-चिरञ्जीवी पौडेल- पार्टीभित्र बहुमतको पेलाईमा पर्दै आएका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई विभिन्न कारणले चर्चामा आइराख्छन्। हालै आफ्नो विचार राख्न बन्देज गरिएपछि पार्टीको एउटा प्रशिक्षण कार्यक्रम बहिष्कार गरेर उनी समाचारको शिर्षक बने। तर, यहाँ फरक सन्दर्भको चर्चा गर्न खोजीएको छ। सन्दर्भ हो, डा. भट्टराईले केही दिनअघि लगातार रुपमा गरेको भारत भ्रमणको, जसले उनी कतै भारतपरस्त नै त होइनन् भन्ने आशंकालाई मलजल गर्‍यो। भावी प्रधानमन्त्रीका एक दावेदार मानिएका डा. भट्टराई एक हप्ताको अन्तरालमा दोस्रोपटक भारत भ्रमणमा गएका थिए। बहाना जेसुकै भए पनि देश नयाँ प्रधानमन्त्री चयनको प्रसव पिडामा रहेका बेला उनको लगातारको दिल्लीयात्राले पक्कै पनि सकारात्मक सन्देश प्रवाह गरेन। पटक–पटक दिल्ली धाएर उनले भारतसित माओवादीको सम्वन्ध सुधार्नभन्दा आफ्नो पक्षमा भारतीय समर्थन जुटाउने कसरत गरेको देखियो। देशभित्रै उनलाई प्रधानमन्त्री बनाउन व्यापक जनसमर्थन बढेको बेला भट्टराईले किन दिल्लीको आशिर्वाद थाप्न चाहे? ‘नेपालसम्वन्धी गोष्ठीमा प्रवचन दिन भनेर गएका पनि अघिल्लो पटकको भ्रमणमा उनले भारतीय नेताहरुसित सत्ताका लागि राजनीतिक लविङ गरेका थिए। यसको प्रमाण हो, भारतबाट फर्किदा उनले दिएको अभिव्यक्ति। ‘नेपालमा माओवादी नेतृत्वको सरकारका लागि भारत तयार छ’ भन्ने उनको अभिव्यक्ति खेदजनक हो। यस भनाईबाट नेपालमा भावी सरकार कस्तो हुने भन्ने प्रश्नमा भारतीय दृष्टिकोण नै निर्णायक हो भन्ने आशय झल्किन्छ। माओवादी नेतृत्वको सरकारका लागि भारत किन तयार हुनुपर्ने? भारत तयार हुँदा र नहुँदा माओवादी र डा. भट्टराईलाई के फरक पर्छ? भन्ने कुरा जनताले बुझ्न सकेनन्। हुनत नेपाली नेताहरुका मुखारबिन्दबाट यस्तो अभिव्यक्ति नौलो होइन। दिल्लीमा गएर दुई–चार नेताहरुको दर्शनभेट पाइसकेपछि विमानस्थलमा आएर नेताहरुले दिने अभिव्यक्तिका रंग एउटै हुन्छन्। जस्तैः भारत नेपालमा सहमतीय पक्षमा छ…नेपालको शान्ति प्रक्रिया र सेना समायोजनमा भारतीय नेताहरुले गहिरो चासो लिएका छन्… नेपालभित्रको समस्या नेपालीले नै समाधान गरुन् भन्ने भारत चाहन्छ। भारत नेपालको प्रगति, सम्वृद्धी चाहन्छ…ऐजन ऐजन। यस्ता फत्तुरहरुबाट नेपाली जनता ‘मोनोटोनस’ भइसकेका छन्। कम्तिमा डा. भट्टराईबाट यो अपेक्षा थिएन। यस अर्थमा कि उनी अहिले सक्रिय मध्येका सर्वाधिक लोकप्रिय राजनेता हुन्। उनी एक मात्र नेता हुन् जसमाथी जनताको थोरै भए पनि आस्था बाँकी छ। जसका अभिव्यक्तिहरुलाई बौद्धिक जमातमा पनि गम्भीरतापूर्वक लिइन्छ। एउटा ठूलो जनमत, जो उनको पार्टी माओवादीभन्दा बाहिर छ, विश्वास गर्छ कि देश हाँक्न सक्ने उपलब्धमध्येका सुयोग्य पात्र डा. भट्टराई हुन्। तर, डा. साहेबको दिल्लीमोहले उनीप्रति आशाको नजरले हेर्ने ठूलो जमातलाई खिन्न तुल्याएको छ। माओवादीभित्रकै उनका प्रतिस्पर्धीहरुले भट्टराईलाई भारतपरस्तको आरोप लगाउने गरेका छन् विगतदेखि नै। परन्तु अहिलेसम्म यस्तो आरोपमा कुनै दम देखिएको थिएन। भट्टराईले दिल्लीको विश्वविद्यालयमा पढेको भन्नेबाहेक उनीहरुसित कुनै आधार थिएन। तर, अहिले आएर पार्टीभित्रका विरोधीहरुले आफूलाई सिध्याउन प्रयोग गर्ने गरेको अस्त्रमा सँँध लगाउने मौका दिएका छन् भट्टराई स्वयम्ले। केही समयअघि मात्र उनकै पार्टी अध्यक्ष प्रचण्डले ‘भट्टराईलाई प्रधानमन्त्री बनाउन दिल्लीले दबाब दिइरहेको’ भन्ने अभिव्यक्ति दिएर भट्टराईमाथी राजनीतिक तीर हान्न खोेजेका थिए। तर, प्रचण्डको अभिव्यक्तिलाई नेपाली राजनीतिमा खासै गम्भिरतापूर्वक लिन छाडिसकिएकाले तीले भट्टराईलाई घाइते बनाउन सकेन। अहिले भने भट्टराईलाई ‘भारतपरस्त’ देखाउने प्रचण्डको मनाशाय पूरा हुन खोजेको देखिन्छ। भट्टराईले आफ्नो खुट्टामा आफैं बञ्चरो हानेका छन्। अर्कोतर्फ, नेपालबाट बारम्बार आउने नेताहरुको लस्करलाई खासै वास्ता नगर्ने भारतले भट्टराईलाई ‘विशेष महत्व’ दिएको देखाएर माओवादीभित्रको राजनीतिमा खेल्न खोजेको छ। भट्टराई भारत जानै हुदैनथ्यो भन्ने पनि होइन। तर, जून प्रयोजनका लागि उनी गए, त्यो गलत थियो। उनको अघिल्लो भ्रमणको बहाना थियो, विवेकानन्द इन्टरनेसनल फाउन्डेसनले गरेको नेपालसम्वन्धी गोष्ठी। नेपाली राजनीतिको गाँठो फुकाउन विदेशमा गोष्ठी हुनु नै आपत्तिजनक थियो। त्यस्तो गोष्ठीमा भाग लिन नेपालबाट नेताहरु जानु, अनि भारतीयहरुसित कुम जोडेर ‘नेपाल मन्थन’ गर्नु नेपालको राष्ट्रियतामाथीकै खेलाँची हो। आफ्नो देशको राजनीति सुल्झाउन नसकेर विदेशीहरुको दिमाग सापट लिन खोज्ने नेताहरुको आत्मसम्मान कहाँ खोज्ने? देशका ‘सर्वाधिक लोकप्रिय’ र बौद्धिक नेताबाटै यस्तो हुन्छ भने अरुबाट के आशा गर्ने? कल्पना गरौं, भारतीय जनता दलका नेता लालकृष्ण आडबानी नेपाल आउछन्, केपी ओलीदेखि सुर्यबहादुर थापासम्मलाई भेट्छन् र फर्कदा भारतीय मिडियासित भन्छन्, ‘विजेपिको नेतृत्वमा सरकार गठनका लागि नेपाली नेताहरु सकारात्मक छन्। नेपाल भारतको (माओवादी) समस्या भारतीयले नै समाधान गरेको हेर्न चाहन्छ आदि। यस्तो कहिल्यै सम्भव होला? हाहाहा… साइजमा ठूलो सानो भए पनि भारत र नेपाल दुई पृथक राष्ट्र हुन्। जसरी भारतको राजनीतिमा नेपालको कुनै पहुँच र प्रभाव छैन, त्यसैगरी नेपालको राजनीतिमा वर्चश्व राख्ने कुनै मौका भारतलाई दिनु हुँदैन। तर, भारतले हस्तक्षेप गर्‍यो भनेर सबैभन्दा ठूलो स्वरमा चिच्याउनेहरु नै भारतीय हस्तक्षेपलाई मलजल गरिरहेका छन्। भारतीय हस्तक्षेपको विरोधमा भन्दै स्वाधिनताको आन्दोलन रच्ने माओवादी स्वयम् रेड कार्पेट ओछ्याएर हस्तक्षेपका लागि आमन्त्रण गरिरहेको देखिन्छ। माओवादी खुला राजनीतिमा आएदेखि नेपालमा भारतीय प्रभाव बढ्दै गएको यथार्थ हो। हरेक ठूला–साना घटनामा भारतलाई उच्च महत्व दिने, उसको ‘विश्वास जित्न’ लम्पसारै पर्ने, अनि त्यति गर्दा पनि नभएपछि सत्तोसराप गर्ने प्रवृत्ती माओवादीले त्याग्नुपर्छ। भारतलाई एउटा असल छिमेकीको भूमिकामा सिमित राख्नुमा नै नेपालको हित छ। भारतसित सम्वन्ध विगारेर नेपाललाई कुनै फाइदा छैन। तर, सम्वन्ध प्रगाढ तुल्याउने नाममा सन्तुलित व्यवाहार देखाउन नसके नेपाली राष्ट्रियता संकटमा पर्ने छ। भारतसित सम्वन्ध कसिलो बनाउनका लागि पारस्परिक भ्रमण तथा भेटघाटहरु भइराख्नु आफैंमा नराम्रो त होइन। परन्तु त्यस्ता भेटघाटहरु कुटनीतिक मर्यादाभित्र रहनुपर्छ। द्विपक्षिय सरोकारका विषय भेटघाटका एजेन्डा बन्नुपर्छ, नकि नेपालको आन्तरिक राजनीति। नेपालको शान्ति प्रक्रिया, नयाँ सरकार गठन, सेना समायोजन जस्ता आन्तरिक कुराहरुलाई द्विपक्षिय वार्ताको एजेन्डा नै बन्न नदिने हो भने वैदेशिक हस्तक्षेपको सम्भावना स्वतः संकुचन हुनेछ। भारतसितको सम्वन्धका बारेमा माओवादी उपाध्यक्ष डा. भट्टराईले अहिलेसम्म सन्तुलित र वस्तुनिष्ट विचार राख्दै आएका छन्। आफ्नो दिल्ली भ्रमणको एजेण्डालाई उनले दुई देशबीचका द्विपक्षिय मुद्दा र बढीमा आफ्नो पार्टीसितको सम्वन्ध सुधारमा सिमित राखेका भए भ्रमणको आलोचना गरिरहनुपर्ने थिएन। तर, उनले भावी सरकारको नेतृत्वका लागि भारतीय समर्थन हासिल गर्नुलाई भ्रमणको मूल लक्ष्य बनाए र सरकार गठनको विषयलाई केन्द्रमा राखे। यसमा डा. भट्टराईले आत्मालोचित हुनैपर्छ । source:http://www.mysansar.com/archiv...
_____ · Jan 26, 2011 10:56 AM · 15,343 views
This bhattari guy is key behind the 12 point compact between sPA and india. Our national pride (more or less what was left behind) was yeilded fully to india after this. These all leaders are UCHALEKO KUKUR, cannot hunt a single deer. People have expectation from him but if becomes PM in indian backing he will do nothing, he will be just degraded in front of people. So, if wants to do something to nepal and nepali he should become PM on their own, not being cheap Indian puppet.
NALAPANI · Jan 26, 2011 11:16 AM
Whoever wrote this article is living in an ideal world. Let us assume Baburam wants to have a shot at PMship. Let us say he is 56 years(I do not know). If he really wants to be a PM, this is the time. Will there be another time, nobody knows. And to be a PM, you need to do what you are supposed to be best at: play politics. I do not think Baburam is that good a politician, he is an architect, one who bases his action upon facts. Whereas a politician has also to learn to make action based upon wind; whichever way the wind blows you swing too. Of course a good, patriotic politician has to keep his real intention in his heart, but has to learn how to blow wind, how to make wind etc. So Baburam is trying to make a wind here, although I think too he does not have to. We need honest but clever politicians like him. Baburam may be honest but has to learn to be clever, cleverer than he is right now. Not only India, go to China, USA, Euro zone etc until he gains the PMship. Only thing he should not do now is do a crime anymore (Yes kehi chor netharu lai chahi sakhap parnu parchha).
eklo · Jan 26, 2011 11:45 AM
Agree with each sentence in the original article.
Stiffler · Jan 26, 2011 12:03 PM
ha ha this thug is the architect behind the maoist movement repsonsible for shedding blood of thousands of nepalese. there is a cloud hanging over him and i have always doubted this person's true agenda which is trying to break the country into small pieces ideologically and eventually geographically. people have questioned him being a RAW agent which in my opinion is not as fictious as it seems. this a-hole as it turns out is no different than any other that were in the position before him. yet another sell out bowing before india. Last edited: 26-Jan-11 02:14 PM
chaurey · Jan 26, 2011 12:17 PM
You are right Chaurey. He is a murderer of thousands of innocent nepalese. He can undoubtedly be a good archetect, but he is working as per indian agenda so he is faciliatating indian vested interest of annexing Nepal by crumbling it into many pieces. If not, unlike communist ideology why is he advocating ethnicity and geography based division of country? Who will be get benifitted by this? put aside PMship, he should be brought behind bar for his heinious crime of murdering poor and innocent nepalese. Last edited: 26-Jan-11 01:05 PM Last edited: 26-Jan-11 01:19 PM
GorkheCowboy · Jan 26, 2011 1:05 PM
बाबुराम बम्बैमा अनुराधा गान्धी फोउन्डेसन को कार्यक्रम मा गएका थिए. त्यो एक वामपन्थी संस्था नै हो. उनी नगएका भए प्रचण्डहरुले ‘लौ दिल्ली चाहि गयो, आफ्नै बामपन्थी साथीहरुले बोलाएको संस्थामा चाहि गएन ‘ भनेर भन्थे होला. कुरो के भन्दा आफु जनतामा अलोकप्रिय भएपछी बाबुराम ले ‘हिन्दी फिल्म’ हेरे पनि गाली गर्ने , भारतीय अगरबत्ती बाले पनि गाली गर्ने , लौ भारतीय दलाल हो भनिहाल्ने काम भएको छ. मुख्य कुरो बाबुराम ले गरेको काम को आधारमा मुल्यांकन गर्ने हो उनलाई . लाइन चाहि बाबुराम को लिने, नेतृत्व चाहि आफै राख्ने काम भएको छ अहिले ! source: mysansar comment from chandragurung
bhustighre · Jan 26, 2011 5:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion