'आँधीबेहरीले मलाई विचलित बनाउँदैन’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, पुस ५ -  गोलीकाण्डमा पक्राउ परी छुटेका पूर्वयुवराज पारस शाहले आइतबार प्रेस विज्ञप्ति निकालेका छन् । घटना उल्लेख नगरी निकालेको उनको प्रेस विज्ञप्तिमा श्रद्धेय अभिभावक, अग्रज एवं आत्मीय नेपाली दिदीबहिनी तथा दाजुभाइ भनी सम्बोधन गरिएको छ । 'राष्ट्रिय स्वतन्त्रता, अखण्डता र एकता प्रत्येक नेपाली नागरिकको प्राणभन्दा प्यारो हुन्छ । यही राष्ट्रिय नैसर्गिक स्पन्दन प्रत्येक नेपालीको मुटुको धडकन हो । जसले एउटा राष्ट्रिय स्वाभिमानसम्पन्न नेपाली हुनुको अनुभूतिले मलाई सधैं गौरवान्वित, प्रेरित र जागरुक बनाइराख्छ र राखिरहने छ,' उनले भनेका छन्, 'उल्लिखित पृष्ठभूमिमा मैले नेपाल र नेपाली जनतालाई पूर्ण सजगतासाथ आत्मबोध गरेको छु । एउटा स्वाभिमानी नेपाली हुनुको गौरवद्वारा म सदा अनुप्राणित र अभिप्रेरित भई नै रहेको छु र कुनै कस्तै आरोह/अवरोहद्वारा मेरो राष्ट्रप्रेमको अगाध श्रद्धा ओइलाउने छैन ।' उनले राष्ट्रको सम्मान गर्ने कुरामा कस्तै आँधीबेहरी हुरीले समेत आफूलाई विचलित तुल्याउन नसक्ने बताएका छन् । 'सम्पूर्ण स्वदेश तथा विदेशबाट मलाई समर्थन गर्ने सबै आत्मीय नेपाली दाजुभाइ, दिदीबहिनीहरू, राजनीतिक दल, सञ्चारकर्मी, संघसंस्था, नागरिक समाज, कानुनविद् एवं सुरक्षा निकायलाई मप्रति दर्शाइएको असीम स्नेह र क्रियाशील सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु,' शाहको विज्ञप्तिमा भनिएको छ, 'सधैं नेपाली जनताको राष्ट्रिय स्वाभिमान बचाइराख्ने कुरामा देश/विदेशमा जहाँसुकै रहेका भए पनि आमनेपाली जनताको क्रियाशील र वीरत्वपूर्ण सहभागिता रहनेछ भन्नेसमेत अपेक्षा व्यक्त गर्दै सबै देशभक्त नेपालीलाई हार्दिक अभिवादन गर्छु प्रकाशित मिति: २०६७ पुस ५ ०८:४७

The Real Patriot · Dec 19, 2010 9:19 PM · 6,401 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all