा राखेर एयरबसलाई चिठी जसले लेख्छ, त्योविरुद्ध कर्मचारी भौतिक रूपमा प्रस्तुत हुनेछन्,' निगम कर्मचारी संघका अध्यक्ष तारणिराज दाहालले नागरिकसँग भने। एयरबस र निगमबीच बैना फिर्ता नहुने समझदारी छ। एयरबसले बैना दिन्छु भन्दाभन्दै अब ब्याज पनि माग्ने तयारी भएपछि त्यसबाट निगममात्र नभई समग्र देशकै 'बेइज्जत' हुने दाहालले बताए। बैना फिर्ता लिने विषयसँग विशेष अदालतमा विचाराधीन मुद्दासँग कुनै सरोकार नरहेको दाबी उनले गरे। पर्यटन सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष थापाले एयरबसद्वारा पैसा फिर्ता दिन पठाइएको पत्रबारे आवश्यक कारबाही अगाडि बढाउन निगम व्यवस्थापनलाई गत माघ २९ मा निर्देशन दिएका थिए। त्यसपछि निगमले बैना फिर्ता लिन बैंक खाता नम्बर पठाउनुको सट्टा निगम महाप्रबन्धक केबी लिम्बुले बैना फिर्ता लिने प्रक्रिया अगाडि बढाउन मिल्छ कि मिल्दैन भन्दै फागनु ६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग निर्देशन मागेका थिए। लिम्बुले अख्तियारका सचिवलाई पत्र पठाइ एयरबससँग बैना फिर्ता लिन मिल्ने वा नमिल्ने सोधेपछि पर्यटनका अधिकारीहरूले उक्त काम विद्यमान ऐन नियमविपरीत भएको बताएका छन्। अख्तियारले पनि एयरबसबाट बैना फिर्ता लिन हुन्छ वा हुन्न भन्ने आधिकारिक निकाय आफू नभएको र यसबारेमा सरोकार नभएको बताइसकेको छ। लगत्तै पर्यटन सचिव तथा निगम अध्यक्ष थापाले फागुन १३ मा पुनः निगम व्यवस्थापनलाई पत्र पठाइ बैना फिर्ता लिन निर्देशन दिएका थिए। दुवै संस्थाबीच बैना फिर्ता नहुने समझदारी भए पनि एयरबसले फिर्ता दिने अवसर पाउँदा पनि पैसा नलिँदा भोलि पुनः पैसा डुबे लिम्बु विरुद्ध मुद्दा चलाउन सकिने पर्यटनका अधिकारीको भनाइ छ। एयरबसलाई बैना भुक्तानी गरी निगमलाई नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले गत पुस ९ मा कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एयरबसको पत्र आए पनि बैंक खाता नम्बर पठाउन निगम व्यवस्थापनले आनाकानी गर्दै आएको थियो। मन्त्रालयको निर्देशनपछि लिम्बुले अख्तियारलाई पत्र पठाएका थिए। डुबेको बैना तत्काल फिर्ता लिनका लागि आवश्यक पहल गर्न निगम कर्मचारीहरूले पनि लिम्बुलाई ज्ञापनपत्र बुझाइसकेका छन्। एयरबस पत्रमा ग्लोबल टेन्डर जितेर निगमलाई जहाज बेच्ने अधिकार पाएको र निगमले चाहेमा कुनै पनि समयमा दुवै कम्पनीबीचको समझदारीपत्रलाई पुनर्मूल्यांकन गरी अगाडि बढाउन सकिने उल्लेख छ। पत्रमा एयरबसका वरिष्ठ उपाध्यक्ष क्रिस्टोफी मौरेले हस्ताक्षर गरेका छन्। त्यसै गरी पत्रमा समझदारीपत्रअनुसार बैना फिर्ता नहुने सर्त भए पनि दुवै कम्पनीबीचको राम्रो सम्बन्ध रहेको र हाल जहाज खरिद सम्झौतामा हस्ताक्षर हुन नसकेका कारण पैसा फिर्ता पठाउने निर्णय गरिएको उल्लेख छ।
khoikkhoik · Feb 27, 2011 11:30 AM
this is for wide body plane
Manko Sathi · Oct 15, 2019 8:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion