रियल जुस खानु अगाडी सोच्नै पर्ने भएको हो त ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I am not a big fan of Real Juice but if you are, may be you have to think for a while. Read this: वीरगन्ज, पुस ६ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बाराको रामपुर टोकनीस्थित डाबर नेपालको गोदाममा छापा मारेर ७४ हजार कार्टुन रियल जुसलाई 'सिल' गरेको छ। डाबर नेपालबाट उत्पादित एक्टिभ र रियल जुसको कार्टुनमा अगाडिको मिति राखेर प्याकिङ गरेको विशेष उजुरीका आधारमा दिउसो १२ बजेतिर अख्तियारले छापामारी गरी गोदाममा रहेका जुसका कार्टुन सिल गरेको हो। आयोगका सहन्याधिवक्ता समीर सिलवालको नेतृत्वमा आएको टोलीले कार्टुनको प्याकेजमा जारी मिति गलत भएको भन्दै नियन्त्रणमा लिएको जनाएको छ। प्याकेजिङ भइसकेका काटुर्नमा सन् २०११ जनवरीको मिति राखिएको छ। 'अहिले प्याकेजिङ भएका जुसमा आउँदो महिनाको स्टिकर लेखिएको पायौं,' सहन्याधिवक्ता सिलवालले भने, '७४ हजार कार्टुन जुसलाई 'सिल' गरेर मुचुल्का तयार गरेका छौँ।' थप अनुसन्धानको आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए।  खाद्य तथा गुण नियन्त्रण विभागका एक उच्च अधिकारीले केही दिनअगाडि उत्पादन गरेको वस्तुको उपभोग्य मिति बजारमा लैजाने समयको राख्ने गरेको बताए। 'दूध, पाउरोटीजस्ता वस्तुको उत्पादन बजारमा लैजाने दिनभन्दा अगाडि हुने भए पनि उपभोग्य मिति बजारमा लैजाँदाकै दिनको राख्ने चलन छ,' ती अधिकारीले भने। शुक्रबार कार्यलयमा परेको विशेष उजुरीका आधरामा अख्तियारले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी नदिई आकस्मिक छापा मारेको थियो। बिहान १२ बजे सिलवालको नेतृत्वमा डाबर नेपाल पुगेको टोलीमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख महेन्द बानियाँ, नाप तौल विभागका अधिकृत अनुप हलवाई र केही सुरक्षाकर्मी सहभागी थिए। बिहान ११ बजे कारखानामा छिरेको उक्त टोली अपरान्ह ४ बजे फर्किएको थियो। जिल्ला प्रशासनका प्रमुख वसन्त उपाध्यायले छापाबारे आफूसमेत अनभिज्ञ रहेको बताए। 'छापा मार्ने काम सुरु भएपछि मात्र मैले थाहा पाएँ,' उनले भने, 'गोपनियताका कारण यसो भएको हुनसक्छ।' कारखानाका एक कर्मचारीले नयाँ वर्षमा बजारमा सहज रुपमा जुस पुर्‍याउन यसो गर्नुपरेको बताए। 'अहिले उत्पादन नगरे नयाँ वर्षमा बजारका सबैतिर जुस पुर्‍याउन असम्भव हुन्छ,' नाम नबताउने सर्तमा ती कर्मचारीले भने। (Source: Nagariknews.com)

churse · Dec 21, 2010 11:48 AM · 7,656 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all