महिला तथा सज्जनबृन्दहरुले कृपया सुझाउ दिनुहोला. यो हल्का प्रयास मात्र हो. दुइ शब्द मध्यरातको सुन्यता तोडी रातो घाम लागे हुन्थ्यो पिंजडा छोडी हिडेकिले नयाँ बास पाए हुन्थ्यो! एकै गल्ति काफी यहाँ हजार मुटु रुवाउनलाई पानि जस्तै यी आँशुले श्राप तिमीलाई नलाए हुन्थ्यो! चेट भएको चंगा जस्तै स्वतन्त्र तिम्रो जिन्दगानी सम्झनामा लट्टाई धागो सजाई राख्न पाए हुन्थ्यो! बोटे दाइको जुनी जस्तै आँफु त्यहिँ अरु टाढा शिखरमा तिमि पुग्दा हर्सांशु झार्न पाए हुन्थ्यो! खरको छानो चुहिएर रुझाएको तिम्रो तनले देउतालाई जस्तै ओताइराख्ने सुनको छानो पाए हुन्थ्यो! मेरो माया स्वार्थी देख्ने तिम्रो मनको बगैचाले फूलै फूलले सजाई राख्ने असल माली पाए हुन्थ्यो! तिम्रो जिन्दगीको नौलो कथा हजार खुसि एकाध व्यथा लयहाली गाइने दाईले संसार भरि गाए हुन्थ्यो! मध्यरातको सुन्यता तोडी रातो घाम लागे हुन्थ्यो पिंजडा छोडी हिडेकिले नयाँ बास पाए हुन्थ्यो! © The Lonely Traveler (2011)
The Lonely Traveler · Feb 3, 2011 10:35 PM · 40,182 views
@Narayan Suburbs: जिन्दगीको उकाली ओराली मा साईनो धेरै नै जोडीन्छन नथाके आँखा, न मरे मन नयाँ बाटा भेटिन्छन्, पुराना मेटिन्छन... Lets hope everything goes fine. I like ur optimessism!! Thanks for nice lines!!
The Lonely Traveler · Feb 10, 2011 11:15 PM
जदौ कविता प्रेमि माझ! बह पोख्दै, बहाना खोज्दै... फेरि आएँ। कोशेलि ल्याएछु... सुझाव दिनु होला! :) पुज्या मैले देव मानि - चोरेछ अमिरले ढुङ्गा पनि मौन बनि - बसेछ अबिरले ॥ कर्म गरेँ घर्म ठाँनि - थाकेको आँटले आँशु पिएँ बह छोपि - हारेको हातले ॥ माफ गर साथिहरु - छुटेको साथले गफ गर आँखाहरु - टुटेको निन्द्राले ॥ आस राखुँ कसैलाई - छोडेछ अनेकले सास छाडुँ आफैलाई - रोकेछ बिवेकले ॥ ठिस भएँ आफ्नै लागि - लागेको मातले बाटो देउ मुटु छोयो - हानेको बातले ॥ # Simple_keta कृपया सुझाव, कमेण्ट दिनु होला है, सुधार्न! बाई! Last edited: 11-Feb-11 12:51 AM Last edited: 11-Feb-11 11:51 AM
simple_keta · Feb 10, 2011 11:38 PM
comment diu diu ta lageko ho.. but ... खरो।।। भने पछि डर लाग्यो किनकि त्यस्तो मा खरो कमेन्ट के दिन सकिएला र?
copycat · Feb 11, 2011 12:58 AM
@Simple Keta: Haina tapaiko kabita ta instantly furchha ki kya ho? Lastai dherai lekhnu hudo raichha ta? Good job!! Aba yi sabai kabita harulai euta pustakaakar diu... All the best!!
The Lonely Traveler · Feb 11, 2011 4:03 PM
The Lonely धन्यवाद छ है सुझावको लागि। भन्छन् कविता सफल हुनलाई कवि असफल हुनु पर्छ रे... कविता सफल होला जस्तो छ। मलाई कविता फुर्ने होईन्, बरु मैले जानेको फोर्मुलामा सब्दहरु राख्ने गरेको छु। किताब छपाउने सपनै छैन्, कवित्व छैन अनि पैसा 'नि छैन... धन्यवाद पढिदिएर सुझाव दिनु भएकोमा! बह पोख्दै...
simple_keta · Feb 11, 2011 8:15 PM
बेला बेलामा सिरिश का कबिता हरु अनी राहुलभाइ ,बिगौतम का लेख पढन पाइन्थ्यो। शायद बेफुर्सदी हुनुभयो जस्तो छ।
Bhojpure01 · Feb 12, 2011 12:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion