कति घीनलाग्दो नेपाली राजनीति: दुर्गाप्रसादको किर्ते वक्तव्य बनाए झल्लुले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साभार: माइसंसार कम कति घीनलाग्दो नेपाली राजनीति: दुर्गाप्रसादको किर्ते वक्तव्य बनाए झल्लुले अबिरले रंगिए रेग्मी, उनी एमालेको निगरानीमा By Salokya, on January 25th, 2011 अबिर रंगाउन सेना पनि ? कि कम्ब्याट ड्रेस लगाएका सर्वसाधारण मात्र हुन् ? फोटोः अमर खड्का देशको तेस्रो ठूलो दल एमालेका अध्यक्ष तथा भावी प्रधानमन्त्रीका एक संभावित उम्मेदवार झलनाथ खनाललाई सार्वजनिक स्थानमा झापड हान्ने देवीप्रसाद रेग्मीलाई आज सुनसरी भरौलका स्थानीय बासिन्दाले अबिर लगाएर स्वागत गरेका छन्। गाउँलेले उनलाई अबिरले रातै बनाएर गाउँ डुलाए। माफी मागे भनिएका रेग्मीले यो वातावरणबाट हौसिएर आफ्नो गाउँमा पुग्दा यसो पो भन्छन् त गाँठे- देश बिगार्ने नेतालाई झापड हानेकोमा गर्व छ, किन माफी माग्नु? उनले यस्तो स्पष्टीकरण दिए- ‘छुटने क्रममा प्रहरीले चारवटा कागजमा हस्ताक्षर गराएको छ। माफी पाउँ भनेर काही कतै कसैलाई भनेको छुइनँ।’ यसअघि उनले माफी मागेको हस्ताक्षरसहितको विज्ञप्ति आएको र त्यसपछि आफूले माफी दिएको एमाले अध्यक्ष खनालको वक्तव्य आएको थियो। वक्तव्यबाजीपछि सार्वजनिक अपराधको मुद्दा दायर गरिएका रेग्मीलाई सुनसरीका सीडीओले हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए। हिजो छुटेका रेग्मी आज आफ्नो गाउँ पुगेका हुन्। रेग्मी छुटेपछि उनलाई केही हुनसक्ने चिन्ता केहीले जाहेर गरेका छन्। विशेष गरी एमालेको वाइसीएलका रुपमा चिनिने युथ फोर्सका कसैले उनलाई केही गर्नसक्ने अनुमान गरिएको छ। तर उनलाई अहिले केही हुँदा पार्टी कै बदनामी हुने भएकोले तत्काल त्यो खतरा नरहेको तर भविष्यमा त्यस्तो अवस्था आउन सक्ने विश्लेषण गर्नेहरु पनि छन्। रेग्मी छुटेपछि एमालेको सुनसरी जिल्ला कमिटीले उनलाई निगरानीमा राख्‍ने जनाएको छ। घटनापछि उपसचिव मोतीराज सुनुवारको संयोजकत्वमा गठित समितिको औचित्य सकिए पनि उनले भनेका छन्- पार्टीले रेग्मीलाई उक्साउने व्यक्ति भए–नभएको निगरानी गर्नेछ।

birkrishna · Jan 25, 2011 12:04 PM · 14,183 views

3 Replies

LOL. Now I smell something else going on behind the scene. Say it a "Chana_tarkaari conspiracy theory", but it may be true. Devi Regmi is used to make Jhallu a joke.

chanaa_tarkaari · Jan 25, 2011 1:12 PM

 regmi sir you need to laat haaning prachande/baburamey and kapal bhutlaing that boksi koirala next time. 

chaurey · Jan 25, 2011 1:54 PM

Ohh yeah, I might be true: Read this : राजसंस्था बिदा भएपछिको यस्तो हविगतले नेपालको निम्ति समाधान खोजिरहेको छ। त्यो समाधान दुई प्रकारको हुनसक्छ। पहिलो, पुष्पकमल दाहाल र झलनाथ खनाल दुवैलाई संसद्ले विशेष प्रस्ताव पारित गरी प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार हुनबाट कम्तीमा २ पटकनिम्ति अयोग्य ठहराउने। .... दोस्रो, माधवकुमार नेपाललाई प्रधानमन्त्री पदको नयाँ निर्वाचनमा उम्मेदवार हुन अनुमति दिनुका साथै कांग्रेस का रामचन्द्र पौडेल वा शेरबहादुर देउवा वा काङ्ग्रेसले चाहेको कुनै सभासद्लाई वा अरू कुनै पार्टीका सभासदलाई उम्मेदवार हुन अनुमति दिनु। ..... सर्त के मात्र हो भने झलनाथ खनाल र पुष्पकमल दाहालजस्ता अयोग्यहरुलाई प्रधानमन्त्री हुनबाट २ पटकको निर्वाचनसम्म प्रतिबन्ध लगाउनु। झलनाथ खनाल के हुन् भन्ने त २०४७ को ... अन्तरिम शासनकालको मन्त्री परिषद्मा खनालले देखाइसकेका थिए। सम्वत् २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्बाट खनाललाई बाहेक गरिएको थियो ...। यही क्रममा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलले अहिले आफ्नो पार्टीभित्र पुष्पकमल दाहालका सम्बन्धमा उठाएका विवादमा गम्भीर सैद्धान्तिकता रहेको मलाई लागेको छ। source : nagariknews.com/opinions/98-opinion/22721-2011-01-24-07-27-58.html --------------- You should demand continuation of present kaamchalaau sarkaar for another 50 years instead of restricting Jhallu and Prachande from being a PM candidate. You only want people like Makune, who hears you. You don't want  a transparent system that works for the country. Otherwise, why would you argue for banning someone who have won the election? May be they (Jhallu and Prachande) are wrong or bad for the country but they have the right to be a PM-candidate unless you can't win an election against them. You people are makign DEMOCRACY a joke. If you can DARE TO GO FOR THE NEXT ELECTION and see what comes out. Now, I started to believe on the conspiracy theory more than before.

chanaa_tarkaari · Jan 25, 2011 3:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all