झलनाथ पछी अब गालामा चटकाइ खाने राजदुत हमिद अनसारी को पालो आको छ ['लाश त पठाइदियौ, पैसा खै ?' कविता सुवेदी–२०६५ जेठ १८ गते। साँझ पाँच बजेको हुँदो हो। म तरकारी काट्दै थिएँ। फोनमा बुबा (ससुरा) कुरा गर्दै हुनुहुन्थ्यो। 'के भयो,' अचानक उहाँको अनुहारको रङ फेरियो। उताबाट के भने खै, बुबाका हात काम्न थाले। नजिकै आमा (सासु) हुनुहुन्थ्यो। उहाँले बुबाको हातबाट फोन तान्नुभो। आमा मलाई हेर्दै कुरा गरिरहनुभएको थियो। मेरो मनमा चिसो पस्यो। एक्कासी ठूलो भारीले थिचेजस्तो भो। 'के हुन्छ फोन गर्दै गर्नू,' आमाको बोली नसकिँदै मैले हातबाट फोन खोसेँ। 'भाइको (रमेश सुवेदी) अवस्था कवितालाई नभन्नू। स्थिति चिन्ताजनक छ। के हुन्छ म खबर गर्छु,' म बोल्न सकिनँ, सुनि मात्र रहेँ। उताबाट फोन राखिसकेछन्, मलाई हेक्कै भएन। 'आमा, के भएछ उहाँलाई,' आँसु पुछ्दै मैले भनेँ। आमा पनि थामिन सक्नुभएन। उहाँको हिक्का बढ्दै गयो। 'गाडी दुर्घटनामा परेको छ रे,' भक्कानिँदै मलाई अँगालो हाल्नुभयो, 'होस छैन भन्छ दाजु।' म थुचुक्क भुईमा बसेँ। सबै अन्धकार भएजस्तो लाग्यो। ... झलमल्ल उज्यायालो भइसकेको थियो। म आँगनमा उभिएको थिएँ। 'दिउँसो मलाई भेट है,' उहाँ (रमेश सुवेदी) ले भन्नुभयो। मैले टाउको हल्लाएर मञ्जुरी जनाएँ। म त्यो बेला ११ कक्षा पढ्दै थिएँ। दिउसो उहाँ आफैं आएर मलाई भेट्नुभयो। 'ल यो घरमा गएर हेर है,' लजाउँदै मेरो हातमा चिठी थमाएर उहाँ जानुभयो। डराई डराई राति सुत्नेबेला सिरकभित्र बसेर चिठी हेरेँ। प्रेम पस्ताव राख्नु भएको रहेछ। म घरि चिठी खोल्दै घरि बन्द गर्दै हाँसी मात्र रहेँ। त्यो रात राम्ररी निद्रा परेन। 'के सोच्यौं त,' उहाँ बिहानै आउनुभयो। मलाई केही भन्नै आएन। उहाँले फेरि सोध्नुभो, 'केही त भन!' 'हुन्छ,' म दौडदै घरभित्र छिरेँ। हामी तेह्रथुमबाट झापाको दमक बसाइ सरेका थियौं। त्यहाँ आएको एक वर्ष मात्र हुन लागेको थियो। म न्यौपानेकी छोरी, उहाँ सुवेदीको। घर पनि तल्लो-माथिल्लो। नचाहँदा पनि भेट हुने। तर, हामीमा एकअर्कालाई भेट्ने र देख्ने चाहना बढ्दै थियो। बुबाआमाले हाम्रो विवाह स्विकार्नुहुन्छ जस्तो हामीलाई लागेन। किनकि घरै तल्लो-माथिल्लो थियो। प्रेम सम्बन्ध भएको एक महिनामै हाम्रो भाग्ने सल्लाह भयो। २०६२ जेठ ११ गते हामी भाग्यौं। मोरङको मंगलबारेमा सानिमाको घर थियो, हामी त्यहीँ पुग्यौं। भागेको एक साता बित्न नपाउँदै बुबाआमा हामीलाई लिन आउनुभयो। 'भाग्नुपर्छ!' घरपुगेपछि बुबाआमाको खप्की खाइयो, 'भनेको भए बिहे गर्दिन्थ्यौं त।' जेठ १८ गते हाम्रो विवाह भयो। म १८ वर्षकी मात्र थिए। घरको अवस्था सामान्य थियो। स्थायी रूपमा कमाउने कोही नहुँदा समस्या बल्भि्कँदै थिए। खोइ कसले के भन्दे छ, उहाँले एकदिन साउदी अरब काम गर्न जाने कुरा सुनाउनुभयो। 'दुई-चार वर्ष काम गरेर घरखेत जोड्ने पैसा कमाएपछि यहीँ बसौंला,' उहाँ मलाई सम्झाउनुहुन्थ्यो। घरको अवस्था त्यस्तै थियो, मैले नाइँ भन्न सकिनँ। 'बच्चा जन्मेपछि जानुभए हुन्न,' दुई महिना रोकिनँ मैले भनेँ। 'सबै कुरा मिलिसक्याछ, पछि भन्या के हो के,' उहाँले भन्नुभयो, 'जन्मेपछि फोटो पठाइदेन।' २०६३ असोज २९ गते उहाँ साउदी अरब जानुभयो, मंसिरमा छोरी (रोजिना) जन्मी। दिनैजसो मोबाइलमा हाम्रो कुरा हुन्थ्यो। उहाँले मोबाइल किनेर पठाइदिनुभएको थियो। विस्तारै छोरी पनि बाबासँग कुरा गर्न थालेकी थिई। छोरी कस्ती भई? - उहाँ सोध्नुहुन्थ्यो। मैले छोरीका फोटाहरू पठाइदिएको थिएँ। 'छोरी त मैजस्ती रैछे,' उहाँ जिस्किनुहुन्थ्यो। 'बाबा मलाई गाडी ल्याइदिनू,' छोरी तोते बोलीमा भन्थी, 'छिटो आउनू है।' २०६५ जेठ ७ गते उहाँले अन्तिमपटक फोन गर्नुभएको थियो। यसबीच उहाँले जग्गा किन्न ४ लाख रुपैयाँ पठाउनुभएको थियो, दुई लाख आफ्नो कमाइ, दुई लाख ऋण खोजेर। 'छोरीले देख्न खोजेकी छे,' मैले भनेँ। 'चिन्ता नगर,' नेपाल फर्कन सरसामान किनिसकेको उहाँले बताउनुभयो, 'म छिट्टै आउँछु।' उहाँले हप्ता दिनमा आउने बाचा छोरीसँग गर्नुभएको थियो। छोरी भन्दैथी, 'बाबाले धेरै गाडी ल्याइदिने रे।' फोन नआएको हप्तादिन भएको थियो। दिनैजसो फोन गर्ने मान्छेको फोन नआउँदा चिन्ता लागेको थियो। २०६५ जेठ १८ गते फोनको घन्टी बज्यो। उहाँकै होला भनेर तरकारी काट्दै गरेको हँसिया मिल्काएर उठ्न खोजेकी थिएँ, बुबाले फोन समाउनुभयो। ... जेठ १४, उहाँ दुर्घटनामा पर्नुभएको दिन। उहाँको दाइ (विष्णु सुवेदी) पनि सँगै साउदीमै काम गर्नुहुन्थ्यो। १८ गते मात्र जेठाजुले खबर गर्नुभयो। काका ससुराका छोरा पनि त्यहीँ सँगै काम गर्थे। अस्पतालमा राखेको उहाँको खबर नआएपछि मैले नै फोन गरेँ। 'साधारण हो, केही भा'छैन,' जेठाजुले भन्नुभयो, 'अस्पतालभित्र डाक्टरले फोन लान दिँदैन।' त्यसपछि जेठाजुले फोन गर्नै छोड्नुभो। मलाई भने एक शब्द मात्र उहाँले बोलेको सुन्न पाए नि हुने भन्ने थियो। जेठाजुको फोन जेठ २७ गते मात्र आयो - म डङ्रङ्ग भुइँमा लडेँ। उहाँको मृत्यु २२ गते भइसकेको रहेछ। साउन १४ गते उहाँको शव झापा आइपुग्यो। अन्तिमपटक मैले उहाँको अनुहार हेरेँ। पहिलोपटक छोरीले। 'खोइ त बाबाले गाडी ल्याइदिनुभएको,' छोरीले भनी। म भक्कानिएर भित्ता समाउन पुगेँ। ... कम्पनीले क्षतिपूर्ति दिन्छ भन्ने थाहा पाएर साउदी अरब कागजात पठाइयो। उहाँले पाँच महिनाको तलब पनि कम्पनीबाट लिन बाँकी रहेछ। उहाँ काम गर्ने कम्पनीले ५६ हजार रियाल (११ लाख २० हजार रुपैयाँ) र बिमा कम्पनीले १ लाख रियाल (२० लाख रुपैयाँ) क्षतिपूर्ति रकम परिवारलाई दिनू भनी साउदीस्थित दूतावासमा पठाएको छ। बिमा कम्पनीले दूतावासलाई बुझाएको चेकको फोटोकपी गरेर हामीलाई पठाइदिएको छ। चेकमा साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले बुझेको भनी हस्ताक्षर गरेका छन्। गत वर्ष साउन महिनामा चेक बिमा कम्पनीले दूतावासलाई बुझाएको हो। चेक बुझाएको आज डेढ वर्ष भइसक्यो, क्षतिपूर्ति रकम राजदूत दिनै मान्दैनन्। मलाई घरिघरि एउटै प्रश्न उनलाई मन लाग्छ- 'मेरो श्रीमान्‌को लाश त पठाइदियौ तर बीमाको पैसा खै ?' साउदीस्थित नेपाली दूतावासमा फोन गर्दा त सुरुमा 'पैसा आको छ पठाइदिन्छु' भन्थे। पछि 'अहिले दिन मिल्दैन' भने। हुँदाहुँदा 'एउटा बैंक खाता खोलेर ताकेता पत्र पठाऊ, हामी खातामा पैसा पठाइदिन्छौं' भने। हामीले त्यसो पनि गर्‍यौं, तर दूतावासका कर्मचारी फ्याक्सबाट पठाएको ताकेता पत्र हामीले पाएनौं मात्र भन्छन्। परराष्ट्र मन्त्रालय पनि वास्ता गर्दैन। भन्ने बेलामा हुन्छ हुन्छ मात्र भन्छ, गर्ने बेला केही गर्दैन। राजदूत कहिले 'चेकमा आएको रकमको ४० प्रतिशत दुर्घटना भएको गाडी मालिकलाई दिनुपर्छ' भन्छन् त कहिले '४० प्रतिशत वकिललाई'। राजदूतले हाम्रो नाममा आएको क्षतिपूर्ति लिएको डेढ वर्ष भइसक्यो, तर हामीले आजसम्म एक रुपैयाँ पाउन सकेको छैनौं। हुँदाहुँदा अहिले दूतावासका कर्मचारी बिमा कम्पनीले दिएको रकम दूतावासको खातामा छैन भन्न थालेका छन्। राजदूतले बुझेको स्विकारेका छन्, मलाई दिएका छैनन्। दूतावासको खातामा रकम छैन भने कहाँ गयो त। अहिले म फलानो भनेपछि दूतावासका कर्मचारी कुरै नगरी राखिदिन्छन्। राजदूत कुरै गर्न मान्दैनन्। परराष्ट्र मन्त्रालय धाउँदा र साउदी फोन गर्दा पैसा नै सिद्धिसक्यो। स्थानीय ठूला दलका नेताहरूलाई गुहारेँ, उनीहरूले पनि वास्तै गरेनन्। म हार मानेर झापा फर्किसकेको थिएँ। एकजना छिमेकीले राजदूत अन्सारी काठमाडौं आउँदैछन् भन्ने थाहा दिएर उनलाई भेट्न ऋण खोजेर काठमाडौं आएकी हुँ। 'बाबा कहाँ हुनुहुन्छ,' छोरी सधैं सोधिरहन्छे, 'विदेशमा हुनुहुन्छ है हाम्रो बाबा।' न त म छोरीलाई 'तिम्रो बाबा अब कहिल्यै आउनुहुन्न' भन्नसक्छु, न क्षतिपूर्ति रकम लिएर छोरीको भविष्य बनाउनै सक्छु। २ लाख ऋण छ त्यो के गरी तिर्ने थाहा छैन। हप्तैपिच्छे तिम्रो क्षतिपूर्ति आयो भन्दै पैसा माग्न आउँछन्, म सधैं घोसेमुन्टो लगाएर बस्छु। यही छटपटीले मलाई सधैं पिरोलिरहन्छ। क्षतिपूर्ति रकमबाट एउटा सानो घर बनाई छोरीलाई राम्रोसँग पढाएर उसको भविष्य बनाइदिनसके उहाँको आत्माले शान्ति पाउँथ्यो। (सुरेन्द्र पौडेलसँग गरेको कुराकानीमा आधारित) Last edited: 21-Jan-11 11:15 AM
The real patriot · Jan 21, 2011 11:14 AM · 16,881 views
Last edited: 21-Jan-11 11:25 AM
The real patriot · Jan 21, 2011 11:25 AM
This baastaaard deserves more than a JHAPAD. His balls should be smashed with stone. Even this does not equate his sin.
NALAPANI · Jan 21, 2011 11:34 AM
true
Magne Buda · Jan 21, 2011 11:53 AM
Hoina yo khate ko yeti dherai thau ma naan aauda ni kina kasaile kei garna sakya chaina haan, yo Feri kujata ko katapatti ko natedar paryo
sna · Jan 21, 2011 12:19 PM
@ sna He is her "in between thighs" relative. Khate harule desh khane bho !!!!
GorkheCowboy · Jan 21, 2011 1:10 PM
found this picture in google
super007 · Jan 21, 2011 1:33 PM
ल साथी हो आयो तपाईंहरु ले गाला मा चट्काउने हमिद् अन्सारी । ल जे जे भन्नु छ भने हुन्छ
The Real Patriot · Jan 21, 2011 9:27 PM
Oh gosh, my heart goes out to little girl and her family. A$$hole diplomat like this lameass Hamid Ansari and current corrupt politicians are ripping off Nepal and fellow nepali citizens. People, it's time to campaign against these corrupt politiians. Nepal would be much better off without current political parties and their leaders.
GorkhaliKeto · Jan 21, 2011 10:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion