कोलोराडो साहित्य संगम, २०१० डिसेम्बर अंक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म कविता लेख्न सक्दिन वासुदेव खनाल, आइडाहो स्प्रिङ्ग, कोलोराडो जताततै अन्याय र अत्याचारले छाएको बेला आफन्तहरु आफन्त भनाउँदाहरुबाटै पिडीत भएको बेला न्याय, इमान्दारिता, अनुशासन, मिहेनत, र सहयोगी भावनाको सट्टा इर्ष्या, डाह, रोष, वैमनश्यताले जरो गाड्दै गरेको बेला तिमी भन्छौ मलाई एउटा कविता लेख यस्तो बेला, हृदयले कहाँको कोमलताको कुरा गर्नसक्छ कहाँ भाइचाराको, अनि मित्रताको कुरा गर्न सक्छ, म भाइमारा, देशमारा र भ्रष्टहरुलाई देख्नै सक्दिन त्यसैले त साथी, म कविता लेख्नै सक्दिन। जव म कविता लेख्न बस्छु, मेरो कलमले तिनै देशमारा, भाइमारा र भ्रष्टहरुको छवि लेख्न खोज्छ, तिनै देखावटी राष्ट्रवादको बारेमा बोल्ने खोक्रो राष्ट्रप्रेमको कविता लेख्न खोज्छ विभिन्न संघ, संगठन खोलेर, आँफै नेता बन्न खोज्ने प्रव्रिती विरोध गर्न खोज्छ, बाहिर सहयोग र राष्ट्रवाद देखाउने अनि भित्र भित्र तानाशाह, लाद्न खोज्नेको बारेमा लेख्न खोज्छ। जुन कुरा लेख्दा, आफू र आफ्नो परिवार सुरक्षित बन्दैन, म त्यही कुरा लेखेर असुरक्षित बन्न चाहँदिन, र म त्यस्ता छेपारोहरुलाई देख्नै सक्दिन, साथी, त्यसैले म कविता लेख्नै सक्दिन। एकपटक मैले, देशभक्तीको लागि भनेर टनकपुरको कविता लेखे, मेची, काली र गण्डकको बारेमा अनि चाइना साउथको बारेमा कविता लेखे। ती देशभक्त भनाउँदाहरुले मलाई आँखाको तारो बनाए, मैले १२ बर्षे युद्दकालमा मृत्‍यु र मानव बिषयमा कविता लेखे तिनीहरुले मलाई जंगल पुर्याए, मैले, सत्य र इमान्दारिता र अन्यायको बारेमा कविता लेखे र त म आँखाको तारो बन्दै गएँ। मलाई ती बाठा भनाउँदाहरुले खोला तर भने अनि म भाँचिएको लौरो समाएर कसरी खोला तर्न सक्छु मेरो सिर्जनामा बार लगाउन मसी सिद्दिएको कलम दिन्छौ अनि भन्छौ कविता लेख। म मसी नभएको कलमले कसरी कविता लेखुँ? तसर्थ म छट्टु स्यालको फटाहा कुरालाई देख्नै सक्दिन त्यसैले साथी म कविता लेख्नै सक्दिन। http://inlscolorado.blogspot.c...    

INLS-Colorado · Dec 28, 2010 12:45 AM · 3,135 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all