Ram ram, swasni manche nuhako photo khichera blog rey

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

haina photographer lai kalo moso dalnu parne hoina « फोटो हेर्नुस्, कविता लेख्‍नुस्     टोपीमाथि क्याप- हे राम-राम ! » शाली नदीमा स्नान By mysansar, on February 11th, 2011 पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म नेपालीहरु स्वस्थानी कथा पढ्ने गर्छन्। यही महिना राजधानीबाट १७ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन नगर साँखुमा रहेको शाली नदी किनारमा मेला लाग्छ। नदी किनारमा रहेको मन्दिरमा महिला तथा पुरुषहरु श्रीस्वस्थानीको पुजाआराधना गर्दै कठोर ब्रत बस्ने गर्दछन्। चीसो भए पनि नदीमा डुबुल्की लगाएर नुहाउने गर्छन्। बद्रीकुमार न्यौपानेले आज शाली नदीमा पुगेर खिचेका थप फोटोहरु हेर्न भित्र आउनुस्- एक महिनासम्म यहीँ बसेर ब्रत लिनेहरुको लागि नियम निकै कडा छ। ब्रतालुहरुले नुन खानु हुँदैन। दिनको एक छाक मात्र खानु पर्छ। खानामा रौ वा कोदो आएमा खाना खान छोड्नु पर्छ। खानामा भात, चिउरा, घिउ, चाकु, दुध, केराउ, सुन्तला, पालुङगो, मुला आदि खान हुन्छ। भिमा एकादशीको दिनमा भने फलफूल मात्र खान पाइन्छ। त्यसै गरी ब्रत अबधिभर जुता लाउन हुँदैन । जुता पशु र छाला छुनु हुँदैन। छोएमा जल चढाएर चोखो पार्ने गरिन्छ । टीका नलगाइकन पुजा पनि गर्न हुन्न । खुट्टा बाँधेर पनि बस्न पाइदैन । नियम पालना नगर्नेलाई कठोर सजाँय दिने ब्यबस्था छ । उसले सजाय स्वरुप धोती मात्र लाएर शाली नदी पारी बसेर शंख फुकेर बस्नु पर्ने हुन्छ। हात खुट्टा समाएर तीन पटक हल्लाएपछि शाली नदीमा फ्याकिदिनु पर्ने नियम पनि रहेको छ। एक महिनासम्म यहाँ मेला लाग्छ। विभिन्न सामानको व्यापार चम्किन्छ। यी त भए साथी बद्रीकुमार न्यौपानले खिचेका फोटो। केही अघि मैले खिचेका यहीँका फोटोहरु हेर्ने भए तल क्लिक गर्नुस्- भिसा नचाहिने देशको सिमानामा पुग्दा Last edited: 14-Feb-11 03:19 PM

grgDai · Feb 14, 2011 3:18 PM · 4,008 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all