Received in Email from Concerned Nepali Date: Mon, 17 Jan 2011 08:09:41 -0800 (PST) Subject: Immigration Issues about students returning from Nepal- For those of you student who are returning from Nepal has to face immigration questions in the port of entry to USA. It is suggested to answer the questions related work during their stay in USA, AFTER TALKING TO THEIR ATTORNEY only, if you had worked using SS#. If you answered as "No, I didn't work, they will check using your SS#, and ultimately will make return you back to your home country. Recently 2 students send back to Nepal from Chicago airport. Moreover, it may be good idea not to go back home until you got H1 visa, if you had worked using your SS# in USA.
Sajha Info · Jan 17, 2011 10:51 AM · 68,406 views
@Salonni, You have to file I-212, Application for permission to reapply for Asmission into the US after deportation or Removal check this: http://www.uscis.gov/portal/si...
casino · Jan 22, 2011 7:10 PM
More reasons for thorough checking of nepalese passport holders at airports: दुई सभासद्द्वारा 'कूटनीतिक राहदानी दुरुपयोग' FRIDAY, 11 FEBRUARY 2011 10:31 नागरिक सुरेन्द्र पौडेल, काठमाडौं, माघ २८- सभासद गायत्री साह र विश्वनाथ प्रसाद यादवले प्रयोग गरेको कुटनीतिक राहदानीबारे परराष्ट्र मन्त्रालयले संसद सचिवालयसँग जानकारी माग गरेको छ। शाह र यादवको कुटनीतिक राहदानी दुरुपयोग भएको आशंकामा परराष्ट्रले बुधबार एक पत्र पठाई सचिवालयसँग स्पष्ट जानकारी माग गरेको हो। ‘सभासद साह र यादवको नाममा जारी भएको कुटनीतिक राहदानी अरु कसैले प्रयोग गरेको भन्ने आशंकामा परराष्ट्रले जानकारी माग गरेको छ,’ संसद सचिवालय स्रोतले भन्यो, ‘यथार्थ के हो जान्ने ध्येयले संसद सचिवालयमा परराष्ट्रले बुधबार पत्र पठाएको छ।’ नेपाली जनता दलकी साह र मधेसी जनाधिकार फोरमका यादवको नाममा जारी भएको कुटनीतिक राहदानी लिएर अष्ट्रेलिया जाने क्रममा अबुधावी पुगेका पृथ्वी सत्याल र अर्का एकजना नाम नखुलेका व्यक्तिलाई झण्डै एक महिना अगाडि नक्कली राहदानी प्रयोग गरेको भनी नेपाल फिर्ता पठाएको सूचना प्राप्त गरेपछि परराष्ट्रले जाँचबुझ प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ। सभासद यादवले पहिलो पटक कुटनीतिक राहदानी २०६५ साउन २७ गते इटालीमा एउटा सम्मेलनमा भाग लिन जाँदा बनाएका थिए भने शाहले २०६५ साउन १० गते थाइल्यान्ड जान लिएको रेकर्ड संसद सचिवालयसँग रहेको छ। संसद सचिवालय रेकर्ड अनुसार त्यसपछि यादवले २०६७ असोज १८ गते क्यानडा र अष्ट्रेलिया जानका लागि आफ्नो कुटनीतिक राहदानी नविकरण गरेको देखिन्छ भने शाहले २०६६ साउन ८ गते बेलायत जान राहदानी नविकरण गरेकी थिइन्। कुटनीतिक राहदानी नविकरण गरेको चार महिना बित्न नपाउँदै शाहले २०६६ कात्तिक २५ गते अष्ट्रेलिया जान राहदानी पुनः नविकरण गरेकी थिइन्। कम्तीमा पनि छ महिनाको समय राखी दिइने कुटनीतिक राहदानी चार महिना पनि नपुग्दै उनले नवीकरण गरेको देखिन्छ भने १५ महिनामा ३ पटक। स्रोतका अनुसार सभासदले अनुरोध गरेपछि सचिवालयले राहदानी नवीकरण गरी अष्ट्रेलिया भिसाको लागि सहयोग गरिदिन परराष्ट्रलाई पत्र लेखिदिएको थियो। परराष्ट्रले दिल्ली स्थित दूतावासलाई पत्र लेखिदिएपछि दिल्लीस्थित अष्ट्रेलियाली दूतावासले दुवै सभासदको राहदानीमा भिसा लगाइदिएको थियो। त्यसपछि साह र यादवले राहदानी सचिवालय र परराष्ट्र दुवै ठाउँमा नबुझाएको स्रोतको दाबी छ। ‘साह र यादवको नाममा जारी भएको राहदानी कोसँग छ, राहदानीमा भिसा छ कि छैन,’ संसद सचिवलायलाई पठाइएको पत्रको व्यहोरा स्रोतले भन्यो, ‘यथार्थ के हो? जानकारी पठाउन भनिएको छ।’ साह र यादवको नाममा जारी भएको कुटनीतिक राहदानी बेचिएको हुनसक्ने आशंका परराष्ट्रले गरेको स्रोतले बतायो। ‘आफ्नै नाममा रहेको राहदानी आफैले बोक्दा कसैले पनि फर्काउँदैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘यदि राहदानी दुरुपयोग भएको छ भने फोटो परिवर्तन गरिएको हुनसक्छ। भिसामा पनि राहदानी वाहकको फोटो हुन्छ। भिसामा रहेको फोटो र राहदानीमा रहेको वाहकको फोटो नमिलेपछि फिर्ता गरेको हुनसक्छ।’ शाह र यादवले पछिल्लो पटक अष्ट्रेलिया जान राहदानी नविकरण गरेको र उनीहरुको नाममा जारी राहदानी लिएर अबुधाबी पुगेकालाई पनि अष्ट्रेलिया जाने क्रममा फिर्ता पठाइएकोले राहदानीको दुरुपयोग भएको हुनसक्ने स्रोतले बतायो। राहदानी ऐन, २०२४ को दफा ५ मा राहदानीको दुरुपयोग गर्नेलाई स्पष्ट रुपमा दण्ड सजायको व्यवस्था गरिएको छ। ‘आफ्नो नाउँको राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा निजलाई एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ,’ राहदानी ऐनमा स्पष्ट उल्लेख गरिएको छ। ऐनमा राहदानी दुरपयोग गरेको शंका लागेमा जुनसुकै प्रहरीले त्यस्ता व्यक्तिलाई बिना वारेन्ट गिरफ्तार गरी कारबाही अगाडि बढाउन सक्ने समेत जनाइएको छ।
arahat · Feb 11, 2011 7:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion