A new plan with the new year

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Throught the year we get very busy. It worths a lot to take a pause at the starting of the new year and decide to do something new for yourself,friends and family. I searched some sites and using some points from them I have compiled new year resolutions and worte it in dautari blog. I hope it will be helpful for our Sajha readers. Happy new year 2011. नयाँ वर्षमा केही नयाँ गर्ने की? नयाँ वर्षको अवसर पारेर म सधैं सधैं दौँतरीमा केही कुरा राख्ने गर्छु। पत्रिका र अन्य साइटहरु मसला भरेर आफ्नो साइट चलाउन व्यस्त रहन्छन्। झिली मिली सामग्री,उत्तेजक फोटो जबर्जस्ती विज्ञापन टाँसेर पाठकलाई आफ्ना कब्जामा राखिराखेका हुन्छन्। मलाई के लाग्छ भने समयको पारसँगै पाठकहरूलाई पनि आफ्नो यात्रामा समेटेर अगाडि बढ्नु पर्दछ। पाठकहरूको सफलता नै आफ्नो सफलता हो। र नियमित कार्यका साथै नयाँ वर्षमा केही गर्ने सोच राखेर आफ्नो जीवनको यात्रा सफल पार्नुपर्दछ। भनिन्छ सफलता हासिल गर्न आफ्नो कम्फर्ट जनबाट बाहिर निस्केर भरमग्दुर प्रयास गर्नु पर्दछ। आफू सधैं जे गरिन्छ त्यही गरेर काम गर्दा पूरा नै नतिजा हात लाग्ने हुँदा केही फरक ढंगले काम गर्दा चाहेको सफलता मिल्न सक्दछ। सायद तपाईहरु कति पयले पनि नयाँ वर्षमा केही नयाँ गर्ने सोच बनाइसक्नु भयो होला। कोही अझै सोच्दै हुनुहुन्छ होला। नयाँ वर्षको प्रण गरिसक्नु भएको भए तपाईँलाई तपाईँको प्रण सजिलै प्राप्त होस,धेरै धेरै शुभकामना। अहिले सम्म सोच्दै गर्नुभएको भए म नयाँ वर्षमा गरिने प्रणहरु कस्ता कस्ता हुन्छन् प्रस्तुत गर्दैछु। १)साथी भाइ र परिबारसंग थप समय बिताउने: काम या अन्य ब्यस्ताले गर्दा धेरै मानिसहरू आफ्नो परिवार ,आफन्त या साथी भाइबाट टाढिने गर्दछन। तर जिबनमा यी निकै महत्वपूर्ण अंग मानिन्छ। यस्तो महत्वपूर्ण अंगबाट कामको बाहानमा किन टाढिने त? करिब ५०% व्यस्त मानिसहरू नयाँ वर्षमा आफन्तसँग थप समय बिताउन प्रण गर्दछन। २)शारीरिक रुपमा चुस्त रहनु: बिकसित देशमा मोटोपन त सबै भन्दा ठूलो समस्या नै हो। आजकाल नेपालमा पनि सहरी क्षेत्रतिर मोटोपन अत्यधिक बढेको छ। अमेरिकामा त ३ जना मध्य २ जना चाहिने भन्दा मोटो हुने गर्दछन। तौलले गर्दा क्यान्सर,ब्लड प्रेसर,तनाब,जिबन यापन आदिले सताउने गर्दछ। शरीर चुस्त रहनाले तपाईँलाई स्वस्थ मात्र बनाउँदैन यसले तपाईँलाई आकर्षक तथा असलपना अनुभव गराउन मद्दत गर्दछ। यती धेरै आकर्षक फाइदा मात्र दैनिक केही मिनेटको कसरतले दिने गर्दछ। अझ खानपानमा अली कन्ट्रोल गर्दा तौल घटाउन झन् सहज बन्दछ। ३)चुरोट,मदिरा तथा अन्य नशाबाट मुक्ति: तपाई हामी कतिपय यस्ता लतमा रहे पनि यसबाट छुटकारा पाउने सोच राखिराखेका हुन्छौं। नशा यस्तो चिज हो जसबाट छुट्न निकै मुस्किल पर्दछ। सर दरमा  ४ पटक सम्म चुरोट छोड्ने प्रयास गर्दा चुरोटको नशाबाट मानिसहरू मुक्ति पाउंदछन। चुरोट,मदिराको लतबाट छुटकारा पाउन चुरोट मदिराको सेबन गर्न साथीहरूबाट छुटिन पर्दछ। साथै आफूलाई अन्य कुरामा व्यस्त राखे नशाबाट छुटकारा पाउन सफल भइन्छ। आजकाल त चुरोट छोड्ने अनेक किसिमका निकोटीन प्याचहरु पाइन्छ। रक्सी छोड्न पनि त्यस्तै प्याचहरू पाइन्छ। यदि त्यहीबाट पनि मुक्त पाउनुभएन भने चुरोट,रक्सी,लागू पदार्थको लतबाट मुक्त दिलाउने कयौं गयर सरकारी संस्थाहरू तपाईँकै गाउँ शहरमा हुन सक्छन्, उनीहरुसंग सम्पर्क गर्नुहोला। केही वर्ष पहिले रेडियो नेपालमा एउटा विज्ञापन बज्ने गर्दथ्यो "चुरोट खाने पैसाले खाजा खाना पुग्छ,रक्सी खाने पैसाले भातै खान पुग्छ"। रक्सी चुरोटले शरीरको मात्र होइन तपाईँलाई आर्थिक नोक्सानी पनि भइराखेको हुन्छ। कहिले त आफन्त तथा साथी भाइ पनि टाढिने सक्छन्। नयाँ बर्ष यस्ता लतबाट छुटकारा पाउने उत्तम समय हुन सक्छ। ४)आर्थिक समस्याबाट मुक्ति : सही तरिकाले पैसा खर्च नगर्दा या न चाहिंदो तरिकाले रिण लिँदा मानिसहरू मात्र होइन देश पनि आर्थिक समस्यामा अल्झिने गर्दछन। पैसा यस्तो अत्यावस्यक चिज हो यो बिना जिबन यापन नै थप्प हुन पूग्दछ।आजकाल ब्याङ्कहरूको होडमा रिणलिन जति सजिलो छ त्यसबाट मुक्ति पाउन उतिकै गाह्रो छ। यदि तपाईँले न चाहिंदो खर्च गरेर पछि पिरोलिने गर्नुहुन्छ या कतै उत्तम लगानी गरेर आफ्नो भविष्य सुनिस् चित पार्न चाहनुहुन्छ भने यो उत्तम समय हो। ५)नयाँ यात्रा: कतै तपाईँलाई नयाँ ठाउँ जाने मन छ तर वर्षौं देखी सोचाइमै सीमित छ भने नयाँ वर्षले तपाईँको सोचलाई सार्थकता दिन सक्छ। तपाई बसाई सराई गर्ने बिचार मा धेरै वर्ष यतीकै सोच्दै हुनुहुन्छ,या जागिर फेर्न धुनमा हुनुहुन्छ या कतै घुम्न जाने कुरा मनमै सीमित राख्नुभएको छ भने नयाँ वर्ष तपाईँलाई मनले चाहेको गर्न एउटा बहाना बन्न सक्छ,तपाईँलाई अहिले नै शुभकामना। ६)नयाँ कुरा सिक्ने: यदि हामी बालकबाट केही नयाँ नसिकेको भए सायद अहिले पनि भात खान पनि आमाकै सहारा लिनु पर्थ्यो। मेरा एक जना शिक्षक भन्ने गर्थे,"भात खाना आमाले सिकाउनु भयो,चिउरा खान म आफैं सिके"। नयाँ वर्ष तपाईँलाई केही नयाँ कुरा सिक्ने समय बन्न सक्छ। पौडी,कुनै किसिमको बाजा,कुनै किसिमको यन्त्र,कुनै खेल आदि सिक्दा जिबनमा थप रमाइलो बन्न सक्छ। नयाँ विषय या थप शैक्षिक अध्ययन पनि आफूलाई थप उचाइमा पुग्न मद्दत गर्दछ। लामो समय देखी केही सिक्ने सोच्दै हुनुहुन्थ्यो भने नयाँ वर्षको सहाराले तपाईँले उक्त कुरा प्राप्त गर्न सक्नुहुनेछ। ७)वातावरण प्रति जागरूक रहनु: हामी जिउने संसार यस्तो ठाउँ हो जून आकास गंगामा कतै भेटीदैन। आकास गंगा यस्तो ठाउँ हो जाहां प्रकाश यात्रा गर्न पनि लाखौं वर्ष लाग्छ। यती भयानक क्षेत्रमा सुन्दर पृथ्वीलाई तपाइ हामीले कती दुरुपयोग गरेका छौं। यस्तै तरहबाट पृथ्वीलाई उपयोग गरे यसको हाम्रा सन्ततिको लागी यो जिउने योग्य रहने छैन। भनिन्छ नि सीता जम्मा गरेर घैला भर्ने। तपाईँको जस्तै एक जना वातावरण प्रति जागरूक रहे हामी बस्ने संसार स्वच्छ तथा हरा भरा रहने सक्छ। यस्तो विशुद्ध सोच  राख्न नयाँ वर्ष पक्कै पनि उत्तम समय हो। ८)अरूलाई सहयोग गर्ने: यसलाई धेरै मानिसले बिना स्वार्थी संसरमा जिउने अचुक उपायको रूपमा लिने गर्दछन। कतिपय अरूलाई सहयोग गर्न पाउँदा निकै आनन्दको सास फेर्ने गर्दछन। आफ्नै वरीपरीका बिध्धालय,पुस्तकालय,क्लब या गैर-सरकारी संस्थामा आबद्ध रहेर समाजलाई सहयोग गर्नु पनि नयाँ वर्षको राम्रो प्रण बन्न सक्दछ। ९)व्यवस्थित रहने: तपाईँलाई आफूले चाहेको सामान पाउन केही सामान यता उता गर्नुपर्दछ? यदि तपाई यस्तो समयबाट पिडीत हुनुहुन्छ भने नयाँ वर्षमा व्यवस्थित रहने प्रण गर्नुहोस्। आफ्नो घर होस या अफिस अथवा तपाईँको सवारी साधन। व्यवस्थित रहनले समयको बचत हुनूको साथै तपाईँलाई तनावबाट पनि छुटकारा दिलाउँछ। कहिले कही अव्यवस्थित रहनले तपाईँलाई थुप्रै नोक्सान पनि पुग्न सक्छ। नयाँ वर्ष तपाई व्यवस्थित रहने एउटा माध्यम बन्न सक्छ। १०)दौँतरी: दौँतरी अर्थात् साथी भाइ। अप्ठेरो पर्दा साथी भाइहरू सहयोगीका रुपमा लिन सकिन्छ। अझ तपाईहरु विदेशमा हुनुहुन्छ भने त आफन्त भन्दा साथी भाइहरू झन् नजिक रहन्छन्। आवश्यक पर्दा मात्र होइन अन्य समयमा पनि साथी भाइहरूलाई सम्झनुहोला। नयाँ वर्षको शुरुबातसंगै तपाईहरु पनि आफ्ना साथी भाइहरुसंग सुमधूर सम्बन्धको बिस्तार गर्नुहोला। साथै दौँतरी ब्लगलाई पनि नभुल्नु होला। यो पनि साथी भाइहरूबाट सञ्चालित ब्लग हो। दौँतरी सामयिक ब्लग रहेकाले दौँतरीमा पाल्नुहुने सबै दौँतरीकै सदस्यको रुपमा लिनूहोला। तपाईँले दौँतरीलाई कसरी सहयोग गर्न सक्नुहुन्छ नयाँ वर्षमा एकपटक त्यो पनि सोच्नुहोला। २०११ साल तपाईँहरूको सुखमय रहोस्,नयाँ वर्षको प्रण सजिलै प्राप्त होस,नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।

nepalean · Jan 1, 2011 4:21 PM · 14,600 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all