धेरै समयमा केही कोरौ भनेर एस्सो : तिमी अढिग भएर हैन म गलेको तिमी आगो भएर हैन म जलेको यो त पस्चतापको मर्म हो मैले लिएर आएको कर्म हो हराउने छ मेरो अन्तिम सास सँगै खरानी भएर जानेछ मेरो लास सँगै उदेक लाग्छ, एक छिनको प्रतिक्षापनी बरसौ भएछ सोच्न छाडेको पनि अब त जिन्दगीलाई एसै धकेल्दैछु नपिएको बिष हरु ओकल्दै छु तिमी सरल भएर हैन म तरल भएको तिमी पानी भएर हैन म अबिरल बगेको यो त प्रकृतिकै देन हो मेरो सुखको त्यो एक छ्ण हो हिजो थिएन, भोली रहन्न जती कोशीस गर तिमी, भुलाउन म चाहन्न हिउँ पग्लिनु र रात कटाउनु निमेश भरकै कुरा त हो हाम्रो सम्बन्ध र शहरी चर्चा बेतुक को बात न हो
Narayangarh suburb · Jan 4, 2011 1:15 PM · 16,406 views
वाह ! नाराने वाह ! देर आया दुरुस्त आया भन्थ्यो इलाहाबादमा, त्यो भन्दा नि दुरुस्त तन्दरुस्त कबिता आयो। तिमी सरल भएर हैन म तरल भएको तिमी पानी भएर हैन म अबिरल बगेको यो चाँही चोरुं चोरुं लाग्यो है ।
rahulvai · Jan 4, 2011 1:24 PM
नाराने ब्रो, सुन्दर कविता, शब्द चयन गज्जब्को छ।
obama · Jan 4, 2011 2:39 PM
ल ल गुरु राम्रो छ, प्रयास जारी रहोस्, अनि यस्तै हो काग कराउँदै गर्छ पिना सुक्दै गर्छ;
Geology Tiger · Jan 4, 2011 2:54 PM
wah wah
Stiffler · Jan 4, 2011 3:03 PM
अरु चै बुजेको जस्तो लाग्यो मलाई,यो लाइन चै बुजिएन, नारनेजी यो लाइनको अर्थ बुजाइदिनु हुन्छ कि ? तिमी सरल भएर हैन म तरल भएको तिमी पानी भएर हैन म अबिरल बगेको
bhustighre · Jan 4, 2011 4:23 PM
wa..wa..wa narayan jaos aaroo pani jaos?
himalaya178 · Jan 5, 2011 7:31 AM
I am not liquid because you are simple I am not flowing non-stop because you are water English ma lekdha ta jhur sunne rahechha.
Stiffler · Jan 5, 2011 11:15 AM
Thank you everyone... War Damn Eagle!!!
Narayangarh suburb · Jan 11, 2011 12:39 PM
uttam...atiuttam..ramailo lagyo Narayan..feri pani jaos arko!!!!
rofl · Jan 11, 2011 2:12 PM
तिमी सरल भएर हैन म तरल भएको तिमी पानी भएर हैन म अबिरल बगेको English translation, It was not your simplicity that tested my flexibility Nor was it your flowability which tested my eternity
gyanguru · Jan 11, 2011 2:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion