चार शहिद र हामी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नेपाल खत्तम भयो, नेपाल मा गाडी चलाऊन पाइएन या यो सुख भएन वा त्यो सुख भएन भनेर कराउने तर देशको लागी सिन्को नभाच्ने साथीहरुले यो प्रसंग पढे केही बुद्धी आउथ्यो कि। चार सहिद् हरुले कस्तो अवस्थामा कस्ता दानव हरु संग लडेका थिए !  1. धेरै केरकार, यातना, खोजतलासपछि सो काण्डमा सरोकार नै नभएका शुक्रराज शास्त्री (जोशी) सहित सबैलाई सिंहदरबारभित्रको फुटबल चौरमा उपस्थित गराइयो।  ती बन्दीहरूलाई ल्याइएको धेरैपछि श्री ३ जुद्धशमशेर पछि–पछि हुक्का, नली, चिलिम र लामो खड्को नलीसहित आइपुगेपछि नरशमशेरले राजा त्रिभुवनलाई तिनैजना छोराहरूसहित लिएर आइपुगे। राजा काउचमा बस्नेबित्तिकै जुद्धशमशेरले हुक्का गुडगुडाउन छाडेर उठेरै लिखित भाषण दिए। त्यतिखेरै उनले '...कीराले हीरा बिगार्यो...निच दर्जाका सोसलिष्टले उचालेको... गान्धीसँग भेटी नेपालको कुरा गरेको... यस्ता गाथगादी तोक्ने राजद्रोहीलाई म के गरौँ?' भनी राजा त्रिभुवनतिरै हेर्दै खुट्टा बजारे। राजाले 'मोडरेट गर्नुपर्छ' भनी सक्न नपाउँदै माइला गुरुज्यू हेमराजले मनुस्मृतिको श्लोक उद्धृत गर्दै 'राजद्रोही ब्राह्मण नै किन नहोस् त्यस्ता दुस्कर्मीलाई प्राणदण्ड दिन सकिन्छ' भने। 'महाराज यी सबैलाई काट्नुपर्छ' भनेर कर्णेल यक्षविक्रम धमलाले थप्नेबित्तिकै बन्दीहरूको लहरमा उभिएको शुक्रराज शास्त्रीले आङ चलाउँदै, खुट्टा बजार्दै नेल– सिक्रीको आवाजसहित 'प्रजातन्त्रलाई थिचोमिचो गरी स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ महाराज, उद्धृत गर्न पाउँ" भनेर आक्रोश पोखे। शुक्रराज शास्त्री (जोशी) को आक्रोश सुनेर जुद्धशमशेर अझ आक्रोशित भएर 'यी सबैको नाइके तैं होस्, अझ कराउँछस्। तपाईं पल्टनले कुल्चाएर मारौँला' भनी कुर्लिए। [WHAT A HERO!] 2. फैसलाकै क्रममा अब अरू साथीहरूलाई 'जन्मकैद'को फैसला सुनाउँदै थिए, दशरथ चन्दले 'के जुद्धशमशेरको जन्मभर?' भनी जुद्धशमशेरलाई खुला व्यङ्ग्य गरेका थिए, (त्यतिखेर जुद्धशमशेर ६५ वर्षका थिए)।  3.शुक्रराज शास्त्रीले माघ ९ गते घरबाट पठाइएको दूध र रोटी खान लाग्दा बीचमै बाहिर लगियो। बाहिर जाँदाजाँदै उनले 'सबै भाइलाई नमस्ते, मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाम अमर भयो' भन्दै हिँडे।  धर्मभक्त माथेमालाई मार्ने दिन भेट्न फुपूकी छोरी सूर्यलक्ष्मी आइन् र 'माफी मागेको भए छुट्छ भन्छन्, किन माफी नमागेको?' भनी सोध्दा धर्मभक्तले 'हामीले प्रजातन्त्रका लागि काम गरेका हौँ, हामीले के बिराएका छौँ र माफी माग्ने? यस्ता क्रूर शासकसँग पनि माफी माग्छन्?' 'यस्तो व्यक्तिको सहादतपछि बाबु र भाइहरू कलकत्ता जेलमा, पत्नी (शुक्रराज शास्त्रीको बहिनी) पहिल्यै मृत्यु भएकोले आफन्तहरू लाश उठाउन पनि आएनन्। अन्तिममा उनकै घरमा खाना पकाउने लमजुङका शिवचन्द्र घिमिरेले किरिया गरे। 4.गंगालाल श्रेष्ठलाई १४ माघमा मार्ने भनिएकोले दिउँसो परिवारलाई भेट्न बोलाइयो। त्यही राति उनको जुम्ल्याहा बच्चा जन्मेकाले श्रीमती हसनादेवी आउन सकिनन्। बुबा, भाइहरूलाई एक–एक गरेर सम्झाउँदै 'जन्मेपछि मृत्यु निश्चित, सबै मर्छन्। केही वर्षपछि मेरो पनि मर्ने नै चोला हो, ज्यानका निम्ति मैले अत्याचारीसँग माफी मागेँ भने भोलि तपाईंहरूले पनि धिक्कार्नुहुनेछ' भनी बाबु भक्तलाल श्रेष्ठलाई ढोग्दै 'बा, तपाईंजस्ता गीताका ज्ञाताले मेरो नाशवान देहको नाश हुने भएकोमा शोक गर्न सुहाउँदैन। बा, मलाई जन्मभूमिको उत्थानका निम्ति हाँसी–हाँसी जीवन उत्सर्ग गर्न आशीर्वाद दिनुहोस्।'  [ज्ञान को प्रयोग भनेको यसरी पो गर्ने हो! ] उनलाई गोली हानेर मारिएपछि फुकी, गुठीले उनलाई पोडेले गोली हानेको भनी लाश उठाउन मानेनन् र बुबा भक्तलालले केही साथीहरू खोजी सतगत गरे। 5.दशरथ चन्दलाई गंगालालसँगै एकैपटक सहिद बनाइएको थियो। ज्यान सजाय सुनाएको भोलिपल्ट सिंहदरबारमा सफाइको काम गर्ने राममाया च्यामिनीलाई सम्बोधन गर्दै 'राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूका निम्ति रुने आफन्तहरू धेरै छन्, तर मेरा निम्ति रुने यस संसारमा कोही छैन। तसर्थ, मलाई मारेपछि 'दाइ भन्दै तिमी रोइदेऊ है' भनेका थिए। उनले भनेझैं उनलाई मारिएपछि उनको लास उठाउने कोही भएनन्, उनकी माइजू नाता पर्ने तिलकराज शाहीकी आमाले मानिसहरू पठाई उनको सतगत गराइदिइन्. [Source:http://www.weeklynepal.com/new...

newstudent · Jan 29, 2011 1:03 PM · 11,961 views

1 Reply

THEY ARE REAL MARTYRS. AAJ KAL HAGDA HAGDDAI MARNE HARULAI PANI SAHID GHOSANA GARERA RAJYA LE SACHA SAHID HARUKO ABAMULYAN GAREKO CHA.

GorkheCowboy · Jan 29, 2011 1:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all