टीपन यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, उनीहरुले कुन चाईने महापण्डीत चिनेका थिए कुन्नी, असाध्यै गुनगान गाउँथे ती पण्डीतको। तिनै पण्डीतले चिना नबनाईदीइ भएन रे भनेर मलाई त्यो टीपन दीएका थिए घराँ। त्यै भएर नयाँ सडक हिनेको म। अन्त भए त के जान्थे, तर त्यहाँ ती नातेदार कहाँ जहिले जाँदा नी जेरी स्वारी टन्न खान दिन्थे। मलाई जेरी स्वारी एकदम मिठो लाग्ने। घराँ बिहान जेरी स्वारी किन्द्याओ न भन्यो "अहिले भात खाने बेलाँ तँलाई के को जेरी स्वारी" भन्थे, दिउँसो किन्द्याओ भन्यो "भरखर भात खाको हैन?" भन्थे, अलि ढिलो भन्यो "के एउटै कुरो दस चोटी भनीरा? अहिले तेरो हजुरबालाई हलुवा बनाउँदा तँलाई नी दिम्ला ल अब चुप लाग भन्थे।" हलुवा खान्छु त कल्ले भन्या थ्यो र? त्यो हलुवा खाँदा मुखाँ लेस्सारीएर प्याक प्याक हुन्थ्यो, गुलीयो मात्रै भएर हुन्छ र? त्यो हलुवा खाएर एक गिलास पानी तन्काएर चिया खायो, चियामा स्वाद छैन त! त्यस्तो हुन्थ्यो। हलुवाले भाँडथ्यो नी चियाको गुलियो। अनि फेरी साँझ तिर जेरी स्वारीको कुरो झिक्यो, उही बिहानको सम्बाद दोहोर्‍याउँथे "एक छिनाँ भात खाने बेला हुन्छ, के को जेरी स्वारी?" त्याँ नयाँ सडकाँ जाँदा आफुले केही भन्नु पर्दैनथ्यो, खुरुक्क जेरी स्वारी ल्याउँथे। चियाको स्वाद त जेरी स्वारीले नी नभाँडने त होईन, तै पनि आफुलाई मन पर्या कुरोले भाँडेको। चित्त दुखाई थिएन। त्यही हेराई हो, अर्काले हेरे स्टेर देको भन्दै तात्थे काका, तरुनीले हेरे लल्याक लुलुक भएर साथी भाईलाई चिया ख्वाउँथे। त्यस्तै त होला नी। "टिपन राम्रो संग राख है" भनेको सुन्दा सुन्दा च्यात चुत पारेर काकाले चुरोट निभाको जसरी किचिदिम की जस्तो लाग्न थाली सकेको थ्यो मलाई। हाम्लाई थाह छैन, सामानको कसरी हिफाजत गर्नु पर्छ भनेर? अस्ति साँझ ट्वाकले देको चुरोट महादेवको फोटो पछाडी भित्तामा राखेको थिएँ। अघि बिहान हेर्दा पनि जस्ताको तस्तै थ्यो। त्यो देउताको फोटो परै बाट ढोग्थे, छेउछाउमा चलाउन कोही आउँदैन थ्यो। अनि हाम्लाई हिफाजतको पुराण सुनाउन खोजे पछी सुन्न मन लाग्छ त? त्यो फोटोमा म धुलो पर्नै दिन्न थें, बेला बेला आफै सफा गर्थें। भन्नलाई त घराँ यस्ले केही गर्दैन, भन्थे। गर्नु पर्ने कुरा त म गरी नै राथेँ नी। दुई ट्याम भात, खाजा खाईदेकै थिएँ। राती उनीहरुले मिलाईदेको ओछ्यानमा सुत्देकै थिएँ। उनीहरुलाई त के थियो र महिनामा एक चोटी फिस तिर्दीन्थे, झोला बोकेर स्कुल त मलाई जानु पर्थ्यो नी दिन दिनै, गएकै थिएँ। साथी भाई पनि राख्नै पर्यो। एक छिन फुर्सद हुँदैन थ्यो आफुलाई। भ्याई नभ्याई थियो, तै पनि घराँ "यो बेगारी पानी पनि आफै सारेर खाँदैन" भन्थे, अब घराँ गाग्रै थिएन, अनि के सार्नु त? भन्नेले जे भने पनि आफुले गर्नु पर्ने कुरा चैं रीत पुर्याएर गर्ने गर्या थिएँ। अनि लर्खरीदै - लरबरीदै होईन नी फेरी -- नागपोखरी पुगेको थिए, झुरुप्प मान्छे देखें। अब नहेरी हुन्थ्यो के त त्यो तमासा? भिडको बिचमा एउटा मान्छे डमरु प्याटाटाट प्याटाटाट पार्दो रे छ--के के हो फलाक्दो रे छ। छिटछिटो बोल्थ्यो उ। निक्कै हतार छ कि झै गर्थ्यो। फनफनी घुम्दो पनो रेछ भिड भित्र। भुईँमा अनेक थोक छरेको थ्यो -- एउटा पुरानो टिनको बाकस पनि खोल्या थ्यो--त्यसमा पनि के के हुन सामान थिए। यता बाट उता अनि उता बाट यता फलाक्दै हिन्दै गर्दा बिचाँ उस्ले छर्या (उसैले त छर्या होला नी) सामान तिर देखाउँदै गर्जियो – अब यस्लाई म मन्तरले भुईँ बाट उठाएर हावामा झुन्डाउँछु--अनि सर्प निस्किन्छ यसबाट हावामा अनि आकाशबाट गरुड एक्कासी आएर त्यो सर्प --- भन्दै टाउको झटकार्यो उस्ले। अब त्यहाँबाट त्यो तमासा नहेरी यता उती लाग्नु हुन्थ्यो के त? उस्ले त्यो भुईँबाट उठाएर हावामा झुण्डाउँछु अनि सर्प निस्किन्छ अनि गरुड आउँछ भन्या चिज तिर मैले हेरें। एउटा डल्लो थ्यो, ५ नम्बरको भकुण्डो भन्दा अलि ठुलो। त्यहाँ भित्र सर्प होला भनेर मैले निक्कै ध्यान सँग कति बेर हेरें। सर्प चल्मलाएको देखिन। यस्ले लट्ठ पारेर राख्या होला भन्ने ठाने, पर्खिए। त्यो मान्छे अनेक थरी कुरा गर्छ, कैले के किन भन्छ, कैले के भन्छ। डल्लो उडाउँदैन त। केही किन्नलाई त्यस्ले भन्नु पर्थ्यो ? के किन्ने हाम्लाई थाह नभाको कहाँ हो र? पैसा नभएर पो त। कत्ति बेर
Deep · Feb 15, 2011 1:39 PM · 53,240 views
hmmmm --- yo katha ho ya ganthan ?! katha pani sakinu ani hasda hasda pet pani dukhna suru hunu!!
miss_ me · Feb 22, 2011 9:13 AM
गजब छ प्रस्तुती पढियो .. अनी हासियो खित्कै छोडेर .. होइन तेत्रो डल्ला उदाउने मेला तमासा हुन्जेल नी बाङगे महाराज को सवारी किन नभा हो ?? ....... लौ न दीप प्रभो सप्रसँग व्याख्या गर्दिनु पर्‍यो ............ ठुलो आशा लिएर पर्खिदै छु ...........
popeye · Feb 22, 2011 10:56 AM
"अस्ति साँझ ट्वाकले देको चुरोट महादेवको फोटो पछाडी भित्तामा राखेको थिएँ। अघि बिहान हेर्दा पनि जस्ताको तस्तै थ्यो। त्यो देउताको फोटो परै बाट ढोग्थे, छेउछाउमा चलाउन कोही आउँदैन थ्यो। अनि हाम्लाई हिफाजतको पुराण सुनाउन खोजे पछी सुन्न मन लाग्छ त?" हाहाहाहाहाहाहाहा बिचरा दीप ब्रो लाई झन तेत्रो पीर पर्या बेला आफु चाँही खित्का छोडेर हासियो ! कत्ती रिस उठ्ने होला अब प्रत्येक शब्द दुई दुई किलो को छ हौ ! भन्न खोज्या कती वजनदार लेख्न सक्या त !
ritthe · Feb 22, 2011 12:32 PM
दिप प्रभो सार्है मिठो कथा सदा झै। धन्य होश प्रभो को!!
kanchho bhai · Feb 22, 2011 1:50 PM
अत्ति दामी .. कत्ती हेड्छौ है तिमी दीप जुता कति वटा फट्यो होला? तर अत्ति दामी ....
blurmirror · Feb 24, 2011 2:51 PM
मौका पारेर ब्यक्तिगत तहमा हार्दिक धन्यबादका पुष्प-पत्रहरु बर्षाम्ला भन्ने रहर थ्यो र छ पनि। रहरको एउटा गुण "नपुग्ने" पनि हुने हुँदा अहिलेको लागि साथीहरुले लेखाईको नाममा मैले जताततै छरेका शब्दहरुलाई संगेटेर एउटा प्रस्तुती सम्झिदीएकोमा आफ्ना समय यहाँ खर्चीने सबै प्रति हार्दिक आभार अर्पण गर्दैछु।
Deep · Feb 28, 2011 9:22 AM
hajur lai darsan gare, Oh deep without your writing, sajha is darker than closet, bed have one billions bed bugs, subway takes forever. where on earth are you stupid fellow. Remember, what make difference in Bange and Deep is Bange start with letter "a" (really) and deep is deep no matter what. On my dearest dump, on my beautiful blind, oh my restless 7 legged deep, oh dear god TAMASO MA JOTIR GAMAYA
sijupanta · Jul 30, 2011 11:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion