read this about OM hospital

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hello Guys, Check this out. http://www.nayapatrika.com/new... This is about OM hospital of Nepal. I am surprised again because such things are also happening still in this hospital. Last time I read news of OM hospital where a patient died in discharge day. It was when patient fell in floor, nurse gave him in oxygen mask but there was no oxygen in oxygen tank and patient died of suffocation. If you guys know any such incident of any hospital of Nepal, you can share with us.

thapar20 · Dec 19, 2010 9:25 PM · 8,565 views

2 Replies

Font size: आन्द्राभुँडी बाहिर निस्किएको बच्चाको दुई दिनपछि निधन भयो, अस्पतालले गल्ती ढाकछोप गर्न मृत बच्चाको पेटमा १८ टाँका लगायो तर प्रहरीले मुचुल्का लिँदा अस्पतालका कोही पनि जिम्मेवार व्यक्ति आएनन्, नयाँ पत्रिका काठमाडौं, ४ पुस सुत्केरी हुन आएकी महिलाको पेट चिर्दा ओम हस्पिटलले भित्रको बच्चाको पेटसमेत चिरेर आन्द्राभुँडी निकालिदिएको छ । बच्चाको मृत्यु भएपछि आमाबाबु विक्षिप्त छन् । २९ मंसिरमा सोलुखुम्बुका तेन्जी लामाले गर्भवती श्रीमतीलाई ओम अस्पतालमा भर्ना गरेका थिए । अस्पतालले अल्ट्रासाउन्ड गराएर सुरुमा सामान्य 'डेलिभरी' हुने बताएको थियो । तर पछि डाक्टरहरूले बच्चा सामान्य रूपमा नजन्मने बताएपछि अभिभावक शल्यक्रिया गर्न तयार भएका थिए । अस्पतालले १ पुसमा डा. रीता मानन्धरको नेतृत्वमा शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि डा. मानन्धरले बिहीबार दिउँसो तीन बजेतिर सुत्केरी र बच्चाको स्थिति सामान्य रहेको जानकारी गराएकी थिइन् । आमा र बच्चाको अवस्था सामान्य रहेको जानकारी पाएर बच्चाका बाबु तेन्जी र तेन्जीकी सासू छिरिङ हषिर्त भएका थिए । उनीहरूले पनि खुसीको सन्देश सारा आफन्तलाई सुनाएका थिए । तर, केही समयपछि बच्चाकी हजुरआमा छिरिङ छोरी र उनको बच्चालाई भेट्न गइन्, उनको हर्ष एकैछिनमा विस्मात्मा परिणत हुन पुग्यो । सुत्केरी छोरी बेडमा थिइन्, छेउमै राखिएको नातिको पेटबाट आन्द्राभुँडी सबै बाहिर निस्केको थियो । 'कोठाभित्र जाँदा हषिर्त थिएँ, आन्द्राभुँडी बाहिर निस्किएको बच्चा देखेर म अक्क न बक्क भएँ,' छिरिङले बाहिर आएर भनिन् । आन्द्राभुँडी बाहिर निस्किएको नाति देखेर बाहिर निस्किएकी हजुरआमाले भित्र केही बोल्न सकिनन् । नातिको अवस्था बुझ्न गएकी सासू झन्डै अचेत अवस्थामा बाहिर निस्किएको देखेर बच्चाका बाबु लामाले केही बुझ्नै सकेनन् । करिब पाँच-दस मिनेटपछि सासूले गहभरि आँसु झार्दै बच्चाको अवस्थाबारे जानकारी गराइन् । सासूको मुखबाट बच्चाको त्यस्तो खबर पाएलगत्तै लामा आफैं अचेतजस्तै भए । केही समयपछि होसमा आए पनि उनी आफ्नो बच्चालाई हेर्न जान सकेनन् । 'दिउँसो एक बजेतिर अप्रेसन थिएटरमा लग्दा आत्तिनुपर्दैन, बच्चाको अवस्था नर्मल नै छ, आमालाई केही अप्ठेरो हुन्छ कि भनेर शल्यक्रिया गर्न लगिएको हो, यो साधारण शल्यक्रिया नै हो भनेका डाक्टरहरूले पछि बच्चा भने त्यस्तोगरी निकालिदिएछन्,' लामाले आँसु झार्दै भने । अस्पतालमा नै सात दिनअगाडि २३ मंसिरमा भिडियो एक्स-रे गर्दा बच्चाको र आमाको अवस्था नर्मल छ भन्ने रिपोर्ट आएको थियो । अस्पतालले दिएको भिडियो एक्स-रेको रिपोर्टमा पनि सबै कुरा 'नर्मल' भनिएको छ । तर, पेटभित्र 'नर्मल' भएको बच्चा बाहिर निकाल्दा आन्द्राभुँडी बाहिर निकालिएको थियो । तर अहिले अस्पतालले भने पेटभित्र नै बच्चा अस्वस्थ अवस्थामा थियो भनेको छ । बच्चाका बाबुका अनुसार यस्तो बच्चा जन्मियो भनेर जिज्ञासा राख्दा ओम अस्पतालले पेटमा नै बच्चाको 'डेभलपमेन्ट' यसरी नै भएको थियो भनेर उत्तर दिएको थियो । तर आफन्तले अस्पतालमा नै गराएको भिडियो एक्स-रेको रिपोर्ट देखाएपछि अस्पतालका कर्मचारीहरू आ-आफूमा एकले अर्कोलाई दोष लाउन थालेका छन् । 'अस्पतालले गल्ती नै गरेको हो भन्ने त गाइनोकोलोजिस्टले भिडियो एक्स-रे गर्नेलाई अनि अप्रेसन गर्नेले अरू डाक्टरलाई दोष लगाएकोबाट नै प्रस्ट भइसकेको छ,' लामाले भने । शल्यक्रियाबाट आन्द्राभुँडीसहित बच्चा निकालिएको भए पनि बच्चा जिउँदो नै थियो । तर, बच्चाको पनि गत शनिबार राति साढे ११ बजे मृत्यु भएको छ । मृतक बच्चाको पेटमा रहेको आन्द्राभुँडी चिकित्सकहरूले पेटभित्र राखेर पेटलाई सिलाइदिएका छन् । बँच्चाको पेटमा १८ वटा टाँका लगाइएको छ । बच्चाको मृत्यु भएको भए पनि ३० वर्षीया आमा छोजुङ डोल्मा लामा भने हाल सामान्य अवस्थामा छिन् । अस्पतालले सुत्केरी लामालाई आइतबार दिउँसो डिस्चार्ज गरेको छ । चाबहिलको मैजुबहालमा बसोबास गर्दै आएका ३७ वर्षे लामाले ३० वर्षीया पत्नीलाई सुरक्षित सुत्केरी गराउनुपर्छ भनेर गर्भवती भएदेखि नै पटक-पटक ओम अस्पतालमा नै चेकअप गराउँदै आएका थिए । तर, अस्पतालको लापरबाहीका कारण उनले छोरा त गुमाएका छन् नै साथै सुत्केरी गराउँदा अस्पतालमा औषधिलगायतका खर्च गरी झन्डै ६० हजार पनि खर्च गरिसकेका छन् । 'पैसा खर्च भएकोमा मलाई कुनै दुःख छैन, तर अस्पतालले गल्ती गर्दा मेरो छोराको मृत्यु भएको छ,' उनले भने, 'अस्पतालले आफ्नो गल्ती बाहिर जान्छ भनेर मलाई विभिन्न प्रलोभन र क्षतिपूर्तिसमेत दिन आश्वासन दिएको थियो । तर, ममाथि त दुःखद् घटना घट्यो अरूलाई पनि यस्तो नहोस् भनेर सार्वजनिक गरेको हुँ ।' उनले ठूला भवन र ठूला डाक्टरको नाम सुनेकै भरमा अस्पतालको पछि लाग्दा आफ्नो यो हविगत भएको पनि बताए । छोरा गुमाएका लामाले अस्पतालविरुद्ध प्रहरीमा समेत उजुरी गरेका छन् । प्रहरी प्रभाग बौद्धले आइतबार राति अस्पतालमा मुचुल्का दायर गरी मृतक बच्चाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगेको छ । अस्पतालमा प्रहरी आएर घटनाको विषयमा सम्पूर्ण जानकारी लिँदासमेत अस्पतालका माथिल्ला अधिकारी उपस्थित थिएनन् । प्रहरीले अस्पतालमा सेवारत नर्सहरूको सहयोगमा मुचुल्का तयार पारेको थियो । उता अस्पतालका निर्देशक डा. हरिकिशोर श्रेष्ठका अनुसार अस्पतालका तर्फबाट कुनै पनि त्यस्तो लापरबाही भएको छैन । उनले बच्चालाई आमाको पेटभित्र नै 'हर्नियासन' भएको हुँदा त्यस्तो जन्मिएको बताए । 'बच्चाको ८ दिनअगाडि अल्ट्रासाउन्ड गर्दा अवस्था राम्रो थियो । तर बच्चालाई हर्निया भएको रहेछ जसले गर्दा अल्ट्रासाउन्ड गरेपछि आमाको पेटमा केही प्रेसर हुँदा बच्चाको आन्द्राभुँडी बाहिर आएको हो,' उनले भने । तर, अस्वस्थ बच्चा जन्मिएपछि आफन्तलाई किन जानकारी नदिएको भन्ने विषयमा उनले चर्चा गर्न चाहेनन् ।  

The Real Patriot · Dec 19, 2010 9:31 PM

I don't trust Nepali doctors.I don't trust Nepali hospitals. Much like many things in Nepal, the medical community is inept and despicable.  Sense of responsibility is sorely lacking. Very sad affair.

riten · Dec 21, 2010 3:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all