Sujata lai bhete 3 jhapad hanchhu............................bharol ka junge !!! रेग्मी भन्छन्- ‘सुजातालाई पाए तीन झापड हान्छु’ झलनाथसँग माफी नमागेको दावी [Disallowed String for - ] type="text/javascript" src="http://s7.addthis.com/js/250/a..."> [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..." type="text/javascript">[Disallowed String for - ] type="text/javascript">google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); ११ माघ, सुनसरी । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई झपड हानेर एकाएक चर्चामा आएका सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई तीन झाडप हान्ने चाहना देखाउनुभएको छ । धरौटीमा रिहा भएको भोलीपल्ट मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै रेग्मीले भन्नुभयो- ‘देश विगारेकाले मैले खनाललाई त एक झापड मात्र हानेको हुँ । सुजाता कोइराला भएको भए तीन झापड हान्थे ।’ उहाँले झापड हानेकोमा आफुले खनालसँग माफी नमागेको पनि दावी गर्नु भयो । उहाँले भन्नुभयो-’मलाई यहाँ सही गर भनेपछि गरेको हो । त्यहाँ के लेखिएको छ मलाई थाहा छैन । भोली केही भएको अवस्थामा परिवारले खोज्न पाउने छैन भनेर लेखिएको पनि हुनसक्छ । त्यो उहाँहरुलाई नै थाहा छ ।’ रेग्मीले नेताहरुले देश विगारेकाले सबैलाई सवक सिकाउन झापड हानेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’मैले व्यक्तिलाई होइन,नेताहरुको चेत खुलोस भनेर झापड हानेको हुँ ।’ माघ ६ गते सुनसरीको इटहरीमा एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष खनाललाई झापड हानेका रेग्मी मंगलबार १ हजार धरौटीमा रिहा हुनु भएको थियो । http://www.onlinekhabar.com/20...
NALAPANI · Jan 25, 2011 10:26 PM · 2,065 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion