त्यो अनुहार !!!!!!! जिन्दगीको यो मोड सम्म आइपुग्दा असंख्य अनुहारहरु भेटिए, धेरै मेटिए। अनेक व्यबहार झेलिए, केही मा जेलिएं । एउटा अनुहार म ३० बर्ष देखी बाटो चौबाटोहरुमा खोजी रहेको छु । आज फेरी त्यही पुरानो कालो दिनको स्‍मृतिपुन्जमा पुगेको छु । कुरो ५ क्लास पढ्दा तिर को हो । पिताजीले अंश त्यागी स्वतन्त्र जिन्दगी रोज्नु भएको धेरै दिन भाको थिएन । बाबाले काम गर्ने बैंक मा डकैटी भए पछी बाबाले जागिर छोड्नु भयो । चाँदिका वर्तन बनाउने पुरानै पेशालाई निरन्तरता दिन पूर्बाधार बनाइ भर्खर कामको थालनी गर्नु भएको थियो । नयाँ काम को सुरुवाती लगानी ( समय र अर्थ )मा घरको भकारी भिकारीमा परिणत भैसकेको थियो । समय अनेक दृष्‍टिले कष्टपूर्ण थियो । कुनै चमत्कार बिना त्यो स्थितिबाट मुक्ती मिल्ने संभावना न्यून थियो । चिसो चुल्हो बाल्नै पर्‍यो । खाली पेटहरुलाई माड ले टाल्नै पर्‍यो। आम्दानी भने केही थिएन । बिहान सबेरै उठ्थें । नेपाली कागजको क्यालेण्डर तथा अन्य सजावटका पोस्टरहरुमा रङ्ग भर्थें । एक पाटो रङ्ग भरेकोको १ रुपैया पाइन्थ्यो । रङ्ग भरेर दङ्ग हुन्थें । सधैं हुने काम थिएन। जती हुन्छ मन लगाएर गर्थें । त्यो पैसाले ६ जनाको माड बन्दैन थ्यो । घरमा एउटा पुरानो लुगा सिउने कल थियो । हाम्रो टोलमा एउटा परिवारले ढाकाको खास्टोमा किनारा लाउने काम गर्थे । आमाले त्यही काम मागी किनारा सिउने काम थाल्नु भयो । एक खास्टो को पच्चिस पैसा । कागज मा रङ भर्ने काम न भाकोबेला म नि सिउने गर्थें । जसो तसो चिसो दाउरो बल्थ्यो । लड्डु विद्यार्थी भाकोले पढाई को कुनै चिन्ता थिएन । चिन्ता थियो त भात को । यसरी जिन्दगीहरु घिस्रिरहेका थिए । त्यती बेला दसैंको उपलक्षमा १५ दिन स्कूल बिदा । घटस्थापना अघिल्लो दिन शनिबार थियो । शनिबार बाबाले काम गर्ने आरानमा आगो फुक्ने, रसान मा सहयोग गर्ने काम गर्थें । त्यो दिन पनि म बाबा संगै ज्यासलमा ( काम गर्ने ठाम )थिएं । एक जना ४०-४२ बर्षको झन्डै एस् फीट अग्लो ब्यक्ती ले ढोका ढक्ढक्याए । ढोका खोलें । खैरो रङको दौरा सुरुवाल, कालो भात गाउंले टोपी, इस्टकोट र कपडा को जुता लाएको ब्यक्ती देखें । "किशन दाई को घर यही हो,"नेवारीमा सोधे ती अपरिचित ब्यक्तीले । मैले हो भनें । काँधमा ल्हासाको झोला भिरेका ब्यक्तीले पिताजिलाई भेट्नु पर्ने काम बताउदै थियो ................................................................. क्रमश:
rahulvai · Jan 13, 2011 10:37 AM · 39,171 views
मिठो कथा सुनाउनु भएकोमा धन्यवाद ठुल्दाइ, फेरी पनि यस्तै यस्तै खुराक चाख्न पाइयोस
Geology Tiger · Jan 18, 2011 10:02 AM
ठुल्दाई एउटा अनुरोध, साझा र ठुल्दाईको मुहार पुस्तकबाट बन्चित मेरा शुभजिन्तकहरु माझ मेरो खेस्रा मार्फत हजुरको आत्मबृतान्त पस्किन चाहन्छु अनुमति छ दाई ?
mulmiz · Jan 18, 2011 10:11 AM
धेरै दिन पछी ठुल्दाइको कथा पढ्न पाइयो ! धन्य भईयो प्रभु ! अब अरु पनि लेख्दै गरौ परेको म बेहोरुला !
ritthe · Jan 18, 2011 11:43 AM
Rahulbhai ko katha ramro lagyo. A comparison can be made with the present government who is squeezing from the already sqeezed citizens. Nice presentation.
Stiffler · Jan 18, 2011 2:52 PM
कस्तो राम्रो सत्य कथा , मलाई तेसै भएर धर्म का ठेकेदार हरुमा विश्वाश छैन। तर यो घटना को बेला को समाज शायद तेस्ताइ थ्यो फेरी दुख्ह को बेला मान्छे ले सम्झिनीए पनि भगवान नै हो। सन्सार भरी मान्छे हरु लाई धर्म कमौने भाडो भएको छ. तितो सत्य लाई राम्रो सँग पस्किनु भएको मा राहुलभाइ लाई नमस्कार छ
timi_mero_sathi · Jan 19, 2011 12:19 PM
jwajalapa helo, shreeja khala, makhu ji khei cha yes i am khei or bramu whatever, bur chwa makhau choko khala ni, Dear dai, where is your stories these day, may I published it?
sijupanta · Jul 30, 2011 11:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion