अदितिको साथी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 “मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन ।” अदितिसँगको मेरो पहिले गुनासो यहि थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि । उ बायोलोजी ग्रुपमा रहिनछे । मोरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भएदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा English class  मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, physics tuition, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए । टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ ब्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भएदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उहि सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे ! मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिए । दिन आयो, मौका आयो । अदितिका नजानिदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए । मायाको स्वीकारोक्ति बढो अफ्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदो रहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र ।  पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष । अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो । मोरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेट हुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन । मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर । ‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए । अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु । बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो । उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” । क्रमश: meaninglessthinkings@somewhereondearth  

somewhereondearth · Feb 4, 2011 10:37 PM · 69,180 views

40 Replies · Showing 21 - 40
Page 2 of 2

उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे । मनमा चस्स भयो ।  यो सोमेको चित्त कति सानो हो? त्यति जाबो नचिनेको handwriting देख्दा पनि चस्स हुने, केटाहरु कति शंकालु है? ल ल पढ्दैछु है म पनि।

crazy_love · Feb 13, 2011 11:46 AM

it's getting interesting more and more... waiting for next part

Hasaune Paree · Feb 14, 2011 11:06 AM

सुन्दरीको स्पर्श सम्झाउने जस्तो प्रस्तुती रे छ। प्रभो -- जाओस जाओस।

Deep · Feb 15, 2011 3:57 PM

 Somewhere, सारै राम्रो कथा... fucheketo ले भने झैँ ...यो कथामा धेरै ले आफूलाई भेट्नेछन् म पनि आँफैलाई खोज्दैछू कहिले कुन हरफमा कहिले कुन हरफमा ...  

guchcha chor · Feb 15, 2011 8:29 PM

somewhere ji ,                         baki bhag kahile aaucha .. pratikchya ma chu

malai chinena · Feb 28, 2011 9:13 PM

सोमजी का शब्द एती सरल र सहज हुन्छनकी ति मनका कुना कन्दराबाट बगेर दिमागको एउटा तलाउमा गएर ताल परेर बस्छन। मरी जाउ , तर त्यो ताल धेरै लामो समय सम्म सुक्दैन। 

at_its_best · Apr 15, 2011 9:01 PM

Some taaaaaaaaaaaaaaaaap!

crazy_love · Apr 18, 2011 8:01 AM

Next part Pleaseeeeeeeeeeeeeeeeeeeeee...!

sagun05 · Apr 24, 2011 11:39 AM

Earth has magnetic attraction, biology just starting to show it's feeling, keep going, NAME and ProgreSs days still in minds, like it, and waiting, it's like waiting for the next season of Walking Dead

Chanakya Niti · Apr 24, 2011 10:12 PM

Earth has magnetic attraction, biology just starting to show it's feeling, keep going, NAME and ProgreSs days still in minds, like it, and waiting, it's like waiting for the next season of Walking Dead

Chanakya Niti · Apr 24, 2011 10:13 PM

so are you not going to post the other parts ?

planB · Apr 27, 2011 4:35 PM

   Yahan ko prastuti ma nikai mithas cha, saralta cha  ....tara pani mayako bhanda yahan le lekhnubhayeka sabda ra tyas sabda bata baneka nadi bhane nikkai nai saanglo payeko chu... ahilay sammako aadhyayama Aditi malai kamai maan pareki che, saayad yahanle unko barema kamai lekhnu bhayo hola... aaja badi Aditi ko barema jaanna chaheko chu.. ...        DHANYABAD ....!

Aap Bhi Naa · Apr 27, 2011 5:06 PM

Khai ta som-ji baki ansha pani padhna paye huney . Hajur ka saral tara hridayesparshi haraf ma aafailai jod-dai gaye , kasto majja le bagaaunu bhayo yaha samma , chadai aru pani padna paye huney.

ThahaChaena · Jul 5, 2011 4:21 PM

 बाँकि भाग....   (छोडेको लामो भयो, आशा छ कथालाई अन्याय भएन होला!)     विश्वास पातलिदा आगो सल्कन बेर लाग्दैन । जितेको भूगोल मायाले मागुन्, दोस्रो सोचाई बिना अर्पिन्छ । तर तिनै माया एक भित्ता टाढा हुने छनक मिलोस, मनले लाख सोचिदिन्छ । माया आफैमा पवित्र हो । तर प्रेमीहरु लोभि हुन्छन्, प्रेमीकाहरु लोभी हुन्छन् ।  भाकल नपुग्दा ईश्वरको अस्तित्वलाई त शंका गरिन्छ, झन म त मायालु भन्दा एक कक्षा तल बाँचेको प्रेमी ।     ति अक्षरहरु नचिनेका मात्र थिएनन् । त्यहाँ शब्दहरु थिए, बाक्यहरू थिए, संवादहरु थिए । त्यहाँ छेडाइ हरु थिए, मस्काइहरु थिए । मैले ति अपरिचित लेखाइमा माया जित्न गरिने परिचित दाउहरु देखे, बुन्दै गरेका घरहरु देखे । म  कसरी चिन्दिन थिए होला र, ति सबै अनुभवहरु मेरा अंश-अंशमा थिए ।     उ जो थियो; उसले आफ्ना दाउ राख्दै थियो- माया जित्ने । यहाँ एउटै नारीमा हजार प्रेमीहरु पागल   हुन्छन् । म एक थिए, उ अर्को हुँदो हो । तर अदिति त जानकार थिइ । हामी माया बुन्ने हरेक गोरेटो सँगै हिंडि सकेका थियौं । व्यक्त-अव्यक्त मायाका पद, चाप सबैसँग अभ्यस्त थियौं । तर मैले अदितिलाई फेरि तिनै गोरेटाहरु हिड्दै गरेको भेट्टाए, अर्कै सँग । मायाको बाटोमा अनेक डाँडा काटेर एक घुम्तीमा म सँगै भएको प्रेमी, अर्को सिरामा फेरि किन यात्रा शुरु गर्दछ? यात्रा एउटै, यात्री एउटै, समय एउटै तर फरक पदयात्रीसँग भिन्न मोडमा यात्रा कसरी सम्भव छ? म खङग्रङ्ग भए । मन चिसो भयो ।     ति नचिनेका अक्षरले नाम पाए । ति नचिनेका अक्षरहरु अब बाक्य भए, मुक्तक बने, कविता बने । ति कबिताहरु अदितिका पुस्तिकाबाट उठेर उसका भाकामा गाँसिए ।  ति शब्दका, ति हरफका कोलाहलले मलाई क्रुद्ध बनाउँदै लग्यो । म मनबाट बिरामी हुँदै गए ।     अदिति त्यो साथीका कुराहरु सुनाउन थालि । जान्ने मान्छे, गुरुवर्गको प्यारो, मिजासिलो, सहयोगी आदि-आदि । उसका प्रतिभाहरु पनि कति हुन् । म मनबाट आफैंसँग कमजोर हुन थाले । अदितिका बातमा सँधै उसको साथी हुँदैन थियो, तर पनि म घरि-घरि ति बातमा उसलाई खोज्दथे ।     मैले भित्र मनको तापलाई मेरा ब्यवहारमा प्रसारित हुन नदिन भरमग्दुर प्रयास गरे । अदिति मेरी मायालु थिइ, मेरो आधिपत्य होइन । यहि भावले मलाई सम्हाल्यो । म निको हुन थाले ।     अदितिले इन्जिनियरिङ्ग सकि, म चौंथो बर्षमा पुगें । इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्याक्रम  मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ । म पनि सिक्दै गए, व्यवहारमा छिप्पिदै गए ।     ब्यक्त अब्यक्त मायालाई जीवन सुम्पिने आँट मायाको एउटा अध्याय हो । तर मायाका सबै पोटीहरु सगरमा हुँदैनन् । कति मनको खाडलमा बसिदिन्छन्, कतिले सपना बिझाउँछन् । यी सबै अनुभवलाई पचाएर मायालुलाई मनको सगरमा राखिराख्नु मायाको अर्को अध्याय हो । मैले त्यहि जान्दै थिए, त्यहि बुझ्दै थिए ।     अदितिको साथिका प्रतिभाहरुसँग म सन्तुलित हुँदै गए, उसका बिशेषणहरुसँग म सहज हुँदै गए । समयको कुरो हो, मौका मिल्दा उ एकदिन भेटियो । अदितिले चिनाइन, मैले भर्खर चिने झैं गरे । चिनजान पनि अचम्मको हुन्छ । पात्र भेटिनु अगाडि नै उसका तमाम ब्याख्याहरु बटुलेर हामी एउटा बिम्ब बनाई सक्छौं अनि साक्षात पात्र  भेटिदा उसलाई जेनतेन बिम्बसँग जोड्ने प्रयत्न गर्छौं । मैले पनि अदितिको साथीलाई, उसको बिम्बसँग जोड्ने प्रयास गरे । हामी यहि त मात खान्छौं । बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् । म अपवाद भइन ।     अग्लो केटो, छोटो कपाल, फोस्रो जिन्स, हलुका भाषा आदि । उमेरले-व्यवहारले एउटा घुम्ती काटेपछी लवाइको खासै महत्व हुँदैन। उसले पनि त्यो बुझिसकेको पाए । अदितिले हाम्रा व्यक्तित्व जोड्ने प्रयास गरि । उ हामीलाई समभुज बनाउन खोज्दै थिई, तर म भावनाका विषमकोणमा उभिएको थिए । त्यसैले त्यो सम्भव भएन । म उसँग गह्रौं नै भइदिए ।     अदिति जागिरे भइसकेकि थिइ । उसको पहिलो जागिर, मेरो चौथो बर्षका ब्यस्तता । हाम्रा भेटहरु राम्रैसँग पातलिएका थिए । ति भेटमा मायाका चिचिला हाँसो, जिस्काई, ठुस्काई, फकाइ भन्दा पनि ब्यवहारका सल्लाहहरु, समाजका अवलोकनहरु, अवलोकनका बिषयगत छलफल हुन्थे । अनि तिनै छलफलमा हामी एक अर्कालाई उडाउँथ्यौ, रिसाउँथ्यौ अनि फेरि तिनै माथि हाँस्थौ । उसको साथी उसका बिषयका बातमा एउटा नियमित उपस्थिति लिएर आउँथ्यो । म मिलेसम्म उसलाई पन्छाउँथे ।     समय बतासियो, मैले इन्जिनियरिङ्ग सक्दा-नसक्दा अदिति विदेश जाने भइ । मैले उसलाई नजाउ भन्ने तर्क थिएन । गाह्रो त उसलाई पनि उत्तिकै भएको थियो । उसले मलाई जसरी पनि विदेश आउने बाचा गराई । हामीले बिवाहको बारेमा नसोचेको, सल्लाह नगरेको होइन । तर दुवैले आफूलाई “तयार” पाएनौं ।     संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा  “विकल्प” को रुपमा उभियो । जसको सपना हामीले बर्षौ देखि बुन्दै बसेका थियौं, आज सबैथोक हातमा  हुँदा हामीले आफूलाई “तयार” भेट्टाएनौं । यो ब्यवहारले छिप्प्याएको परिणाम हो या समय सँगै परिष्कृत  अद्दतन माया !! मलाई थाहा छैन, म जान्दिन पनि । तर मेरा देवता साक्षी छन्, त्यो निर्णय लिदाँ मेरो माया बिसको उन्नाइस पनि भएन । अनि मलाई थाहा छ, अदितिको मन पनि चोखो नै थियो । उसले गाह्रो गरि जान्छु भनि, मैले बोझिलो हुन्छ भने । हामी धेरै पछी सँगै रोयौं ।     उ विदेश गइ । म नेपालकै जागिरमा अलमलिए । विदेशको पढाई, छात्रवृत्तीको ताकमा उ उसको साथीकै विश्वविद्दालयमा पुगी । परदेशीका हजार समस्या हुन्छन, मैले के नै गुनासो गर्नु थियो र । मैले गरिन । उसले छात्रवृत्ती पाई, खुशी भइ । मलाई सन्तोष नै भयो ।     म पनि विदेश जाने ताकमा लागे । अदितिले सहयोग गरि । छ-आठ महिना त्यसै लाग्यो । पहिलो प्रयास गरे, ‘भिसा’ लागेन । केहि तामझाम मिलाए, दोस्रो पट्क पनि लागेन । तेस्रो पटक पनि नलाग्दा मैले हारे!  मैले महाराजगञ्ज सम्झें । कहाँ डाक्टरी सपना चकनाचुर भएको ठिटो, कहाँ मायासँग जीवन जोडिने सपना छिनेको लोग्नेमान्छे । महाराजगञ्जको नतिजामा म रिसाएको थिए, उफ्रेको थिए । यहाँ म बाहिर शान्त भए, भित्र-भित्र रोए ।     अदिति अत्तालिइ । मैले पछि बिद्दावारिधि गर्न आउँछु भनि कुरो पल्टाँए । संघर्ष छोडेर अतिदि फर्कन गाह्रो थियो । म जाने उपाय तत्काल देखिन, उसलाई फर्क भन्न सकिन । ब्यवहार बुझ्दै जाँदा म नेपाल नै बस्ने छाँट भयो । अदितिलाई दुबिधा भयो, गाह्रो भयो। मैले त्यहि अनुभव गरे ।   मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो । म अदितिको साथीको पुरानो बिम्ब फोर्न थाले । उसका बिशेषणहरु बटुलेर म नयाँ बिम्ब बनाउँन थाले ।     यति नै !   meaninglessthinkings@somewhereondearth

somewhereondearth · Jul 4, 2012 1:45 AM

 such a nice nice story...

planB · Jul 4, 2012 2:38 AM

<<< बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् >>>           मनकै कुरा लेख्नु भो <<<संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा  “विकल्प” को रुपमा उभियो>>> प्रभो हाम्रो मात्रै हो कि एस्तो अवस्था सबैको आउछ ??? <<<मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो>>> किन सबैको विचार तेस्तै हुन आउछ ???   प्रभो, धेरै पछी कथा पुरा गर्नु भो... सारै मन छोयो, लाग्यो आफ्नै कथा हजुरले लेखिदिनु भो.. के गर्नु माया लगेर र लगाएर मात्रै नहुने रैछ ...फेरी फेरी पनि येस्तई पढ्न पईयोस ... 

aakinchan · Jul 6, 2012 12:41 AM

सोम ज्यु, निकै लामो समय पछी हजुरको लेख पढेँ। बिहानिको सिर्सिरे बतासले उही पुरानो सुगन्ध अनी उही ताजापन बोकेर ल्याएको अनुभव भयो।  "इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्याक्रम मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ "----   साह्रै चित्त बुझ्यो।  अरु पनि सुनाउदै गर्नु होला। 

Dipika02 · Jul 6, 2012 10:03 AM

 ""छोडेको लामो भयो, आशा छ कथालाई अन्याय भएन होला!""   यो धागोमा ढिलो नै सहि, न्याय मिल्दोरेछ! आशा छ अब न्यायको सिलसिला निरन्तर रहन्छ!

Birkhe_Maila · Jul 6, 2012 11:59 AM

Thank you all. -somewhereondearth!

somewhereondearth · Jul 13, 2012 1:48 PM

सोम-जी , अस्तिना पुरागर्नुस न भनेर गरेको तर व्यस्तताले पढेकै थिइन , आज पुरा गरें . सारै मार्मिक.... सारै मीठो......  हजुरका अरु लेखको र साझाका केहि राम्रा लेखहरु को एउटा सानो धागो बनको छु फुर्सद भए हेर्नु होला है . कृपया अझै लेख्दै गर्नुस न है . यो लाइन सारै घत लग्यो "....... भाकल नपुग्दा ईश्वरको अस्तित्वलाई त शंका गरिन्छ, झन म त मायालु भन्दा एक कक्षा तल बाँचेको प्रेमी ।..." -- थाने

ThahaChaena · Aug 13, 2012 6:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all