चोरलाई चौतारो किन ? -अजयबाबु शिवाकोटी- कुरा आन्दोलनको हो। कुरा आफ्नै आँखा अगाडि आफ्नो सिर्जना कसैले चोरेको कसरी टुलुटुलु हेरेर वस्नु भन्ने हो। कुरा चोरलाई चौतारो र साधुलाई सुली दिनेकी नदिने भन्ने हो। कुरा अनधिकृत रुपमा चोरीको सामान प्रयोग गर्न पाउनुपर्छ भन्ने हो कि, त्यस्तो गर्नेलाई कानुन अनसार कार्वाही गर्नुपर्छ भन्ने हो। कसैले भाँती पुर्याएर लेखेको गाली जो समाचार बन्नु पर्ने नै थिएन अनि कसैले त्यस्तो कुरालाई समाचारको विषय वनाउँदैमा सत्यलाई ढाक्न पनि त सकिँदैन। अनि विषयमा कुनै नेताको नाम जोडेर राजनीतिक रङ दिएर कमजोर वनाउन खोज्नु अनि त्यसमा अनेक तरहका प्रतिक्रिया लेख्दैमा पनि सत्य डग्दैन, किनकी सत्य कुनै समय कमजोर जस्तो देखिएला तर सत्य हार्दैन यो मेरो विश्वास हो। सत्यलाई हराउन जतिसुकै तानावाना वुनेपनि, जतिसुकै हर्कत र नाटक गरेपनि आखिर जीत सत्यकै हुन्छ, भलै त्यसले विजयी हुन अनेक कष्ट र हण्डर खानु किन नपरोस। हो आज म मेरो आफ्नो सिर्जना र सम्पतिको रक्षाको लागि उभिँदा यस्तै अनेक हण्डर कठिनाई खानु परेको छ। मैले कहिल्यै खेप्नु नपरेको आरोप पनि खेप्नु परेको छ, अनि मलाई चिन्दै नचिनेका व्यक्तिहरुले पनि त्यसमा प्रतिक्रिया जनाएर सायद सन्तोष व्यक्त गरिरहनुभएको होला। यदि कसैले काठमाडौका एसपी रमेश खरेलका नाममा माई संसारमा प्रकाशित भएको खुल्लापत्र हेर्यो भने उसले एकपटक पनि नसोची मलाई गाली नै गर्छ होला। मानौ म यो देशको सवैभन्दा ठूलो खुंखार अपराधी र गुण्डा हो। र पत्रलेखक अनेक डर धम्की र यातनावाट पीडित छ र उसका बोल्नलाई मुख थुनिएका छन् लेख्नलाई हात बाँधिएका छन्। ऊ पूरै दुधले धोएको प्राणी हो। तर कथाको अर्को पाटो माई संसारले मसँग जोडिएको विषयमा मलाई एकपटक पनि नसोधि जुन समाचारको रुपमा कुराहरु वाहिर ल्याएको छ। त्यसको पछाडीको कुरा भने अर्कै छ। वहशमा आईसकेपछि विद्धत पाठकहरुलाई यो विषयमा थप प्रष्ट पार्न जरुरी देखिएकोले मैले यो लेख्दै छु सायद तपाईहरुले यो पक्कै पढ्नु हनेछ। म पेशाले पत्रकार हुँ। मैले २०५७ सालदेखि पत्रकारीता शुरु गरेको हुँ। २०५८ सालदेखि मैले टेलिभिजन पत्रकारीता शुरु गरेको हुँ। मैले पत्रकारीता शुरु गरेको एक वर्षमै नेपालमा राजनीतिक उथलपुथल तीव्र रुपमा शुरु भएको थियो। दरवार हत्याकाण्डदेखि जननिर्वाचित सरकारको विघटनका कुराहरु यसै विचमा भएका थिए। राजाले २०५९ को असोजमा शाही सम्वोधनमार्फत निर्वाचित सरकार विघटन गरेर शासन सत्ता हत्याएपछि राजनीतिक दलहरु ढिलो गरी सडकमा आन्दोलनका लागि गएका थिए। त्यस समयमा राजनीतिक दलहरुले शुरु गरेको आन्दोलनको समाचार संकलन मेरो जिम्मेवारीमा आउथ्यो। त्यसै समयमा हो, रत्र्नपार्कको अखिलको कार्यालय रहेको रातो घरमा प्रहरीले प्रवेश गरेर अखिलका र एमालेका नेताहरुलाई मरणासन्न हुनेगरि पिटेको थियो। त्यो दृश्य मैले वडो जोखिम मोलेर खिचेको थिए। त्यस समयमा प्रहरीको पिटाई खानेलाई त्यहाँ मेरो भुमिका अहिले पनि सोध्दा थाहा हुन्छ। त्यो दृश्य टीभीमा देखेपछि आक्रोशित आन्दोलनकारीहरु भोलिपल्ट आन्दोलमा ह्वात्तै वढेका