यो जस्तो राम्रो समाचार अरु के होला?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसैगरि सबै चोर नेताहरुले जनताको झापड खाए कति राम्रो हुन्थ्यो होला? झलनाथले खाए झापड By mysansar, on January 20th, 2011 एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा एकजनाले झापड हानेका छन्। एमालेकै पूर्व पार्टी कार्यकर्ता रहेका देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका हुन्। झापड हान्ने रेग्मीले नेताले देश बिगारेकाले आफूमा आक्रोस बढेको र आवेगमा आएर खनाललाई झापड हानेको स्पष्टोक्ति दिएका छन्। अचानक झापड प्रहर भएपछि सयौं कार्यकर्ताबीच रहेका खनाल तिल्मिलाएका थिए। झापड हान्ने रेग्मी संविधानसभा चुनाव अघिसम्म एमालेकै कार्यकर्ता रहेको र त्यसपछि पार्टीगत रुपमा स्वतन्त्र जीवन बिताइरहेका व्यक्ति हुन्। मुलुकको तेस्रो ठूलो दलको अध्यक्षका गाला चड्काइ दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

Geology Tiger · Jan 20, 2011 7:42 AM · 39,603 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

कुनै खबर rationale र silience43? कसैले फन्ड रेज गर्न लागेको छ भने खबर गँरु है, आफूले केही गर्न नसके पनि रेग्मी बाजेलाई दुइचार पैसा सहयोग गर्न पाए हुन्थ्यो। हे भगवान हाम्रो देशलाई यस्ता रेग्मीहरु अरु पनि धेरै देउ, हाम्रो देशमा झापड हान्नुपर्ने यस्ता नेताहरु धेरै छन्    

Geology Tiger · Jan 22, 2011 9:33 AM

I guess, a movement can be started to send individual letters of appreciation to such individuals so that they can feel pride for their deeds if not the monetary support. The other guy would be the traffic cop who stopped constituent assembly member's son. This will certainly make the news and will show the concern from diaspora. It will motivate the pupil to do the right thing. Slapping was good and most people felt good. But correcting what I wrote earlier, vigilante justice will only bring another form of maoism.

arahat · Jan 22, 2011 12:38 PM

 hey Geology Tiger, there's a FB fan page http://www.facebook.com/pages/... far i knew, which aint bad either.

silience43 · Jan 22, 2011 1:57 PM

धन्यवाद  Silience, लु मैले त आफूले सकेको सानो सहयोग गरे, साथीहरु मध्य कसैलाई इच्छा भए.. http://www.deviprasadregmi.inf...  

Geology Tiger · Jan 23, 2011 11:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all