नयाँ बर्ष, तिमी सधैं झै यो चोटि पनि त्यही पुरानै शब्द 'नयाँ' टस्साँउदै आयौ। खै त तिमीले नयाँ अनुभुती, उत्साह र उमङ के के बोकेर ल्यायौ? थाहा छैन तिम्रो आगमन पछि म नयाँ के के पाउँछु, म त उस्तै नै रहनेछु, र शायद वरिपरि पनि उस्तै नै पाउँछु, थाहा छैन म यो उत्सव किन मनाइरहेछु, शुभकामना त सबैबाट अँगालो भरि भरि पाइरहेछु, के यो उत्सव केवल क्यालेन्डरमा हुने अंक परिवर्तनको हो? वा यो उत्सव जमघट र रमाइलो गर्ने बहानाबाजी हो? नयाँ बर्ष, भैगो तिमी फगत बहाना बनेर नआउ, क्यालेन्डरमा फेरिने अंकहरु मात्र बनी नआउ, म त उस्तै नै रहनेछु, तर तिमी म भित्र बदलिएको बिचार भई आउ, म भित्रको अहम् र स्वार्थलाई सिध्याउँदै आउ, अनि सहयोग र सद्भावको लाली बनी मेरो मन-मष्तिस्कमा छाउ हो नयाँ बर्ष, सबैतिर तिमी सन्देस यही छर्दै जाउ, बिन्ती, केवल क्यालेन्डरमा फेरिने अंक भई नआउ, Last edited: 31-Dec-10 06:17 PM
Geology Tiger · Dec 31, 2010 6:16 PM · 17,172 views
I think this is the first poem of the year 2011, Bravo GT Good resolution for new yr, to got rid of bad karma but it is not easy to , hope you will be successful
_____ · Dec 31, 2010 6:34 PM
राम्रो कविता - Tiger जिउ
Moralvalues · Dec 31, 2010 7:19 PM
पुरानो साल नयाँ साल सधैं आफ्नो मात्र बेहाल । कति कामनाहरु जति शुभकामनाहरु घर भरी आँगनै भरी प्लस्टिकको फूल सरि भात्किएको पूल सरि साल को अन्तमा नयाँ साल शुभ होस् भन्छु, नयाँ साल नयाँ होस् भन्छु फेरी पुरानै दिन फेरी बिरानै दीन बाच्नु छ भने पचाउनै पर्यो नाच्नु छ भने भजाउनै पर्यो। नयाँ साल शुभ होस् नयाँ साल शुभ होस् ।
rahulvai · Dec 31, 2010 7:46 PM
प्रशंसाको लागि धर्के र moralvalues लाई धन्यवाद! तर मलाई आफ्नो भन्दा ठुल्दाइको कविता पढेर खुब मजा आयो, न्युरोडको पिपलबोट नजिक उभिएर झ्याम झ्याम पानीपुरी खाए जस्तो मिठो पो भयो! लौ सबैलाई नयाँबर्षको शुभकामना!
Geology Tiger · Dec 31, 2010 9:52 PM
वा जिते वा , क्या लेखेछौ, निकै नै राम्रो ठुल्दाई को जवाफ पनि त्यतिकै प्रशंसा गर्न लायक नयाँबर्षको शुभकामना!
mulmiz · Dec 31, 2010 10:13 PM
धेरै राम्रो कविता रहुल्दादा ! Happy new year.
Moralvalues · Dec 31, 2010 10:22 PM
आयो है आयो फेरी ढ्यण्ग्रो ठोक्दै आयो नयाँ आशा सपना र जोश सबैमा छायो पोहर पनि आएकै हो परार पनि एही गीत गाएकै हो खैत ! खैत मेरो जीवनमा नयाँ बर्षले के नयाँ परिवर्तन ल्यायो एक आयो सुन्य गयो .. नयाँ साल तिमी त नआएकै जाती पड्कौदिन पटका येस्पलि त गाउदिन पनि गीत सट्दिन शुभकामना तिमीसग नत लाउला नै मीत ।।।। F.U..New Year.
danphe · Dec 31, 2010 10:53 PM
Happy new year geology ko bagh! Kabita yesto babal 6 ki kabita bhanda khatra 6! Ani tiger bhandai ma sanotino bakhra,janawar haru lai namarne ni!!! Hahahah happy new year
buddhaman · Jan 1, 2011 12:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion