S.P रमेश खरेल माथि अन्याय, खरेल बिदामा एक महिना घर बस्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रमेश खरेल बढुवामा परेनन् काठमाडौं, पुस १७ (नागरिक)- गृहमन्त्रालयले पाँच एसपीको बढुवाको निर्णय गरेको छ। शुक्रबार मध्यरात बसेको गोप्य बैठकले रिक्त पाँच एसएसपीको पदमा लब विष्ट, रमेश भट्टराई, सुरेश सिंह, गणेश केसी र केदारमानसिंह भन्डारीको पदोन्नतीको निर्णय गरेको हो। गृहमन्त्री भीमबहादुर रावलले एकल निर्णयबाट एसपीहरुको बढुवाको निर्णय गरेका हुन्। महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी रमेश खरेलको नाम बढुवाको लिष्टमा भएपनि अन्तिम अवस्थामा उनको नाम काटियो। बढुवाको निर्णय लगत्तै खरेलले आफुमाथि अन्याय भएको भन्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई फोनमार्फत् गुनासो गरेका थिए। स्रोतका अनुसार उनले ठकुरीसँग संगठनले कामको मूल्यांकन नगरेको गुनासो पोख्दै मौखिम रुपमा एक महिना विदा मागेर परिसरवाट निस्किएका थिए। करिव एक महिना अगाडिदेखि एसपीहरुको बढुवाको तयारी गरेपनि विवादमा कारण सहमति हुन सकेको थिएन। गृहमन्त्री भीम रावलले बढुवाको सूचीमा आफू निकटहरुको नाम अगाडि सारेपछि विवाद बढ्दा एसपीको बढुवा एक महिना पर सरेको थियो। स्रोतका अनुसार प्रधान कार्यालयका अधिकांश उच्च प्रहरी अधिकृतहरु वरिष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताको आधारमा बढुवा गर्नुपर्ने पक्षमा थिए। संगठनको प्रभावकारीता खस्दै गएको भन्दै उनीहरुले एसपी खरेल र सर्वेन्द्र खनाललाई कामु एसएसपी बनाउन पहल गरेपनि अन्तमा गृहमन्त्री रावलले दुबैको नाम अस्विकार गरेका थिए।

Moralvalues · Jan 1, 2011 5:46 AM · 10,750 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all