कंसाकारमाथि षड्यन्त्र भयो’ काठमाडौं, (नेस) नेवाः जागरण मञ्चले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारमाथि विमान खरिदको मामिलामा सम्बन्धित बिक्रेता कम्पनीलाई सम्झौताबमोजिम बैना रकम पठाएको कुरामा भ्रष्टाचारको आरोप लगाई मुद्दा दायर गरिएको कार्य पूर्णातः षड्यन्त्रमूलक रहेको आरोप लगाएको छ। यस्तो षड्यन्त्रले १ जना होनहार राष्ट्रसेवक को चरित्रहत्या गर्ने, नेपाल भ्रमणवर्षो अगाडि निगमलाई विमानरहित बनाई धराशायी नाउने मात्र कार्य भएको छैन, नेवार समुदायका १ जना विशिष्ट व्यत्तिमाथि आक्रमण पनि हुन पुगेको छ।’ मञ्चद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ। राज्यसत्ताको आडमा कानुन र कानुनी निकायहरूलाई आफनो स्वार्थमा प्रयोग गरी आएका कुतत्वहरूको यस्तो खालको षड्यन्त्रको हामी घोर भर्त्सना गर्दछौं’ -वक्तव्यमा अगाडि भनिएको छ। कंसाकारले निगमको कामकारबाही गर्दा निगम र नेपाल राष्ट्रलाई कुनै प्रकारले क्षति गरेमा निजलाई जनताको कठघरामा उभ्याउन हामी पनि तयार छौं, तर त्यस्तो क्षति हुने कुनै सम्भावना नदेखिइकनै नेपालभित्रै आन्तरिक वितण्डा खडा गर्दा विदेशीहरूले कुनै प्रकारको फाइदा उठाए र नेपालले रकममा पनि बेफाइदा सहनुपर्यो भने त्योसको जिम्मेवारी पनि त्यस्ता कुतत्वहरूले बेहोर्नु पर्ने हुन्छ भन्ने कुरामा हामी चेतावनी दिन चाहन्छौं। http://newsofnepal.com/detailn... Last edited: 31-Dec-10 11:31 AM
Srijana 12 · Dec 31, 2010 11:28 AM · 8,426 views
Srijana ji, tapai ko thread ko title thread ma bhayeko subject matter lai ali milena yar..
Geology Tiger · Dec 31, 2010 11:32 AM
G-T Ji, I will improve Next time. Actually, I do nt know how to EDIT the Title? Any suggestions.
Srijana 12 · Dec 31, 2010 11:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion