डाका का सरदार द्वारा दिउसै डकैतीको प्रयास: http://www.nayapatrika.com/new... ११ घन्टाको लोडसेडिङ भोग्न जनता बाध्य भइरहेका वेला ऊर्जामन्त्री डा. प्रकाशशरण महत ले पोखरा र खप्तड घुमेको हेलिकोप्टरको भाडा तिर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएका छन् । काम सुरु भएको दुई वर्षपछि प्रधानमन्त्री माधवकुमार नेपालले गत सालको फागुनमा आयोजनाको शिलान्यास गर्ने तय भएको थियो । निर्माण सुरु भएको दुई वर्षपछि आयोजनाको शिलान्यास गर्न लागिएको भन्दै विरोध भएपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरिएको थियो । शिलान्यासपछि आयोजना गरिने भोजभतेरमा १२ वटा खसी काट्ने तयारी गरिएको थियो । त्यसैवेला प्रधानमन्त्री नेपाल, गृहमन्त्री भीम रावल, ऊर्जामन्त्री डा.प्रकाशशरण महत, ऊर्जा सचिव शंकरप्रसाद कोइराला, प्राधिकरणका उच्च अधिकारी टोलीसहित चार्टर गरेको हेलिकोप्टरबाट आयोजना स्थल पुग्ने कार्यक्रम तय भएको थियो । Last edited: 31-Dec-10 07:30 AM
Srijana 12 · Dec 29, 2010 4:02 PM · 7,566 views
http://nagariknews.com/compone... UCPN (Maoist) politburo member and lawmaker Khadga Bahadur Bishwokarma was arrested by the police while travelling in a stolen four-wheeler in the capital Thursday evening. He is a former minister. Police said he was released after he promised to present documents to prove the legal ownership (?) of the four-wheeler. http://www.nepalnews.com/archi... Last edited: 31-Dec-10 07:26 AM
Srijana 12 · Dec 30, 2010 7:01 AM
चोरीको पजेरोमा सबार माओवादी नेता पक्राउ केपी ढुंगाना, काठमाडौं, पुस १६ - एकीकृत माओवादीका नेता तथा पूर्व मन्त्री समेत रहेका खड्गबहादुर विश्वकर्मा चोरीको गाडी सहित पक्राउ परेका छन्। महानगरीय प्रहरीको विशेष टोलीले उनलाई गौशालामा पजेरोसहित पक्राउ गरेको हो। उनले चोरीको गाडीमा माओवादी सरकार रहँदा दिइएको अस्थाई नम्बर राखेको प्रहरीले जनाएको छ।
sYaKuuRiolAKU_nchImb · Dec 30, 2010 9:10 AM
http://www.bbc.co.uk/nepali/ne... राज्य व्यवस्था समितिले सुडान पुगेर गरेको अनुसन्धानपछि मिसनलाई थोत्रा र विग्रिएका सामान पठाएर ३० करोड भन्दा बढी भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै कारवाहीको निम्ति सरकारलाई बैशाखमै निर्देशन दिएको थियो। त्यसपछि सरकारले समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगायो। ‘त अनुसन्धान किन ढिलो?’ भन्दै दोषीमाथि तत्काल कारवाही गर्न समितिले अख्तियारलाई पनि पत्र पठाएको छ। तर अख्तियारका प्रवक्ता इश्वरी पौडेलले अनुसन्धान जारी रहेको बताउँदै भने, “ककस्लाई के कस्तो मुद्दा चलाउनु पर्छ भन्ने कुरा अनुसन्धानपछि टुंगो लाग्छ।” दर्जनौं उच्च अधिकारी मुछिएको उक्त प्रकरणमा जो सुकै दोषी ठहरिए पनि सुडानबाट बेइज्जतीपूर्वक आफ्नो प्रहरी मिसनलाई फिर्ता हुनबाट रोक्नु नेपालको निम्ति तत्कालको चुनौती भएको ठानिएको गृहमन्त्री भीमबहादुर रावल (SARDAR) ले चाहिं नयाँ सामान उहिल्यै पठाउन खोज्दा पनि राजनीतिक परिस्थिति र प्रकृयागत कारणले सम्भव नभएको बताए। Last edited: 31-Dec-10 07:09 AM
Srijana 12 · Dec 31, 2010 6:52 AM
“सन्चालक समिति बोर्डले जहाज किन्न संझौता गर भनेकोमा एअर बसलाई बैना नै बुझाउने काम गरेकाले भ्रष्टाचार गरेको ठहर गरेका हौं।” Culprits: कंसाकारसहित कामु नायब महाप्रबन्धकद्वय राजु केसी र गणेश ठाकुर, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, निर्देशक मयुरशमशेर राणा र कामु उपनिर्देशक केशवराज शर्मा कंसाकारले एअर बस खरीद गर्न निगमको खाताबाट पेरिसस्थित एउटा बैंकमा झण्डै पौने ६ करोड रुपैया फिर्ता नहुने शर्तको बैना बुझाएका थिए। अभियुक्तहरुबाट बैना बुझाइएको ५ करोड ७३ लाख रुपैया सहित ब्याज असुल गर्न माग गरेको छ।। http://www.bbc.co.uk/nepali/ne...
Srijana 12 · Dec 31, 2010 8:03 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion