Open Invitation to all Nepalese

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

“राष्ट्रिय मेलमिलाप निती’’ सम्बन्धमा विचार गोष्ठी तथा नयाँ बर्ष सन् २०११ को सुखद अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम हार्दिक निमंत्रणा आदरणीय दाजू भाई , दिदी बहिनी तथा साथीहरु, जय नेपाल , महा मानव स्व. बी. पि. कोइराला ले रास्ट्रीय मेल मिलाप को निति लिएर प्रवास बाट स्वदेस फर्किएको दिन पूस १६ गते लाइ हामी ले राष्ट्रिय मेलमिलाप दिवस को रूप मा मानि आएको कुरा त याहा हरु लाइ सर्बबिदितई छ / अहिले हामीहरू पनि प्रवास मा छौ र आफ्नो रास्ट्रको रास्ट्रीय राजनीती लाइ कुनै न कुनै रूप मा नियाली नै रहेका छौ , परिस्थिति अझै जटिल नै छ, दिगो बहुल वाद सहित को लोग्तान्त्रिक गणतंत्र स्थापना गर्न बर्तमान रास्ट्रीय पार्टी हरू बिच बिना सर्थ सहमति हुन जरुरी छ , एस अर्थमा पनि ” रास्ट्रीय मेलमिलाप निति” को धेरै आवश्यकता महसूस गरिएको छ / यसै अवसर मा ‘’ महा मानव स्वर्गिय जननेता श्री बिश्वेस्वर प्रसाद कोइरालाको ब्यक्तित्व, र राष्ट्रिय मेलमिलाप निती’’ सम्बन्धमा विचार गोष्ठी तथा नयाँ बर्ष सन् २०११ को सुखद अवसर मा शुभकामना आदान प्रदान कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय र यस् क्षेत्र मा रहेका नेपाली संघ संस्था हरु बाट निम्नि मिति, समय र स्थानमा गरिमामय उपस्थिती को लागि हार्दिक अनुरोध गरिन्छ । मिति :- जनवरी , ०२ , आइतवार , २०११ समय :- दिनको ठीक ३.00 स्थान :- नेपाली समाज टेक्सास को हल 940 N. Beltline Rd # 129, Irving, TX, 75061

Gorkhali_1 · Dec 19, 2010 8:45 PM · 1,765 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all