थिए। त्यतिखेर आन्दोलनको अग्रमोर्चामा हुनेहरुले पक्कै त्यो बिर्सेंका छैनन होला। सायद देशमा नभएकाहरुले पनि सन्चारमाध्यमवाट थाहा पाएका होलान। जतिखेरदेखि मैले पत्रकारीता शुरु गरे मेरो विषयवस्तु सडक नै भयो। सडकले नै मलाई सवै सिकायो अनि दियो पनि। मेरो जान पहिचान, नाम, दाम अनि रोग पनि त्यही सडकले दियो। त्यहि सडकले मित्र दियो अनि त्यहि सडकले दुश्मनी । अहिले पनि म त्यहि सडकले दिएको एउटा अनावश्यक झमेलासँग सामना गर्दैछु तुलसी भण्डारीको रुपमा। जो हामी यहां आन्दोलनका वेला सडकमा अस्पतालहरुमा प्रहरीका अश्रुग्यासले लाठीले पिडीत भईरहँदा सात समुद्रपारी सपनाको संसारमा रमाईरहेको थियो होला। जो त्यहि आन्दोलनको विषय आफ्नॊ कमाई खाने विषय हुन सक्छ भनेर वसिरहेको थियो भन्ने यतिखेर लाग्छ। आज उसैको हर्कतका कारण सवै काम छोडेर यहि विषयको पछि लाग्नुपर्ने अवस्था आएको छ। म आन्दोलनमा जन्मेको पत्रकार हुँ। मैले सडकमा आन्दोलन देखे र भोगे पनि। त्यसैले त्यतिवेला मैले सोच्ने पनि आन्दोलन नै थियो। तर तत्कालीन राज्यव्यवस्थाले आन्दोलनलाई निस्तेज पार्ने कसम नै खाएको थियो। यसलाई खराव रुपमा चित्रित गर्ने प्रयास गरेको थियो। तर त्यसको विरुद्ध गएर आन्दोलनको पक्षपोषण गर्ने जिम्मेवारी हामी जस्तै जुझारु युवाहरु जो धेरै स्वरुपमा आन्दोलनका मोर्चामा थिए, उनीहरुको काँधमा थियो। त्यही समयमा मैले पनि आन्दोलनको कुरालाई नेपाली डायस्पोराहरु र अन्र्तराष्ट्रिय समुदायमा पुर्याउनु पर्छ भनेर मेरो आफ्नै व्यक्तिगत साधन स्रोतको परिचालन गरेर दुईवटा डकुमेन्ट्री वनाएको थिए। पहिलो ‘झलक’ जो पत्रकार उषा तितीक्षुसँग मिलेर भने, दोस्रो ‘आन्दोलन जारी छ’। ती दुई डकुमेन्ट्री नेपाली लोकतान्त्रिक आन्दोलनको वारेमा जनमत वनाउन खुवै प्रयोग भएको थियो । विदेशमा जाने नेपालीहरुले पनि त्यसलाई देखाउन लिएर जाने ईच्छा राख्दा मैले त्यस समयमा विना हिच्किचाहट उपलव्ध गराउँदै आएको थिए। ‘आन्दोलन जारी छ’ डकुमेन्ट्री अमेरिकाको विदेश मन्त्रालयमा त दुईपटक देखाईएको भन्नॆ त्यहाँ देखाएर फर्कनुभएका दिनेश प्रसाईले वताउनुभएको थियो। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय जेनेभामा अधिकारकर्मी गोविन्द वन्दीले देखाउनुभएको थियो। २०६० वैशाख र २०६१ चैत्रमा तयार गरेका दुवै डकुमेन्ट्री नेपाली आन्दोलनको वारेमा जिउँदा दस्तावेज थिए। त्यसैले यी मन पराईएका थिए। काठमाडौंको सडकका आन्दोलनका दुर्लभ दृश्यहरुलाई कैद गर्दा म धेरैपटक प्रहरीको कष्टडीमा पुगेको थिए। मेरो क्यामेरा प्रहरीले दुई नम्वर गण नक्सालमा लगेर फुटाइदिएको थियो। हेर्नुस् यो लिंक http://demrepubnepal.blogspot.... तर मेरो आन्दोलनप्रतिको मोह घट्न सकेको थिएन। तत्कालीन समयमा मिडियामा जान नसकेका आन्दोलनका दृश्यहरु मैले कैद गर्दै गएको थिए जसलाई मैले पछि मेरो डकुमेन्ट्रीमा समेटेको थिए। जुन समयमा मैले ‘आन्दोलन जारी छ’ वनाए त्यस समयमा मैले आफ्नो नाम समेत खुल्ला रुपमा राख्न नसक्ने अवस्था थियो। हेर्नुस् यी लिंकहरु 1. http://www.tras.ca/filmfest/20... 2.http://www.utoronto.ca/townhal... 3.http://www.yorku.ca/ycar/YCAR%... नेपालमा वनाउन सुरक्षाको दृष्टिले अप्ठ्यारो भएपछि मैले नयाँदिल्ली गएर वनाउने निधो गरे जुन समय अधिकारकर्मीहरु दिनेश प्रंसाई ,शेरा तामाङ, अनिल भट्टराई , गोविन्द वन्दी, प्रदिपशंकर वाग्लेहरु पनि दिल्लीमा नै हुनुहुन्थ्यो। उहाँहरुको सहयोगमा मैले डकुमेन्ट्री तयार गरे। आफ्नो पुरा नाम राख्दा कार्यक्षेत्रमा अप्ठयारो हुन सक्ने भन्दै छद्म नाम SUBA राखियो। जुन मैले त्यतिवेला प्रयोग गर्ने नाम थियो। उक्त डकुमेन्ट्रीमा प्रयोग भएको ईमेल ठेगाना जुन मैले अहिले पनि प्रयोग गर्दै आएको छु। हेर्नुस् यो लिंक http://sajha.org/sajha/html/op... यसरी एउटा डकुमेन्ट्रीको काम भुमिगत रुपमै सकाइएको थियो एउटा उद्धेश्यको लागि। लगत्तै प्रसाईजीले सो डकुमेन्ट्रीलाई आन्दोलनको प्रचारको लागि अमेरिकामा देखाउन लाने हुनुभयो। वुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संस्था सेव्सले उहाँलाई त्यस डकुमेन्ट्री देखाउन खुवै सहयोग गरेको थियो। हेर्नुस् यो लिंक http://demrepubnepal.blogspot.... उहाँ अमेरिकामै भएको वेला नै प्रहरीले मलाई आन्दोलनको दृश्य खिच्दै गरेको आरोपमा पक्राउ गरि नक्सालस्थित दुई नम्वर गणमा ल्याएर राखि मेरो क्यामेराको लेन्स विगारेर पठाएको थियो। त्यसपछि क्यामेरा किन्न सहयोग स्वरुप भनेर उहाँले नै १५ डलरको दरमा त्यस डकुमेन्ट्रीको सीडी विक्री गराउन पहल गरेको कुरा पछि उहाँले मलाई वताउनुभएको थियो। म यहाँ पक्राउ परेर क्यामेरा विगारीदिदा उहाँले सन् २००५ अपि्ल २९ शुक्रवार डेमाक्रेसी फर नेपालमा ‘आन्दोलन जारी छ’ वनाउने अजय शिवाकोटी पक्राउ परेको कुरा लेख्नुभएको छ। आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता गगन थापा रिहाई भएपछि अमेरिका जानुभएको थियो। उहाँले पनि त्यो डकुमेन्ट्री अमेरिकामा धेरै ठाउँमा देखाउनुभएको थियो। हेर्नुस् यो लिंक http://sajha.org/sajha/html/op... त्यस समयमा अमेरिकामा लिभिङ अफ जोगीमारा, भेडाको उन जस्तो, नुमाफुङ र मेरो डकुमेन्ट्री ‘आन्दोलन जारी छ’ विभिन्न डकुमेन्ट्री फिल्म फेस्टिवलमा देखाईएका थिए। यी सवै कुराको जानकार तत्कालीन समयमा अमेरिकामै वस्ने एकजना तुलसी भण्डारी भन्ने व्यक्ति, उनका एकजना साथी र आन्दोलनका क्रममा मैले पनि चिनेका सुदिप जानामार्फत मकहाँ आईपुग्छन्। डकुमेन्ट्री वनाउने सौख वताउने उनले मेरो डकुमेन्ट्री आन्दोलनको प्रर्वदनका लागि अमेरिकामा देखाउन लाने ईच्छा गरे। सुदिपको विश्वासमा मैले उनलाई डकुमेन्ट्री डीभिमा राखेर दिए। उनले अमेरिकामा एउटा मुस्केगन डकुमेन्ट्री फिल्म फेस्टिवलमा देखाउने समेत वताएर लगेका थिए। सन् २००६को शुरुवातको कुरा थियो त्यो। तर उनले अमेरिका पुगेको लामो समयसम्म पनि कुनै सम्पर्क गरेनन्। अचानक सन् २००६ फेव्रुअरी ७मा सुदिप जानालाई उनले अत्यन्त जरुरी भन्दै एक मेल लेख्छन, जुन सुदिपले मलाई फर्वाड गरेको इमेलवाट पनि वुझन सकिन्छ। उसले त्यो इमेलमा मेरो डकुमेन्ट्रीको वारेमा कुरा गरेका छन्। त्यहाँ उनले मेरो डकुमेन्ट्री मुस्केगन डकुमेन्ट्री फिल्म फेस्टिवलमा ४० कलेज डकुमेन्ट्रीमा उत्कृष्ठ ८ भित्र परेको र कोडाकको तर्फवाट ५०० डलरको गिफ्ट सर्टिफिकेट पनि पाएको वताएका रहेछन्। पछि उनले त्यहि ईमेल ठेगाना tulsibhandari@yahoo.com वाट पटक पटक मेरो ईमेलमा संवाद तथा मेल गरेका छन्। सोहि महिनाको १४ तारीखमा मलाई मेरो डकुमेन्ट्रीले पुरस्कार प्राप्त गरेकोमा वधाई समेत दिएका छन्। र मलाई त्यो पुरस्कार कसरी उपलव्ध गराउन सक्छु भन्दै औपचारिकता पुरयाएका छन्। तर त्यो पुरस्कार अहिलेसम्म न मैले पाए न त त्यसपछि उनी सम्पर्कमा नै आए। त्यस समय उनले मेरै डकुमेन्ट्री देखाएर उनले वनाएको भनिएको नयाँ डकुमेन्ट्री वीनेथ एभरेष्टका लागि रकम संकलन गर्न समेत सन् २००६ फेव्रुअरी २८मा विशेष प्रदर्शनी गरेका रहेछन्। अर्वाड विजेता डकुमेन्ट्री भन्दै उनले त्यहाँ रकम संकलन गरेका छन्। प्रमाणको रुपमा मैले ती इमेलहरु समेत प्रहरीसमक्ष पेश गरेको छु। मसँग सम्पर्क टुटेको तीन वर्षपछि सन् २००९मा आएर उनले असम्वन्धित तेस्रो पक्षसँग स्विकृती लिएको भन्दै मेरो डकुमेन्ट्रीको दृश्य अनधिकृत रुपमा राख्छन्। अझ भनौ चोर्छन। मसँग एक शव्दपनि नसोधि उनले कपीराईटको ठाडै उलंङघन गरेको कुरा करिव डेढ महिना अघि खुल्न आयो। कोक्याप भन्ने सँस्थाले लेखेको ईमेल देखाएकै भरमा उनले ति दृश्यहरु प्रयोग गरेका छन्। जुन सँस्थाले उक्त डकुमेन्ट्री आफ्नो नरहेको स्विकार प्रहरीकहाँ गरिसकेको छ। भण्डारीले त्यसलाई कोक्यापले वयान फेरेको आरोप लगाएका छन्। हुन त उनले उनलाई सहयोग नगरेका सवैलाई आरोप थोपरेकै छन्। त्यसका लागि उनले जुन स्तरको नाटक रच्नुपर्नेहो त्यो पनि गरेकै छन्। भण्डारीले डकुमेन्ट्री वनाई विभिन्न ठाउँमा देखाईसकेर नेपाल आएका रहेछन्। नेपालमा पनि करिव १० ठाउँमा देखाईसकेका रहेछन्। क्षेत्रीयस्तरमा पनि डकुमेन्ट्री देखाउन जाने तयारी गर्दै गर्दा एकजना उनका स्वयंसेवक भएर जान तयार भएको भाईले मलाई कन्चनपुर जान लागेको वताएपछि मैले सोधखोज गर्दा डकुमेन्ट्री देखाउन जान लागेको जानकारी दिए। र पछि कुन डकुमेन्ट्री भनेर सोध्दा उनले डकुमेन्ट्रीको वेभसाईट देखाए। सो एड्रेसमा गएर हेर्दा डकुमेन्ट्रीको प्रोमोमा मैले वनाएको डकुमेन्ट्रीको दृश्यहरु देखे। त्यसपछि मैले तत्काल तुलसीलाई फोन गरेर छलफल गर्नको लागि वोलाए। उनी पटक पटक मेरो अफिसमा छलफलको लागि आए तर डकुमेन्ट्रीको स्क्रिनिङ रोक्न भने अटेर गरिरहे। तर पटक पटकको आग्रह पछि उनी पहिलो् पटकलाई भने रोक्न तयार भए। तर कोक्यापले दिएका कारण मात्र आफुले प्रयोग गरेको भनेर एकोहोरो जिद्धी कसिरहे। तर मवाट लगेर कोक्यापसँग किन स्विकृतिको लागि गएको भन्ने प्रश्नमा भने उनको जवाफ जहिलेपनि टार्ने नै हुन्थ्यो। आन्दोलनको समयमा सडकमा ज्यानको वाजी लगाएर आन्दोलनमा लागेका गगन थापा जस्ता नायकहरु र सडकलाई नै आफ्नौ कर्मक्षेत्र वनाएका म जस्ता व्यक्तिको तेजोवध गर्न उनी त्यसपछि नियोजित रुपमा लागेका रहेछन् भन्ने कुरा उनका पछिल्ला हर्कतहरुले पुष्टि हुन्छ। तपाई विद्धान पाठकहरुलाई मैले यो पनि स्पष्ट पार्नै पर्ने हुन्छ मैले खिचेको दृश्यमाथि अधिकार स्थापित गर्ने कुरा गरिरहँदा उनलाई तीनवटा विकल्प दिएको थिए। पहिलो, प्रयोग भएको दृश्य वरावरको क्षतिपूर्ती दिनुपर्ने, दोस्रो उत्पादन गरिसकेका सीडी तथा डिभीडीहरु नष्ट गर्नुपर्ने र विक्री वितरण भएको आधारमा क्षतिपूर्ती दिनुपर्ने र तेस्रो विकल्पमा मैले भण्डारीलाई आउने दिनमा मेरो प्रयोग भएको दृश्यहरु हटाउने र विक्री भईसकेको आधारमा क्षतिपूर्ती दिनुपर्ने प्रस्ताव राखेको थिए। तर उनी तीनवटै विकल्पमा छलफल गर्न राजी भएनन् वरु उल्टै मलाई प्रभावित पार्ने अनेक प्रपन्चमा नाटक रच्न ब्यस्त रहे। उनले आरोप लगाएका नेपाली काँग्रेसका नेता तथा उनले आफ्नो डकुमेन्ट्रीमा अन्र्तवार्ता लिएका गगन थापाकहाँ समेत मलाई प्रभावित पार्नलाई भनसुन गराउन पुगेका रहेछन्। थापाले समेत उनलाई दुवैजनालाई आपसी छलफलमा कुरा मिलाउन सुझाव दिएको वताउनुभएको थियो। तर उनलाई सहयोग नगरेको आधारमा थापालाई उनले सामान्य ईज्जत दिन पनि कन्जुस्याई गरेका छन् र आफ्नै डकुमेन्ट्रीमा अन्र्तवार्ता गरिएका पात्रको वेइज्जत गरेर आफ्नै र डकुमेन्ट्रीको समेत कद घटाएका छन्। हुनत चोरीको डकुमेन्ट्री भनेर कद पहिला नै घटीसकेको थियो। विभिन्न अधिकारवादी संस्थाहरुले चोरीको विषय भन्दै कार्यक्रमवाट हात झिकिसकेका थिए। पोखरामा ईन्सेक, मानवअधिकार आयोग र एड्भोकेसी फोरमले उनको कार्यक्रममा गरेको सहयोग रोकेर कार्यक्रम नै स्थगित गरेका थिए। जहासम्म उनले मेरो डकुमेन्ट्री अर्कै पक्षसँग अनुमति लिएर राखे भनेका छन त्यसैमा नै मेरो आपत्ति हो र त्यसैमा नै उनको वदनीयत देखिन्छ। जुन समयमा म जीवन र मृत्युको दोसाँधमा थिए। म मृत्युसँग जुध्दै थिए। करिव एक वर्षको अस्पताल वसाईको क्रममा उनले वदनीयतपूर्ण ढंगले त्यसरी स्विकृती अर्कै सँस्थावाट लिएको देखिन्छ। कुरा एक फे्मको होस वा एक मिनेट वा ९० मिनेट नै किन नहोस। चोर चोर नै हुन्छ। जुन कुराको सन्र्दभमा कोक्यापका सम्वन्धित पक्षले प्रहरीकहाँ आफुहरुलाई मीसगाईड गरिएको वताईसकेका पनि छन् । त्यति हुँदा हुँदै पनि आफ्नो गल्ति स्विकार्नुको साँटो मलाई उल्टो कानुनी उल्झनमा उल्झाई राख्ने नियतले मेरो विरुद्धमा विभिन्न षडयन्त्र गरेका पछिल्ला उनका गतिविधिले पुष्टि भएको छ। पटक पटक फोन गर्ने, आधा कुरामै फोन राख्ने, म देखाउँदै छु के गर्न सक्छस गर भन्ने, मीस कल गर्ने गरेर उनले मलाई मानसीक रुपमा प्रताडीत गर्दै आएका थिए। ती सवै कुरा उनको रकमी चाल रहेछ। जव उनले मलाई अती हैरानी पारे त्यस समयमा मैले उनलाई फोनवाटै विषयको निक्र्यौल नभएसम्म फेरि पनि देखाउने कुरो गरे राम्रो हुन्न सम्म भनेकै पनि हो। तर त्यसलाई रेकर्ड गरि उनी मेरो विरुद्धमा उल्टो जाहेरी दिन पुगेका थिए। जसको आशय थियो मैले दायर गर्न लागेको कपीराईटको मुद्धालाई कमजोर पार्नु। जव स्थानीय प्रसासनले पनि त्यो कुरो वुझ्यो मलाई सफाई दियो तर त्यसलाई उनले जसरी राजनीतिक रङ दिने प्रयास गरेका छन् त्यो उनकै वौद्धीक दरिद्रता वाहेक केहि पनि होईन। वरु मैले कानुनी प्रकि्यामा जानु अघि गरेको सवै प्रयासलाई उनले ‘अन ल फुल डिमाण्ड’ भन्दै प्रचारमा उत्रिए। हो मैले आफ्नो कामको मात्र जस खोजेको हुँ। मलाई कसैको कर्ममाथि ईष्र्या गर्नुपर्ने र त्यसको भाग खोस्नु परेको छैन र त्यस्तो गर्नु पनि नपरोस। तर आफ्नो अधिकारको लागि भने जस्तोसुकै त्याग गर्न पनि म तयार छु , त्यो मैले सिकेको कुरा हो। त्यसका लागि जस्तोसुकै जोखीम पनि किन मोल्नु नपरोस। भण्डारीले म माथि आरोप लगाईरहँदा म माथि उनका मान्छेहरुले असनमा एक साँझ हातपात गर्ने प्रयास समेत गरेका थिए। तर स्थानीय बासिन्दाहरुको अवरोधका कारण म जोगिए। तर पनि म अविचलित रहि अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्दछु जवसम्म मेरो अधिकार स्थापित हुन्न। यो यस्तै कपीराईट अधिकारका लागि जाग्न सक्ने माध्यम वन्ने आशा समेत मैले लिएको छु। अनि कपीराईटको अधिकारको लागि कति धेरै संवेदनशिल छन् ,विदेशीहरु तपाई विद्धान पाठकहरुले त्यसको वारेमा पक्कै जानकारी राख्नुभएकै होला। त्यसैले यो विषयलाई कपीराईटको चोरीको विषयको रुपमा मात्र वुझ्दा नै उपयुक्त हुन्छ। यसमा नेता तथा प्रशासनको नाम जोडेर राजनीतिक रङ दिने प्रयास भनेको भण्डारीको चलाखी मात्र हो। उनले कहिले कति जना, कहिले कति जना भनेर मेरो सहकर्मी साथीहरुलाई गुण्डाझै देखाउन खोजेका छन् र मलाई पटकपटक हातपात गर्न खोजेको आरोप समेत लगाएका छन्। त्यो समेत आफैमा झुटको खेती हो। वरु उल्टै मलाई भण्डारीले आफु चुरा लगाएर नवसेको भन्दै तलाई जहाँ पनि ठीक पार्ने धम्कि दिने गरेका थिए जुन मैले प्रहरीकहाँ समेत जानकारी गराएको थिए। त्यति हँदाहँदै पनि चोरीको आरोपीत र अदालतले पनि धरोटीमा छोडिएका नीज भण्डारी आफुलाई वचाउन अनेक प्रलाप गर्दै हिड्न थालेका छन्। आफुलाई चोख्याउने अनेक षडयन्त्र वुन्दै हिड्न थालेका छन्। देशका जिम्मेवार विभिन्न व्यक्तिहरुलाई समेत घिनलाग्दा आरोप लगाउँदै हिड्न थालेका छन्। आफु वाहेक सवैलाई दोषी देख्ने आफुलाई सहयोग नगर्ने सवै दोषी देख्ने चस्मा पहिरिएका कारण भण्डारीले सवैलाई आरोप लगाईरहेका छन्। यसको सोझो अर्थ हो विषयलाई अन्तै मोड्नु र ध्यान अन्तै केन्द्रित गराउनु। जंगलराज आएको छैन र कानुनी राज अझै वाँकी छ भने मैले पक्कै पनि न्याय पाउने छु, त्यसमा तपाईहरुको पनि साथ सहयोग र शुभेच्छा पक्कै पनि पाउने नै छु। पक्कै पनि चोरलाई चौतारो र साधुलाई सुली हुने छैन। २०६७/९/१७ http://www.mysansar.com/archiv... Last edited: 01-Jan-11 04:00 PM
Srijana 12 · Jan 1, 2011 3:58 PM · 38,970 views
,The email asking for permission to use the clip was sent on 2009 to a third party. The clips were used as early as 2006 and were screened a lot of times before the email was sent (to the third party).
commando · Jan 4, 2011 10:46 PM
"we have seen the collapse of free market system .." Enough said. May be you have abnormal, deluded set of eyes.. Anyone taking this Mandale seriously will be wasting his time. Even in free-for-all sajha, you expect people to have slightly more common sense..
Pire · Jan 4, 2011 10:50 PM
Shantipriya always ROCKS !!!!! Panchayat was way better than this so called democracy (because it is not real democracy) no matter the former was authoritative.....if compared in unjaundiced way. Around 2046, Uganda was way below than Nepal, but look at Uganda now....it's way above Nepal. Albeit, Yes, I admit, improvements in education and IT sector realized substatially with the advent of "DEMO??CRACY" but it became the way of making money to good for nothing persons (PS: in Nepal who cannot do anything joins politics; Exception: Baburam) like Koiralas, Nepals, Pokhrels, Gachadar, Wagles, etc........ The change is meaningless if it could not bring the real change.....
NALAPANI · Jan 4, 2011 10:54 PM
Nalapani, Not that I enjoy talking to people like you, but I wonder what you think of the fact that Malaysia, Singapore, Korea etc were like Nepal in 2017 Bikram Sambat but the difference was so magnified when your favorite system (pachayat) died in 2046. Lesson: don't use the examples that neither proves nor disproves your statements. Here are facts: In 2046, there were 951 doctors, today we produce more than that per year. The whole export import of our country was at the hand of 25 families. People were not even allowed to have passport and only those well connected could go abroad for study etc. Today, the situation is so different. There were about 2000 Km roads. In the next eight years, 12000 Km roads were built. (Maoists, who are in principle same as Panchayat --they both are against democracy--would destroy this trend). Telephone was at the hand of less than 1% household in 2046. Today it is at the hand of more than 30%. Electricity was connected at less than 9% households, today it is like 50% and increasing. (of course, there is this loadshedding). There are so many hospitals today than in the past. There are many more airlines. There is a free press. This despite the fact that Maoists screwed us big time, the mad prince gunned down a scheming king and brought country to another level uncertainty. I can defend democracy in several ways. It is not perfect, but it is priceless and is better than anything we will have or we had. We must defend and improve on it. I pity people like you or Shantipriya, who I guess must be related to some bitter Mandale of the past, because you can't see the truth and select a few lousy data to buttress your lousy argument.
Pire · Jan 4, 2011 11:04 PM
Yess !!! I am a MANDALE myself......then who are you Pire??? Relative of one making money out of your DEMO(N)cracy? or trading national dignity for PM chair? OR availing our resources to India at dirt cheap to fill their pocket.. You must have been benefitted with the "Democracy'. Ke payiyo mitra....hami jasto sarbasadharan le ta kehi pako chhaina........... If we are MANDALE then you are Arastriya Tatwa.... Gorkhali Spirit Never Dies !!!!
NALAPANI · Jan 4, 2011 11:17 PM
It is not necessary for me to tell that I am not a relative of any leader. It neither bolsters my argument nor weakens it. I know you are a Mandale so I hardly feel surprised that you are admitting it. However, I hope you won't use that nickname, Nalapani, and pretend you are a Gurkhali. You are probably a two bit coward who will run away at the first sight of the war. Just FYI, generations ago, on Nov 30th, 1813 AD, my ancestor died in Nalapani on the last day of Nalapani war, and his name is still in the list of dead men in the Nepal Army archive.I don't like it that someone as pathetic as you should pretend you have a Gorkhali spirit. A Gorkhali spirit should be that of democracy, in which all those communities who contributed to make our country independent thrive. It should not be the one where Shah and their henchmen enslave others. I love my country as much as anyone. But I hate those who use nationalism to hide their cronyism and corruption. Magar, Gurung, Rai , Limbu, Chhetri, Bahun all fought for our country, but in the name of nationalism, only Shah, Thapa and Rana looted it from the rest after the war. Only in democracy, we will be truly free, truly proud of our country and our ancestors. So, may be it will be nice if you stop using "nalapani" as your nickname and spew hatred here.
Pire · Jan 5, 2011 12:13 AM
You have a problem.......you have to win by any means !!!!! So you are only a true Gorkhali....LMAO.....and what kind of democratic proponent are you Pire?? Is'nt respecting others' belief (no matter you don't like it) beauty of democracy ??? That's why I said there is no democracy in Nepal, it's a pseudo democracy and so are you 'CHHADAM PRAJATANTRABADI" PIREKO ancestor ko spirit never dies !!!!!!!!!!!!
NALAPANI · Jan 5, 2011 12:25 AM
FYI: Pire I am from the 6th generation of my family to serve Nepalese Army. (I am not in Army,but my brother is).
NALAPANI · Jan 5, 2011 12:32 AM
First, I didn't say I am the only true Gorkhali. I just didn't like the fact that you thought I was arashtriya.. well, since you have not broken any more 'sinko' (in the tradition of sinko bhachne) than I or any other democrat, you are no more deserving of using the word arashtriya against me as if you have been working on the border of the country all your life defending her honor. Second, I don't like it when people use nationalism when talking about internal issue (democracy). Democracy is a debate about how to define our one-Nepali-to-another-Nepali relationship. Are we equal within the country? Are we supposed to be screwed by same family over and over? Should we be subject and others master for generations? On the other hand, Nationalism is about our relationship with the foreigners. These two are distinct issues but mandales like you want to consolidate them in one, because you think using nationalism somehow gives you guys a pretext to undermine democracy. Third, I don't give a hoot about winning debate here, or becoming more popular. I comment when I like, I ignore when I don't like. I express my views because I believe on them, not because I want others to support them. If you are right, people will eventually see your right side. Sajha always gave me this freedom to express myself without having to do the face-to-face bajhabajh. And I truly believe that behind the closet lies a face of mandale when we see the likes of you or Shantipriya. [IF YOUR 6 GENERATIONS SERVED IN THE ARMY, THEN YOU SHOULD ASK YOURSELF, DID YOU SERVE COUNTRY, PEOPLE LIKE DALIT , RAI , LIMBU, MADHESI, DOWNTRODDEN OR DID YOU SERVE ROYALS? My ancestors served our country and our people. I am sure when my ancestor died, he hoped to see an equal society for all in the country they created.] Last edited: 05-Jan-11 12:38 AM
Pire · Jan 5, 2011 12:36 AM
pire there is no code word and didn't ask your bedanta about knowledge of ghehenra samser. simply ask you if you want counter argument come up with some good opportunity that had created to less unfortunate by rana sasan that is all. also economic success is measured by employement rate not building doctors bla bla that is only about time and private people willing to do anything with population explosion and internet has big input in it too. also don't give an example of foreign employment which your democratic govt and your dear leaders treats it like own creation these days without any shame that is my request. i'm not for or against any system as it truely depends on good leadership, but i hate the fact that people like you NRN politics ko kheti garne wala haru, don't come to the core points, you guys just diss others by saying mandale ani jitna khojne as usual, your priya netas haru also kidnappers sukul gunde at some point keep in mind . free market collapse perhaps she/he could mean todays free market system is not really free that we learned after this reccession - not totally against the system. when you talk it sounds like i'm better at it so i don't have to answer.
( * )( * ) · Jan 5, 2011 1:09 AM
To begin with, you are first to call name by branding me MANDALE......it's the problem of democrats like you if somebody points the negative aspects of (Nepali ???? Bihari???) democracy you brand him/her as a mandale. Mandale bhane pachi panchhin sajilo haina??? Second, Yes ! I am a strong believer of Democracy but it should be practiced as per its inherient beauty........Why can't you accept Nepali democracy is being a profession to make easy money overnight??? Do these netas deserve to be neta????? Third, my ancestors served Nepal, the motherland, not rai, limbu, kami, chhetri, newar and royals..... Fianlly, I don't give a damn whether you find NALAPANI apt for me or not.........I remain a true Gorkha always !!!!
NALAPANI · Jan 5, 2011 1:16 AM
(*)(*), "..didn't ask your bedanta about knowledge of ghehenra samser" I am not surprised at your attitude. When furnished with detailed knowledge on Gehendra Shamsher, you are now upset. Well, it doesn't hurt to know more about him. And just FYI, I still don't understand what you are trying to say. You should practice writing your sentences clearly. baru nepalima lekhe pani hunchha. Most of the people will find it difficult to understand what you are trying to say. It seems you found a new criterion for economic growth (employment growth). Look, I know our country has been fu(ked up especially after the Maoist war begun, but do you have any data on employment trend to support your arguments on employment rate decline? I don't support any particular leader of our democracy. I agree that they are di(kheads. But here is a difference: you don' t have to support these leaders to support democracy. Democracy is our only hope to move forward. We must learn to live in it; we must work hard to enforce rule of law rather than interpret democracy as a free-for-all system; in other words, we must learn to use democracy for our collective benefit. NALAPANI, Look, you are an ardent supporter of a guy who is writing that Panchayat system was better. You fully deserve to be called Mandale. I mean if you are a supporter of Panchayat system, you should be proud of this label anyway. I find it funny that you think your ancestors fought for Nepal, the motherland. No, my ancestors fought for people within it. Without people, the land alone is nothing. Nepali people are the most important thing. People are important, their opinion is important and their welfare is important, and that's why the system of democracy is important because it emphasizes the role of people in governance. So, you are a Gorkha. That is an old name. Now we call ourselves Nepali. Unless your ancestors served in British or Indian army, where Gorkha is also a synonym for Jawans, there is no point in calling yourself a Gorkha. I agree with your one sentence that several (NOT ALL) netas have made a mockery of democracy. If I had powers, I would have sent them to prisons. But I am not going to support those who want to send DEMOCRACY to prison ( and not NETAS).
Pire · Jan 5, 2011 2:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion