सोलारबाट गुड्ने कार बनाएर देशव्यापी चर्चा कमाएका बागलुङका युवा बैज्ञानिक कुशल के.सीले हावाबाट गुड्ने कार बनाएका छन: महेशकुमार खाती http://dainikee.com/newsdetail... माघ, पोखरा सोलारबाट गुड्ने कार बनाएर देशव्यापी चर्चा कमाएका बागलुङका युवा बैज्ञानिक कुशल के.सीले हावाबाट गुड्ने कार बनाएका छन् । जम्मा नौ दिनमा हावाबाट गुड्ने कारको नमुना बनाइ के.सीले परिक्षण गरेका हुन् । 'हावा दिदा गुड्ने कार विश्वकै पहिलो हो' बागलुङ बिनामारे ७ का १७ बर्षो कुशलले भने- 'छोटो समयमा धेरै मेहनत गरेर परिक्षण सफल गराउन सकें' । कारलाई यहि माघ २४ गते त्रिभुवन बिश्वबिद्यालयमा र्सार्वनिक गरीने छ । त्यसैगरी फागुन १ र २ गते हृवाइट हाउस कलेजमा आयोजना हुने हिमालयन साइन्स फेयर २०११ मा पर्रदर्शन हुने बताइएको छ । सो कारको नाम 'कुशल एयर कार' राखेका कुशलले अघिल्लो बर्षनिर्माण गरेको सोलार कारको नाम भने कुशल सोलार कार राखेका छन् । इन्धनबाट भन्दा वातावरणिय लगायतका महत्वले पनि हावाबाट चल्ने कार भविष्यका लागि आवश्यक हुने उनले बताए । काठमाण्डौको नासा इन्टरनेसनल कलेज कक्षा ११ बिज्ञान संकायमा अध्ययनरत कुशलले जाडो बिदाको समयलाइ सदुपयोग गरी कारको नमुना बनाएर सफल परिक्षण गरेको बताए। काठ, बल्ब बेरिङ, प्लाष्टिक मिलाएर हावाको र्टवाइन दिएको सुनाए। 'कार्बनडाइअक्साइड भएको सिलिन्डर प्रयोग गरेर हावा दिदां कार चल्यो ।' कुशलले फोन वार्तामा भने- यसमा डाइनामो, इन्जिन र अन्य व्याट्री केहि पनि छैन, हावा दिंदा गुडिहाल्छ ।' चाहेको गतिमा चलाउन हावा बढाए पग्ने उनले बताए । 'दिनमा करिव १५ घण्टा भन्दा बढि समय लगाएर नौ दिनमा आमा बावाको अघि कार परिक्षण गराएको हु।' कुशलले भने- 'हावाले गुड्ने कार हुन्छ जस्तो लागेको थिएन, चारपटकको प्रयासपछि सफल भएं ।' नमुना कार निर्माण गर्न कलेजले सहयोग गरेको उनले बताए । जम्मा १८ हजार खर्च लागेको उनले सुनाए । कलेजको सहयोमा करिव कार कार्टुन काठ, प्लाष्टिक र लुगा सुकाउने तारको चक्काबाट बनाइएको उनले सुनाए । अध्ययन गरेको कलेजको सहयोगमा बनाएको सो कारको नमुनालाइ कारको रुप दिएमा २ जनाले सजिलै यात्रा गर्न सकिने समेत बताए । 'कुशल एयर कार' नाम दिएको कारलाई सोलार कार भन्दा अझ सुन्दर र व्यवस्थित बनाउने बताएका छन् । 'अव परिक्षा दिए पछि कारलाइ व्यवस्थित बनाउन लाग्ने छु ।' उनले भने-कार्बनडाइअक्साइड भएको सिलिन्डर प्रयोग गरेर हावा दिदां कार चल्यो । 'धेरै मेहनतका बावजुद हावाबाट उड्ने कार बावा आमाको अघि परिक्षण गर्दा अत्यन्तै खुसी लागेको छ ' उनले भने । गुरुत्वाकर्षा बलले र्टवाइन घुमाउने, बालुवाबाट टेस्ट गरेर र्टवाइन, गुच्चाबाट र्टवाइन घुमाउने प्रयास गर्दा पनि नभए पछि बल्ल कार्बनडाइअक्साइड भएको सिलिन्डर प्रयोग गरेर हावा दिएरु परिक्षण गर्दा सफल भएको बताए । दशै बिदामा आएको बेलोमा समेत कुशलले हवाइजहाजको नमुना तयार पारेको बताए । अब त्यसलाइ पनि परिक्षणको लागि तयारी गर्ने हो तर समय नपाएको गुनसो गरे । बढि लगानि र समय आवश्यक हुने भएकाले सोचे अनुरुप गर्न नपाएको उनले सुनाए । छोराको काम देखेर आमा बावु धेरै खुसी छन् । तर, सोहि अनुरुप वातावरण पुर्याउन नसकेकोमा दुखि भएको आमा रुद्रकुमारी के.सीले बताइन । सरकारले पनि आवश्यक सहयो र सल्लाह दिएको छैन उनले भनिन-गर्छु भनेर त भनेको छ सरकारले तर सोहि अनुसार भएको छैन् ।' घरपरिवार र कलेजबाट राम्रो सहयोग पाएको छु, अब सरकारी पक्षले सहयोग र वाताबरण बनाइदिए चाडै सफल हुने थिए ।' अघिल्लो बर्षअमृत आदर्श उच्च माबि कक्षा १० मै अध्ययन गर्दा सोलार जडानबाट कार गुडाएका कुशलले सरकारी पक्षबाट वास्ता नगरेकोमा गुनासो गरे । सरकारी पक्षबाट के कस्तो सल्लाह तथा सहयोग पाउनु भएको छ भन्ने प्रश्नमा उनले भने- 'हे भगवान उसले त केहि वास्तै गरेको छैन् ।' प्रधानमन्त्री माधवकुमार नेपाल लगायत उच्च सरकारी पदस्तलाइ समेत सोलार कार देखाउदा सहयोगको आश्वासन पाएका थिए । सोलार कार बनाए पछि करिव तीन दर्जन भन्दा बढि संस्थाबाट कुशल सम्मानित भएका थिए । सम्मान बापत पाएको रकम सोलार कार निर्माणमा खर्च भएको आमा रुद्रकुमारीले बताइन । सानो उमेर देखि बिज्ञानमा रुचि भएका कुशलले कक्षा ९ मा अध्ययनरत छंदा हेलिकप्टरको नमुना बनाइ परिक्षण गरेका थिए । सो समाचार पहिलो पटक धौलागिरी एफ.एममा प्रशारण र धौलागिरी जागरण दैनिकमा प्रकाशित भएका थिए
chainpure1 · Feb 8, 2011 5:03 PM · 12,440 views
A gift to Kushal bhai And yes this car will run if you can blow it with enough air force. Last edited: 09-Feb-11 10:21 AM
jhapaliketo · Feb 9, 2011 10:20 AM
'कार्बनडाइअक्साइड भएको सिलिन्डर प्रयोग गरेर हावा दिदां कार चल्यो " CO2 is a gas. To me Hawa means air. Sounds more like compressed gas fored draft engine than "hawale chaleko car." JPT
Stiffler · Feb 9, 2011 11:32 AM
One of the guys in Nepal had a "kid's 1 billion dollar bill" and he was spreading the rumor in the town that he would be able to cash it only if he gets the "silver billion dollar coin". Not surprisingly, almost everyone thought the guy was not a crook. And people say Nepal is on the way to "pragati"? Few people go to junk websites and fill their forms. They get a notification that they have been selected for green card. They party the same night. Who would tell them babe it's junk? We are again talking about pragati here?
nagarikreport · Feb 9, 2011 1:38 PM
Hey nagarikreport, I would like to know about this. One of the guys in Nepal had a "kid's 1 billion dollar bill" and he was spreading the rumor in the town that he would be able to cash it only if he gets the "silver billion dollar coin".
jhapaliketo · Feb 9, 2011 1:54 PM
I have the silver billion dollar coin that the guy is looking for. In an unrelated note, if you happen to have a "kid's 1 billion dollar bill" please notify me.
Stiffler · Feb 9, 2011 3:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion