भाग १ : 'अंकल, अंकल नेता भनेको को हो?' - बिवेकले हतारिदै एक सासमा सोध्यो। 'अ... नेता भनेको हाम्रो प्रतिनिधि हुन। तिनीहरुले हामीलाई बाटो देखाउछन। हामी सबैजाना मिलेर नेता छान्छौ।' - मैले बुझाए। ' किन र बाबु ?'- बिबेकको अस्वभाविक प्रश्न माथि मेरो प्रतिप्रश्न। " चोकमा मान्छे हरु भन्दै थे , कुन्नी कुन चै पो हो नेतालाई एक जानाले सबैको अगाडि झापाड हानेछ। ' उ बोल्दै गयो - 'नेता जस्तो हाम्रो प्रतिनिधिलाई पनि झापाड हान्न हुन्छ त अंकल ? ' ' तेस्ता बदमाशहरुलाई त पिट्नै पर्छ बाबु। हामी सँग एउटा कुरा गर्छन्, काम चै अर्कै गर्छन्। हाम्रो रगत चुस्न पल्केका परजिबी हरु। ठीक्क गरेछ त्यो मान्छेले । ' - मेरो आबेश भरिएको तर स्वाभाबिक जवाफ। 'अनी त्यस्तो बदमाशलाई किन नेता बनाएको त अंकल ? '- बिबेक को निर्दोश प्रश्न। ...................... ...................... 'किन चाहियो तलाई ? जा , खुरुक्क होमवोर्क गर।'- म पन्छिए। बिबेक ठुस्किदै उसको स्टडी रूम तिर लाग्यो। तर, मलाई भने उसको निर्दोश प्रश्न ले पोली रह्यो : साच्चै, हामीले तेस्ता बदमाशलाई नेता चै किन बनाएको होला। भाग २: आज स्कुलबाट फर्किनु बितिकै बिबेक मेरो कोठामा पस्यो। म उसको मनमा उर्लेका प्रश्नहरुको भेल उसको अनुहारमा स्पस्ट पढ्न सक्थे। 'अ , भन के भयो ?' मैले सोधे. 'अंकल अंकल, प्रधानमन्त्री भनेको को हो ?'- उसले सोध्यो। 'प्रधानमन्त्री भनेको देशको सबै भन्दा ठुलो मान्छे हुन। उनैले देश चलाऊछन। किन र बाबु ?' मेरो प्रश्न। 'अघी, चोकमा मान्छे हरु भन्दै थे ...।' 'के भन्दै थे ?' 'त्यो अस्ती झापाड खाने नेता छ नि , त्यो त प्रधानमन्त्री पो भएछ। हो , अंकल?' 'हो क्यारे' - म पंन्छीन खोज्दै थिए। 'अनी त्यस्तो झापाड खाने नेता कसरी देशको प्रधानमन्त्री बन्न सक्छ अंकल ?' बिबेक को खरो प्रश्न। 'खै! कसरी भन्ने अब, यस्तै छ हाम्रो देश को हालत।' मेरो जवाफले उसको चित्त बुझेन। उ भन्दै थियो: धत! एस्तो पनि हुन्छ, काही ? .............. ............... भाग ३: नेपथ्यमा कसैको आवाज सुने। बिबेक रहेछ।उ आफ्नो भाईलाई भन्दै थियो : 'बुझिस केटा, हाम्रो देशमा ठुलो मान्छे बन्नलाई अरु हरु को झापाड खाने गरी बदमाशी गर्नुपर्ने रहेछ।'
Pashupatidev · Feb 11, 2011 4:51 AM · 15,827 views
हाम्रो नयाँ नेपालको राम्रो चित्रण गर्नु भएको छ pashupatidev... Last edited: 11-Feb-11 03:29 PM
Hasaune Paree · Feb 11, 2011 8:31 AM
अझै सान्दार्भिक रहेछ यो लघुकथा
ThahaChaena · Jun 27, 2016 12:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion