Is there any rule of law in Nepal? विद्यालय फोरम लोकतान्त्रिकका कार्यकर्ताको होटेल एन्ड लजको रूपमा परिणत नयाँ पत्रिका सप्तरी, १४ पुस साना बालबालिका बिहान नास्ता बाँड्न व्यस्त छन्, दिउँसो फेरि असिनपसिन हुँदै दालभात बाँड्छन्, बेलुका खाना खुवाउन र पाहुनालाई सुताउन पनि उनीहरूलाई चटारो छ । फोरम लोकतान्त्रिकको तीनदिने प्रशिक्षणले विद्यालय बन्द भएपछि राजनीतिक कार्यकर्ताको सेवा गर्न सप्तरीको एक विद्यालयका विद्यार्थीलाई भ्याइनभ्याई छ । सप्तरीको कल्याणपुर गाविसस्थित भवानीप्रसाद सकलप्रसाद रामप्रसाद उमाविमा मंगलबारदेखि फोरम लोकतान्त्रिकको कार्यकर्ता प्रशिक्षण शिविर सुरु भएको छ । मंगलबारबाटै यो विद्यालय फोरम लोकतान्त्रिकका कार्यकर्ताको होटेल एन्ड लजको रूपमा परिणत भएको छ । लोकतान्त्रिकले विद्यालय बन्द गराएर किशोरहरूलाई कार्यकर्ताको सेवामा लगाएको छ । किशोरीहरूलाई लोकतान्त्रिकको झन्डा बोकाएर कार्यकर्ताको स्वागतमा खटाइएको छ । प्रशिक्षण शिविरमा सहभागी कार्यकर्ताका लागि खाद्यान र दाउरासम्म बोक्न सरकारी गाडी प्रयोग गरिएको छ । फोरम लोकतान्त्रिकको कार्यकर्ता प्रशिक्षण शिविरले उक्त विद्यालयका झन्डै एक हजार सात सय विद्यार्थीको पठनपाठन मंगलबारैदेखि पूर्णरूपमा ठप्प छ । लोकतान्त्रिकले गरेको लिखित पत्राचारअनुरूप विद्यालय बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा कार्यकर्ताको खानपान र बसोबासको व्यवस्था गरिएकोले पठनपाठन पनि बन्द गर्नुपरेको प्रधानाध्यापक महावीरप्रसाद चौधरीले बताए ।
ANS · Dec 30, 2010 1:13 PM · 2,589 views
Pakkai maobadi karyakarta hunu parcha
grgDai · Dec 30, 2010 1:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion