फेरि आयो रात प्यास लिएर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फेरि आयो रात - प्यास लिएर फेरि लाग्यो मात - सास पिएर मोहनी लागे जस्तो पहिलो प्रेम जस्तो फेरि आयो रात - प्यास लिएर मेरो सुन्ने कोही छ कि ? आफ्नो ठान्ने कोही छ कि ? मेरो मन बहकिंदा साथ दिने कोही छ कि ? पिलाई दिने कोही छ कि ? उसको ओठ जस्तो मिठो गीत जस्तो फेरि आयो रात - प्यास लिएर भोलि कस्ले देख्या' छ र ? मरिलानु के नै छ र ? बरु मर्छु म पिएर यहाँ को नै अमर छ र ? यहाँ को नै खुशी छ र ? पहिलो चोट जस्तो गहिरो खोट जस्तो फेरि आयो रात - प्यास लिएर

simple_keta · Jan 21, 2011 7:22 AM · 20,158 views

10 Replies

dukha lagdo chha hai yo kabita ta!!! ramro chha tara.

pnepali · Jan 21, 2011 8:18 PM

awesome poem...simple and touchy.....

OBAMA · Jan 21, 2011 9:27 PM

अमुल्य समय निकालेर मिठो हौसला लेखि दिनु भो likes मा क्लिक गरि दिनु भो धन्यवाद

simple_keta · Jan 22, 2011 7:06 AM

राम्रो छ। लेख्दै जाऊ, हौसला छ है।

subrath · Jan 22, 2011 11:08 AM

के छ हौ गाउँले!!! अरु त केहि नभए नि यसो अक्षर शब्द बाडे है! पुराना दिनका हुन् येदि तिमी भेटियौ भने... कुनै परिचित गाउँका गोरेटोमा फेर्दै गरेका अन्तिम सासहरुमा भर्थेक नभेटिनु येदि तिमी भेटियौ भने: भनीदेउ पल्ला घरे भान्दाईलाई बेसीमा आज रोपाई हुदैन माथ्ला गाउँका हर्कट्टे कान्छोलाई पानी घट्ट बिग्रेछ वल्ला घरका ठुली दीदीलाई नुन पैचो रह्यो भनिदेउ माने भाईलाई बम्बैई जाने रेल छुट्यो भनिदेउ हाम्रा दाईलाई खेत आधै जोतेको छ भन्नु बाख्राहरु राङा भिरमा चर्दैछन् भाउजुलाई भनिदिनु रामहरि बाँजेलाई खबर दिनु पूजा नचढ्ने भो! शिव सरलाई नबिर्सी भन्नु स्कुलको घन्टि हरायो बिर्खे माईलाको दोकानमा उधारो मागिदैन पान्लोटे बाजेको होटेलमा चियाखान भ्याईदैन अन्तरे लहुरेसँग तास खेलिदैन काजीबाँ कहा भाका नाग्ने भो भनिदेउ सान्मैयाँलाई कुवैतजाने भिसा बन्द भयो भनु चौरमा बिरे काकाको भाषण सुन नपाइने भो भन्नु धुर्बेलाई जङल नपसेस् भन्नु डडेलो लागेछ सानेलाई सेनामा नलागेस् बैरि लागेछ भन्नु बिदेशिएका धर्मेलाई भन्नु देश नलाग्नु बाटो बन्द छ बिकासे तिलकबाबुको मिटिङ् छुटने भो खबर दिनु ति सधै तर्किहिड्ने ऐसेलुलाई अब पछ्यौदिन भनिदेउ पधेरो जादा गाग्रीमा ढुङ्गा हुन्न भन्नु अनि बज्यैलाई सन्चै खबर दिनु! भर्थेक नभेटिनु येदि तिमी भेटियौ भने: भनीदेउ... कवि         -सुब्रत

subrath · Jan 25, 2011 4:56 PM

सुब्रत लाई समरपिडित तात्तातो शब्द... बिदेसि साथि लाई मेरो नमस्कार भोको त छु नै तर दिम्ला संसार यदि हाँसेर हेरि दिन्छौ भने अनि आँसु पुस्छौ भने अँ, साच्चै... भन्दिनु भन्या छ … दुखि छु - मरेको छुईन दबेको छु - मौन छुईन थाकेको छु - भाग्या छुईन नेपालि नै हुँ हारेको छुईन अँ, साच्चै... अनमिन आउँदा रे शान्ति बंबै गाकि अनि उतै धोर्ले छोरो बिकाश पाई रे हिजो पोको जोडेको उस्ले खाई नखाई उपिँया सहित माईति नेपाल पठाई रे यस्तै हो ताल यस्तै छौ हामि यस्तै छ यहाँ के सुनाम र खोई... बिदेसि साथि तिम्लाई के ढाँट्नु र खोई दुखि लाई - मार्नै आँटे दबेको लाई - डुबाउन खोजे थाकेको लाई - भार दिये नेपालि लाई बर्बाद पारे ३०० गुन्डा पाल्या छन रे धारा उपधारा लगाई हाल्छन रे मानेन भने ठोकि हाल्छन रे लौन दुखि लाई हसाउ बरु दबेको लाई उठाउ बरु थाकेको लाई सुत्न देउ म नेपालि लाई चंदा देउ बाई

simple_keta · Jan 26, 2011 8:43 AM

केटा र सुब्रत दुवैलाई मिठो रचनाको लागि साधुवाद!

Geology Tiger · Jan 26, 2011 8:58 AM

होईन हो... सुब्रत सरको साहित्य जत्ति पढ्छु, झन-झन मन पर्छ... ! निक्कै राम्रो लेख्नु हुन्छ। सिक्दै छु गुरु मानेर। कस्तो राम्रो फ्रेम, कस्तो राम्रो प्लट... अनि ट्विस्ट पुव्छरमा। लाजवाब! सिक्दै छु यो तरिका आजकाल म नि'... आसिर्वाद दिनु होला। :) बाई!

simple_keta · Feb 6, 2011 11:19 AM

simpal ji शब्द चयन् बेजोड छ् ,यो कबिता गजल म् लाई असाध्एइ राम्रो लाग्यो |

prabhat41 · Mar 24, 2011 11:23 PM

subrath ji, what a poem....what a plot and execution !!! its not new...i have definitely read something similar but it is one of the better one...one of the best on our sajha.... simple_ keta and subrath, keep it up ...hope to read some more...

OBAMA · Mar 25, 2011 4:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all