“ल बधाई छ तलाई, त पास भईछेस” उसले सोनियालाई फोनमा भनि। “हो र!, कसरी? रिज्लट आउट भयो र?” सोनिया आखाँ मिच्दै जुरुक्क उठी “तँ लाई सुत्न देखी बाहेक के आउँछ र! हिजो राति नै आएको नि” “तर, मलाई” सोनिया भन्दै थिई (उसले बीचमा सोनियाको कुरा काटी) “ल मलाई बेलुका ७ बजे Bakery Café मा भेट, मेरो balance सकिन् लागयो” यति भन्दै उसले फोन राखी दिई साथीहरु उस्लाई “Information Box” भन्थे, उसलाई हरेक कुरा थाहा हुन्थियो। सम्पदा साथीभाई माझ निकै परिचित थिई। भनिन्छ नि,“कि पढ्न जान्ने हुनु कि होहल्ला गर्ने” यी दुईलाई सबैले चिन्छन रे, सम्पदा होहल्ला गर्ने category मा पर्थी, निडर थिई अनि frank पनि। सोनिया र सम्पदा Bachelor’s देखिका साथी थिए र अहिले सगैं Masters गर्दै। “समु, कहाँ छेस?” सोनियाले फोनमा रिसाउदै भनि “म आईहाले ल, दुई मिनेट”, सम्पदाले कुरा सकि “ल छिटो गर, म बोर भईसके”, सोनियाले फोन राखीँ सम्पदा सोनियालाई देखेर हास्दैँ Bakery Café भित्र छिरि र सोनियालाई hug गरि। “सरि है लेट भयो, म राज लाई फोन गर्दै थिए ढिला भइहाल्यो” सम्पदाले मुस्काउदै कुरा खोलि “त र तेरो राज! नसकिने बाबा, जति बोले पनि नअगाउने” सोनियाले आफूलाई ३० मिनेट कुराएको पीडा निकाल्दै भनि, “अरुलाई कुराएर राख्न खुब मज्जा आउँछ है तलाई” “नरिसा न सोनी Darling, ऊ म भन्दा टाढा छ, long distance relationship you know it यार, अलिकति बढी attention दिनै पर्यो नि, otherwise how will relationship work भन त?” सम्पदाले बुझकि झैं भनि “फोन पनि उठाएन, कस्तो bore भयो।“ “ल ल अब केहि खाउँ, भोक लागिरहेको छ” सोनियाले मेनु हेर्दै भनि C-Momo को order सगैँ उनीहरु गफ गर्न तिर लागे। ...................................................................................................................................................... रातको १२ बजिसकेको थियो, सम्पदा keyboard बाट आफ्ना feelings हरु राजलाई email गरिरहेकि थिई। यो त उस्को बानी नै भईसकेको थियो। राज अमेरिका गएको १ बर्ष पुग्न लागिसकेको थियो र सम्पदाको e-feelings हरु। समय कति चाडो वित्छ है, हिजो राजलाई विदा गरेको जस्तो लाग्छ, ऊ सोच्दै थिई। त्यतिकैमा उसको face book chat box मा आवाज आयो Raj: “Good Morning” Sam : “Hey” Raj: “I got your msg, Congrats for passing 1st yr” Sam: “Thank you so much Raj, wish you were here to hug me” Raj: “Don’t worry, will be there soon. I am coming on December.” Sam: “Really?” Raj: “Yup, I purchased the ticket few mins ago.” Sam: “Oh Raj, you don’t know how much I am excited to hear this. After 5 months I can meet you, hug you. You will be with me sharing and relishing moments together. I really miss you” Raj: “Same here Babe, I miss you a lot. Love you” Sam: “:D” Raj: “Ok Sammy will talk to you soon, I need to go now as I have class to attend” Sam: “Ok see you soon” Raj: “Bye” Raj appears offline सम्पदा निकै मख्ख देखिन्थिई। राजको भिसा लागेको दिन उ रातभरि सुत्न सकेकी थिईन, राज विना म कसरी बस्नुहोला भनेर ऊ मनका ती तीता भावनालाई आसुँका थोपा बनाएर बगाईरहेकी थिई। फेरि long distance relationship perform गर्न एकदम गार्हो हुन्छ भन्ने पनि उसलाई राम्रो सगँ थाहा थियो। तर अब ५ महिना त हो, ऊ निकै हर्षित हुदै सुत्ने तरखर गर्न लागी। उसले आखाँ बन्द गरि तर ऊ निदाउन सकिन्, कोलटे फेर्दै सुत्ने प्रयास गरि तर उसका आखाँ निदाउने पक्षमा थिएन्न। हरे, यो माया भन्ने चीज पनि कस्तो होला, प्रियसीको यादमा डुब्न पाउँदा न निन्द्रा लाग्छ न भोक, यति भन्दै ऊ उठेर facebook मा राजको फोटो हेर्न थाली। सम्पदाको र राजको भेट रजनीको विवाहामा भएको थियो। रजनी, सम्पदाको मामाकी छोरी। बेहुला बेहुलीको जुवा खेल्ने (सुपाडी, जनै आदि राखेर खेलिने खेल) बेलामा कपडा समातेर आमने सामने उभिदा यी दुईका आखाँ धेरै चोटि जुधेका थिए, हामी जीत छौ भन्दै एक अर्कासगँ भनाभन् पनि गरेका थिए। पछि कपडा तान्ने सुरमा सम्पदा कपडासगैँ हुतिएर राजको अंगालोमा पुगेकी थिई, विचरा रजनी सम्पदाको हुत्ताईसगँ ऊ पनि हुतेकी थिई। बडो रोमान्टीक शुरुवात थियो राज र सम्पदाको, पछि राज र सम्पदाको माया internet बाट नै फस्टाएको थियो। राजले सम्पदालाई रजनिको फेसबुकबाट add गरेको थियो र सम्पदाले पनि खुसीसाथ स्वीकारेकी थिई, यी बीचमा दैनिक chatting हुन थाल्यो त्यसपछि। एकले अर्कालाई जान्न थाले, धेरै विषयमा गफगाफ गर्न थाले, Internet बाहेकको पनि दुनिया छ भन्ने कुरा यिनिहरुले विर्सिए। मोबाईल भेटे मोबाईल, computer भेटे computer, यिनिहरुको chat ले निरन्तरता पाईरह्यो, न loadshedding ले छेक्यो न अरु केहिले। रजनिको घर जादाँ राज पनि त्यहि पुगेको हुन्थियो अनि तेतैबाट Dating जान्थे। रजनिलाई सबै भनेकी थिई सम्पदाले, त्यसैले उसको घर जाने बाहाना पारेर dating जान्थी। सायद माया यस्तै हुदो रहेछ क्यारे, मीठो आभाष गराउने। हिजो सम्मको अन्जान व्यक्ति, आज आफ्नै बनि दिने। अनि त्यहि व्यक्तिसगँ सबै कुरा भन्न मन लाग्ने। .................................................................................................................................................. सोनियाको विवाहा हुने भयो। अमेरीकाको केटो, शुसील, राम्रो, भलादमी यस्तै भन्दै थिए आईमाईहरु। सम्पदा पनि खुसीले गदगद थिई। सोनियाको विवाहासम्म उसैको घर गएर बसि, सोनिया खुसी भई। “अब तँ पनि मलाई छोडेर जाने भइस है” सम्पदाले नरमाईलो मान्दै भनि “पीर नगर, मलाई त खुसी लागेको छ। राजसगँ तेरो विवाहा भएपछि तँ र म सगैँ हुन्छौ, बरु यहि December मै त पनि विहे गरिहाल” सोनियाले भनि सम्पदा लाज मान्दै मुसुमुसु हासीँ “त कहिले जाने अमेरिका?” सम्पदाले फेरि सोधि “एक हप्तामा interview छ, visa लाग्यो भने उहाँ सगै जान्छु।“ सोनिया अलिक लाज मान्दै भनि सोनियाको arrange marriage थियो। सोनियाको विवाहाले सम्पदाको पहिलो सुरुवाति प्रेमलाई फेरि कोट्यायो, त्यो आखाँ जुदाई, त्यो हासोँ, त्यो हुत्ताई, अनि त्यो न्यानो अंगालो। सम्पदाको आखाँ भरिएर आयो, मुटुमा च्वास्स काडा बिजे जस्तो घोच्यो, आज सबै यादहरु भएपनि राज ऊ बाट टाढा थियो र यहि दूरीले सम्पदालाई भावविहल बनाएको थियो। सोनियाको visa लाग्यो र ऊ December १५ मा उडने भई, सोहि दिन राज अमेरिकाबाट नेपालको लागि उडने........................ Thank you for giving your time and reading it to be continued.... Last edited: 12-Feb-11 09:43 AM
damayanti · Feb 10, 2011 12:47 PM · 33,281 views
काम मै भएपनी साझा म कथा आएपची चै कोसैले रोक्न सक्ने भएन हौ । लौ निकै खुशी लाग्यो धेरै पछी दमायान्ती को कथा पढ्न पौदा । अर्को भाग को प्रतिच्या मा बस्नेछु दमायान्ती ।
boulevard dreams · Feb 10, 2011 1:04 PM
wow.. कस्तो सरल र रोमान्चक. सार्है मन पर्यो. अरु यस्तै रमाइला कथा को प्रतिक्षामा.
perfectionist · Feb 10, 2011 1:13 PM
kasto ramailo katha. ajha baki lekhnus hola pakkai pani :D
Aviatorchick · Feb 10, 2011 3:05 PM
सकेको हो र भन्या कथा छैन जस्तो छ - थपुँ थपुँ मलाई त खुब मन पर्‍यो है
serial · Feb 10, 2011 3:18 PM
more pleach
liberty gal · Feb 10, 2011 11:14 PM
धन्यवाद boulevard dreams, perfectionist, Aviatorchick, serial and liberty gal. Here comes 2nd part: राजको आग्मनले सम्पदाको खुट्टा भुईमा थिएन। जसरी श्रीकृष्णले वासुरी बजाउँदा राधा सारा संसार भुलेर छमछम नाच्थिईन, त्यसरीनै राजलाई भेटेपछि सम्पदाले अरु सबैलाई भुलिदिई, मानौ राज देखि वाहेक केही छैन् जस्तो। सम्पदाको बोलीमा गीत गुन्जीए जस्तो, मुहारमा तारा चम्किएको जस्तो अनि हासोँमा दीपकको प्रकाश भए जस्तो देखिन्थयो। स्वाभिकनै थियो, आफूले माया गरेको व्यक्ति, लामो विछोडपछिको त्यो मिलन। सम्पदाको यो भित्रि सुन्दरता देखेर राज मख्ख नपर्ने त कुरै आउँदैन थियो। शुरु भयो फेरि, “तिमी मेरो म तिम्रो, माया चोखो छ हाम्रो जुनी जुनीलाई”। यो भेटले यिनिहरुको माया झनझन प्रगाढ बन्दै गयो र आउँदो मंसीरमा लगनगाठोमा बाधिने निर्णय पनि गरे। खुसीको क्षणमा समय वितेको पत्तो नै हुदैन, राजको जाने दिन पनि आयो र फेरि केही समयलाई संसार अन्धकार हुने भयो। राज गएपछि सम्पदा मुरछाएकी फूल झैं भई, फेरि उसलाई Internet प्यारो लाग्न थाल्यो। अचम्म, राज हुदाँसम्म उसलाई एकदिनपनि Internet याद आएन। उसले सोनियालाई पनि निकै मीस गरि। सम्पदा कलेज नगएको १ हप्ता भएकोले रमेश, श्रीजना, नबिना, राकेश उसलाई भेट्न आए। “हामी चै तँ विमारी भईस्की भनेर भेट्न आको” नबिनाले भनि “ छेन यार, राज गएपछि कलेज आउँनै मन लागेको छैन, त्यसैले न आको” सम्पदाले निराश हुदै भनि “ अनि खबर गर्नु पर्छ नि, बेकार तलाई flowers र dry fruits ल्याईदेको” राकेशले ठ्ट्टा गर्दै भन्यो यो कुरामा सम्पदाले हाँस्दै भनि “साले, मुटु दुखनु नै विरामी हुनु हो नि। यो त ठुलो रोग हो नि,” “ हाम्रो 2nd yr को routine out भयो, केही बन्दाबन्दी भएन भनि समयमै जाचँ हुन्छ” श्रीजनाले चिन्तीत हुदै भनि “हो र, वित्यास पर्ने भएछ नि त उसो भए!, पढेको केहि छेन” सम्पदाले मुख खुम्च्याउदै भनि यसरी सम्पदा जाचँको त्यारीमा लागी। Masters सकाएर राजसगँ घरजम गरेर बस्ने उसको सपना थियो। राज र सम्पदाको च्याटमा त्यति भेट हुन छोड्यो तर ईमेल भने हुन्थियो। राज पनि आफ्नो लास्ट semester मा व्यस्त भयो। .................................................................................................................................................. सम्पदाको मोवाईलमा घण्टी आयो, नम्बर थिएन “ म तिमीलाई नै सम्झि रहेको थिए राज” सम्पदाले फोन उठाएर यसो भनि “ तँ त बदलिएकी रहिन्छेस, अमेरिकामा राजमात्र बस्छ?” सोनियाले ठट्टा गर्दै भनि “सोनी, मेरी जान के छ यार?” “ठीक छु, नँया ठाउँमा बोर लागिरहेको छ” सोनियाले दु:खी हुदै भनि “ tension न लि न, म आउँछु अनि मस्ति गर्नु पर्छ। ए सुन त, मैले पनि मंसीरमा विहे गर्ने भएनि, तलाई अहिले देखि निम्ता है, हा हा” सम्पदाले खुसी हुदै भनि “हो र ल ल, ए guess what?” सोनियाले कुरा सम्झिदै भनि “के?” सम्पदा clueless भई “राज र म बस्ने apartment एउटै, मलाई त कस्तो खुसी लाग्यो। आको कति भईसक्दापनि आज बल्ल थाहा भयो हेर न, कस्तो busy होला त लाईफ” सोनियाले हर्षित हुदै कुरा राखी “हो र, ल यार क्या खुसी लाग्यो मलाई, ल मेरो राजको पनि care गर है, ढुक्क भए म अब” सम्पदाले हास्दै भनि यिनिहरु बीच लामो कुरा भयो,फोन राखे पछि सम्पदा मख्ख परि, “भने पछि राजसगैँ सोनिया पनि म सगैं हुने भई, विवाहा पछि लाईफ रमाईलो हुने भयो, मेरो दुवै हातमा लड्डू Lucky me” भन्दै सम्पदा पढ्न तिर लागी। ..................................................................................................................................................... जाचँ भरि सम्पदाले राजलाई दिनदिनै ई-मेल गर्न पाईन्। यो जाचँमा पास हुनु नै उसको लक्ष्य रहेको थियो, यो जाचँपछि उसले आफ्नो उज्जवल भविष्य देखेकी थिई, त्यसैले लागि परेर पढेकी थिई। १ महिनाको अन्तराल पछि उसले पढाईबाट मुक्ति पाई, अब मात्र thesis लेख्ने काम थियो। जाचँ सकिने वितिकै सम्पदा घर गएर Internet चलाउन थाली। राजको कति धेरै ई-मेल आएको रहेछ। उसले एकएक गर्दै पढ्न थाली, राजले उसलाई Valentine Day को e-cards सहित आफ्नो विछोडको बहपनि लेखेको रहेछ। अझ एउटा ई-मेलमा त “I love you so much and I miss you” मात्र लेखेको रहेछ। कुनै ई-मेल त २-२ मिनेटमा फरकमा लेखिएको रहेछ। सम्पदाले बल्ल बल्ल ई-मेल पढेर सकि, राजको feelings हरुले उसलाई खुसी त बनायो तर राजको ई-मेलमा पटक पटक लेखिएको स्वातीको नामले उ निकै दु:खी भई। क्रमश Last edited: 12-Feb-11 09:43 AM
damayanti · Feb 11, 2011 2:26 PM
को हो फेरी स्वाती भन्ने कथा ले अर्कै मोड लियो जस्तो छ - एकदमी इन्टेरिस्टिङ भइराछ - लेखम लेखम - अली छिटो छिटो टाईप हानम
serial · Feb 11, 2011 2:39 PM
हरे शिव फेरी यो काहानी म कहाँ बाट तुएिस्त आयो स्वती भन्ने । मलाई सन्का त पैलाई लगेको थियो केइ न केइ होल भनेर तर सोछेको थिएन दमायान्ती ले एस्तो त्रिकोदत्मक कथा लेख्नु हुन्छ होल भनेर तर ठिकै छ अजै रोचक हुँदै छ । हेरौ कुन मोद लिनेछ । good job :-) Have a good weekend. bd
boulevard dreams · Feb 11, 2011 3:55 PM
Happy Friday !! damayanti I was like who the hell is Swati?? Anyways hope to read next part on monday..
Mukurdhom · Feb 11, 2011 4:41 PM
Nice one!! Jawos ajha jawos
baalai vayena · Feb 11, 2011 5:01 PM
हेत्तेरी "स्वाती" कबाब मा हद्दी त होइन more pleach
liberty gal · Feb 12, 2011 3:27 PM
मेरो कथा पढ्नु हुने र comment दिदैं मलाई हौसला प्रदान गर्नु हुने मित्रवर्गहरुमा म आभारी छु। चाडैं अर्को भागमा हजुरहरुको जवाफ लिएर उपस्थित हुने छु till than be safe and enjoy -दमाइन्ती
damayanti · Feb 12, 2011 8:17 PM
अर्को भाग आएछ भनेर दौडेर आएको त होइन रहेछ !!!
bhakte dai · Feb 12, 2011 11:33 PM
Last part: “स्वाती” सम्पदाको मन- मस्तिकमा यहि नाम बारम्बार गुन्जी रह्यो। Masters को अन्तिम दिन भएकोले साथीभाईको get together थियो, सम्पदा उपस्थित त भई तर “स्वाती” उसको दिमाखबाट हट्नै सकेन्। साथीभाईले के भयो भनेर उसलाई पटक पटक सोधिरहे, सम्पदा एकोरीरही। घर पुगेर ऊ राजका ई-मेलहरु राम्रोसगँ पढ्न थाली। राजले १ हप्ता देखि स्वातीका कुरा गर्न थालेको रहेछ। “I met Swathi today, she is very nice person to deal with and you know what, like Soniya she lives in same apartment” “Swathi is so helpful, I cannot help myself so I invite her for dinner” “Swathi planned surprise party for Soniya and Ritesh (Soniya’s husband) in Valentine's Day, I appreciate her so much for the way she is” यस्तै यस्तै कुराहरु थिए। सस्पदाले facebook खोली, झटपट गर्दै राजको friend list मा Swathi टाईप गरि र Swathi Subedi भन्ने नाम भेटि। Swathi Subedi मा क्लिक गरि र उसको प्रोफाईल हेर्न थाली। Swathi को प्रोफाईलमा Privacy नभएकोले उसले सबै हेर्न मिल्यो। सम्पदाले चाम्लबाट कनिका निफनेको जस्तै गरि स्वातीका एकएक जानकारी निफन्दै गई। Google को सहाराले धेरै कुरा पत्ता लगाई पनि। स्वातीका बुवाआमा २० वर्ष अगाडि अमेरिका गएका रहेछन्, त्यो बेला स्वाती मात्र ५ वर्षकि रहिछे। स्वातीलाई नेपाली बोल्न नआउँने रहेछ (उसको facebook video बाट सम्पदाले थाहा पाई), स्वातीले लगाएका लुगाहरु देखेर स्मपदाले कति पटक जीब्रो टोकी। “केटीले छोटा लुगा लगाएर हाई भने पछि त्यो केटी hot हुन्छे, केटा मान्छेको जात न हो” सम्पदा रीसले चुरचुर हुदैं भुत्भुताई, आफू राजबाट टाढा भएकोले ऊ रुन थाली, केटाहरुसगँ feelings नै हुदैन्, जहाँ राम्री केटी देख्यो त्यही मख्ख पर्छन्, सम्पदा रिसले बम भई। यो उसको राज प्रतिको माया थियो वा स्वातीले उबजाएको डर, तर सम्पदालाई राज र स्वातीको यो सम्बन्ध मनपरेको थिएन, पटक्कै मन परेको थिएन। त्यतिकैमा राज online आयो। सम्पदाले राजलाई देखेर बोल्नै नपरे हुन्थियो जस्तो गरि, स्वभाभिकनै थियो, उसको मुटु पोलिरहेको थियो। Raj: “Hey Sammy” Sam: “Hi” Raj: “so finally you completed your exams? Take rest” Sam: “just came from get together, final day with friends” Raj: “Oh, that’s great! Friday is always best time to celebrate” Sam: “What are you doing?” Raj: “Soniya invited for dinner to us. So, I am waiting for Swathi, we plan to gift Soniya” फेरि स्वाती, आज सम्म राजका यतिका पार्टी भए त्यति बेला कोहि स्वाती आएन्न। सम्पदालाई सार्हो रीस उठ्यो। Sam: “Well, I don’t think Soniya needs gift, she has enough” Raj: “why not? She is organizing the party” Sam: “How about your studies” (Sampada ले topic चेन्ज गरि) Raj: “going on, soon the semester will end and I will have summer break. Wish we were together, but guess what?” Sam: “what” (सम्पदाको मुटुको ढुक्ढुकी बढ्यो) Raj: “we are planning to move Florida for a week. Swathi will organize the place to stay, I will enjoy to fullest” Sam: “you mean you and swathi….” (सम्पदा doubtful भई) Raj: “me, swathi, soniya’s family. We became so close with each other, soniya too is very pleasing” Sam: “Oh, I see” Raj: “Ok Sammy will catch you later, swathi arrived. We are moving to gift shop. Love you sweetheart” (सम्पदाले bye भन्न नपाउँदै) Raj appears offline त्यो सोनियालाई पनि त्यहि बस्नु पर्ने, अनि हप्तै पिछे पार्टी रे! खूबै जान्ने हुनु पर्ने त्यसलाई। स्मपदाको आखाँ रिसले बलेको थियो। आफूले माया गर्ने व्यक्तिले अरुको प्रशंसा गर्दा साचिक्कै मन निराश हुदोरहेछ, सम्पदाको यो व्यहोरा देखेर राम्रो सगँ प्रस्ट हुन्थियो। सम्पदाले आफूलाई धेरै पटक सम्झाउँन खोजी, तर उसको मन निराश नै भयो। स्वाती त उसको दुश्मन नै भई। उसको नाम सुन्ने बितिक्कै ऊ क्रोधले बघिनि जस्तै हुन थाली। “जहाँ माया, त्यँहा जलन”, सम्पदा भित्र भित्रै जलिरहेकी थिई। ...................................................................................................................................................... राजको अन्तिम semester भएकोले ऊ व्यस्त हुन थाल्यो। राजलाई अन्लाईन भेट्न हुरुक्क हुने सम्पदा बद्लिदै थिई, उस्को हासोँ स्वातीमा सरेको जस्तो भान हुन्थियो उसलाई। “मलाई रुवाएर त्यसको केही भलो हुदैन्, केटीको शत्रु केटी नै हुन्छन्” यस्तै कुरा भन्दै ऊ धरधरि रुन थिई। स्वातीका facebook मा फोटो अपडेट हुन्थे, राज भन्दा पनि सम्पदा स्वातीको फेसबुकमा बढि समय बिताउँतथिई। Long distance relationship मा सानो कुराले पनि असर गर्ने रहेछ। मायामा कति कुरा मुखले भन्दा आखाँले बोलिन्छन्, तर e-relationship मा ती भाव नभेटिने रहेछन्। कुनै बोली मीठा बोल्दापनि तीतो सुनिने रहेछ, त्यसैले होला e-relationship कठिन भएको। सम्पदा र राजको पातलिदो भेटले कुराहरु अधुरा हुन् थाले, भनेको कुरा व्यक्त हुन् नपाउँदा relationship मा gap हुन् थाल्यो, यिनिहरुको माया साधारण हुदैं गयो र चलिरह्यो। सम्पदा काम गर्न थाली र ऊ काम मै आफूलाई प्राय व्यस्त राख्न थाली, राज र सम्पदाको ई-मेल र च्याट दिन दिनैबाट घटेर हप्तामा सिमित रह्यो। माया त थियो तर यी दुईका दुनियाँ अलग हुन् थाले। सम्पदा काममा रमाउँन थाली र राज आफ्नो पढाईमा। पढाईपछि राजले PhD को लागि apply गर्यो, उसले सोही University मा admissionका साथ funding पायो। ...................................................................................................................................................... समयको डुबुल्की मार्दै December पनि आयो, राज आउँने भयो, साथमा स्वाती पनि। सम्पदाको मायाले चोट पाएको थियो, ऊ पहिलाको झैं खुसी थिईन्। सायद राजले भन्नु अगाडि नै म उसलाई भन्छु, उसले निर्णय गरि। राज र सम्पदा भेट्ने भए त्यहि Bakery Café मा “हेल्लो Sammy”, राजले सम्पदालाई hug गर्यो। (राजको यो tight hug ले सम्पदामा फेरि त्यो माया बिउँझियो, ऊ राजको यो hug सगैँ भुलि र बाधिँ रही) पछाडिबाट आवाज आयो, “Ahem Ahem” “स्वाती” राजको मुखबाट बोली निस्कीयो। सम्पदाको मनमा चीसो पस्यो। म स्वाती हैन राज, यसो भन्दै ऊ राजको अंगालोबाट छुट्टी। “सम्पदा ऊ स्वाती, स्वाती ऊ सम्पदा” राजले चिनायो। स्वाती वास्तवमै राम्री रहिछे अग्ली, ठूला ठूला आखाँ अनि त्यो मुहारको हासोँ तर के गर्नु। “हामी पो भेट्ने कुरा थियो राज तिमीले स्वातिलाई”, सम्पदाले रिसाउदै भनि “मलाई तिमीसगँ केही भन्नु छ राज” सम्पदाले स्वातीलाई हेरेर भनि “पखँ म केहि भन्छु” राज आफ्नो कुरा अगि बढाउँन तम्सियो “Nope, म पैला के भन्ने” स्वातीले दुवैका कुरा काटी “राज भुजु मुनपर्यो मलाई” “भुजु हैन् भाउँजु हो झल्लु” राजले हास्दैँ टिप्पणी गर्यो स्वातीले फेरि भनि, “राजले मुलाई नेपाल देखाउँन ल्यायो, नेपाली उसले सिकायो, भन्छ नेपालमा English बोल्नु पाइदेन, राज राम्रु मान्छे हो मेरु राज दाई” सम्पदा अक्कमक्क परि। “मेरो वहिनी थिएन्, त्यसैले स्वातीलाई बनाए। बडो मज्जा कि छे” राजले फेरि भन्यो “Sammy मुलाई नेपाल घुमाउँने?” स्वातीले सोधि “म Tourism year को लागि आयाको” (Due to some problem, I cannot post more than this, please see below for complete story) Last edited: 13-Feb-11 08:30 PM
damayanti · Feb 13, 2011 7:29 PM
keti haru essai sankaa garchan bhanyaaa, bhanne yo kathaa bata prasta bho... kasto majjaa ko ending... ani saath saathai long-distance-relationship ma estai huni recha.. jatti chitto kuro sultaayo uti chito raamro huncha bhanera bhaneko chaai maile sunyaa... saarhai raamro prastuti... arko kathaako pratikshyaa ma...
perfectionist · Feb 13, 2011 8:03 PM
हरी सिव, दमायान्ती नाम सुन्द त तपाईं नि महिलआ नै हुनुहुन्छ जस्तो लाग्यो मलाई । तर महिलआ नै भएर पनि तपाईंले चै महिलआ ले धेरै सोच्चन भनेर चै बुज्नु भएको रहेछ , शायद सन्योग नै हुनु पर्छ मेरो जीवन म पनि शायद यस्तै यस्तै बदी सोच्ने भएकोले सम्बन्ध अगाडि बद्न सकेन । जती नै कोशीस गर्दआ पनि केही हुन सकेन तेसैले आन्त्यमा हार नै खाएर छुट्टीनु पर्‍यो । खैर मेरो कुर छोडुम, कथा एकदमऐ राम्रो लाग्यो , महिला र पुरुष दुबइको जीवन म मिल्ने । तेसैले शायद विश्वाश नै सबै कुर रहेछ सम्बन्ध मा ।
boulevard dreams · Feb 13, 2011 8:08 PM
सम्पदाका आसुँ र हासोँ दुवै एकैचोटि निस्किए। उसले के के मात्र सोचेकी थिई, कति पटक स्वातीलाई सरापेकी पनि थिई र राजको मायामाथि शंका गरेकि थिई। उसले राज र स्वातीको अंगालो, हासोँ र नजिकता देखेकी थिई। फेरि उसले राजलाई स्वाती को हो भनेर कहिले पनि त सोधिन् र आफै कथाहरु बुन्न थाली। राजले उसलाई विश्वास घात गर्यो भन्ने लागेर ऊ आफै तरकेकि थिई। उसलाई आफू प्रति लाज लाग्यो, आफ्नो सोचले निम्त्याएको कहालि लाग्दो समय देखेर ऊ डराएकी थिई , रोएकी थिई। ऊ निकै लज्जित भएर भन्न थाली, मलाई माफ गरिदेऊ राज, I am really sorry Swathi भन्दै उसले स्वातीलाई अंकमाल गरि। राज र सम्पदाको विवाहा हुने भयो। स्वाती पनि नेपालको प्रकृतिमा हराई। कोर्टमा विवाहा दर्ता गरेर सम्पदाले भिसालाई अपलाई गरि, भिसा लाग्यो। अरु त के बाकीँ थियो र! सम्पदाले ईश्वरलाई मन देखिनै सम्झि, राज र आफूलाई एक बनाईदिएकोमा, सम्पदाको शंकाले कुरा विग्रिन पनि सक्थियो। दुलही घर भित्राउँने बेला स्वातीले दैलो छेकी अनि टुटे फुटेका नेपालीले सबैलाई गलल हँसाई दिई। सम्पदाले विग्तका कुरा सम्झेर, आफ्नै हातले आफ्नो टाउँकोमा हान्दै मुसुमुसु हास्दैँ घर भित्र छिरि। The End Thank you Happy Valentine's Day Last edited: 13-Feb-11 08:33 PM
damayanti · Feb 13, 2011 8:29 PM
very nice ending, liked it
Hasaune Paree · Feb 14, 2011 11:08 AM
रमाईलो कथा ....पुरानो भनेर के र यसको सार्थकता अझै मरेको छैन .... Rudrey Last edited: 22-Jan-15 01:24 PM
Rudramati · Jan 22, 2015 1:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion