Interesting!! I guess everyone has similar experiences: १. कति पटक चढ्यो सगरमाथा? नेपाल भन्दा बितिक्कै धेरैले सगरमाथा भनेर चिन्छन्। हिमालै हिमालको देश्। हिउ नै हिउ को देश भन्ने छाप हुने रैछ। अनि त के जसले भेटे पनि सोद्ने सगरमाथा चढेको छ? सुरु सुरुमा त सोझै हिसाबले छैन भन्दिन्थे। तर धेरै सोदेको सोदेइ गरे पछि त झ्याउ लाग्ने रइछ। त्यसपछी मेरो उत्तर हुन्थ्यो "के सगरमाथा ब्यानै बेल्का बाथरूम गा' जस्तो हो र?" यिनीहरुको देशमा जति अग्ला अग्ला र अनकन्टार ठाउमा पनि मोटर बाटो बना'छन्। त्यसैले सोच्दा हुन माउण्ट एभरेस्ट को अली तल सम्म गाडी जान्छ होला अनी १-२ घन्टाको हाइकिङ गरे त टुप्पो मै पुगिन्छ होला। यिनलाई के था' हाम्रो कथा ब्यथा। २. स्कि त खुब खेलिन्छ होला है? यो प्रसँग पनि हिमाल अनि हिउ संगै को हो। यी खैरे हरु हिउ देख्यो कि स्कि खेल्नु पर्ने। अथवा स्नो बोर्ड गर्नु पर्ने। नेपाल बाट आ'भन्दा बित्तिकै खुब स्कि गर्छौ होला है भन्ने के। सोझै हिसाब ले भन्छु-गर्दिन। आफुले नेपाल हुँदा कहिले नि हिउ त छुन पा'हैन। पहिलो पटक हिउ छोएकै अम्रिका मा हो। क्यार्ने नेपालमा त कहिले काही देखिन्थ्यो काठ्माण्डुको उत्तर तिरको हिमालको टुप्पा टुप्पामा। पछि यतै तिर स्की त एक्पटक गरियो। अर्काले गरेको हेर्दा रमाइलो देखिने तर अफुले गर्दा अती गारो। मेरो अनिभव हो स्की को। नेपालका अनकन्टार हिमालहरुमा हेलिकप्टर बाट माथि गएर तल झर्दा स्की गरेको भिडियो हेर्या थे यू ट्युबमा। त्यो भन्दा केही थाहा छैन। ३. हेल्लो होईन "होला" एकपटक Corvallis बाट लेखनाथलाइ भेट्न रीनो जादै थिए बसमा। स्याक्रमेन्टोको बस स्टेसन्मा बस कुरेर बसी रा'थे। यौटि दिदी जस्ती उमेरकी महिलाले म सँग कुरा गरिन्। तर एकहोरो। मैले बुजेपो!! के भन्छिन के के। मैले के मेसो पाए भने उनले स्पेनिशमा बोलेकी रैछिन्। मेक्सिकोमा स्पेनिश भाषा बोलिन्छ। मेक्सिकन र हामी नेपाली हेर्दा उस्ता उस्तै पनि देखिन सक्छौ। त्यसैले उनले मलाई पनि उस्तै देखिछन र स्पेनिश्मा कुरा गरिछन्। समस्या के पर्‍यो भने उनले अङ्रेजी नबुज्ने मैले स्पेनिश्। त्यसैले दोहोरो कुरो हुन पाएन। मैले अङ्रेजी मा स्पेनिश बुज्दैन भनेको उनले यति चै बुजिछन की के हो त्यसपछी बोलिनन्। धेरै जसो बेला "यो" छुट्टै नदिखेने समस्यै हुने रैछ। हामी नेपाली कोही भारतीय जस्तो, कोही मिडिल इस्ट तिरको जस्तो, कोही मेक्सिकन जस्तो, कोही जापानिज जस्तो। यो बिबिधता। अस्ति मात्रै एउटा खैरे ठिटोले "आर यू गाइज फ्रम इन्डिया?" भन्यो। मैले भने "नो"। "फ्रम पाकिस्तान्?" "नो"। "बङलदेश?" "नो"। "यु गाइज किडिङ, राइट्? त्यो भेगका केही देशको नाम लिदा पनि नमीले पछि त्यो ठिटो दंग परेछ। इन्डिया पुगेको त्यो ठिटोले हाम्रो जस्तो रुप रङ भाकाहरु इन्डिया बाटै हुनु पर्छ भन्ने सोचेको। नेपालबाट भनेपछि दंग पर्यो। more on this link!! अम्रिका बस्दाका केही रोचक प्रसँगहरु-२
guruji · Jan 25, 2011 10:44 AM · 9,580 views
I have same kind of experience too.They think that our country is very much cold and covered by snow all the time.Beside that one guy asked me " Have u ever seen yeti"?U won't lack oxygen in Nepal coz its in the highest place in the earth?But When people ask me where are u from and I say Nepal . They are like wow and suprise coz they are tired of seeing too much chinese and Indians in USA.
bigrekoketo · Jan 25, 2011 10:53 AM
exactly bigrekoketo. I do have similar experiences in US.
guruji · Jan 25, 2011 6:33 PM
Interesting , Mitra aru pani jaaos hai !
adhikari_bandhu · Jan 25, 2011 9:08 PM
@adhikari bandhu, let the blogger write. I was just reading it and posted on sajha.
guruji · Jan 27, 2011 9:44 AM
यु आर राइट, हामिलाइ सगरमाथा बिहान बेलुका बाथरुम गएको जस्तै ठान्छन। जापानमा पनि हिऊँ परेको र जाडोको समयमा तँलाई त के नौलो तेस्तो ठाऊँमा जन्मेको मान्छेलाइ भन्छन। अनि मलाइ पनि इन्दोजिन देसका ? भनेर सोध्छन, चिगाऊ-चिगाऊ,नेपारुजिन देस, भन्छु।
gorkha_lahure · Jan 29, 2011 10:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion