एएनए-कन्भेन्सन घोटालाका श्रोत र त्यसका भागीदारहरु जुलाई २००९ मा अक्ल्यांड, क्यालीफोर्नियामा सम्पन्न एएनएको सम्मेलनबाट पदासिन हुन् पुगेका पदालुहरुको एक्जुक्युटिभ बोर्डले म्यासाचुसेट्स राज्यको बोस्टनमा एएनए सम्मेलन आयोजना गर्ने निर्णय हुँदा अध्यक्ष सिमोन ढुंगानाको हर्षको सिमाना थिएन भने उपाद्यक्ष मेदिनी अधिकारीको अध्यक्षता रहने कुरोले अधिकारीको खुट्टा भुईमा थिएन, मानौ उनी हात र खुट्टा फिजाएर आकाश माथि तैरीरहेका थिए । उ बेला रोजर अधिकारिलाई माछा पछारे झैँ पछारेको ढुंगानाको हर्षित अनुहार र आकासमाथि तैरिरहेका अधिकारीको अनुहार त्यसबेला कागती निचोरेको जस्तो भयो जुनबेला बोस्टन कन्भेन्सन फिनान्सिअल इन् भेस्टिगेसन कमिटि (बिसीएफआईसी) ले बोस्टन कन्भेन्सनमा ८२ हजार आठ सय आठ डलर घोटाला भएको गोप्य प्रतिबेदन एएनए एक्जुक्युटिभ बोर्डलाई बुझायो । बोस्टन कन्भेन्सनमा कूल खर्च १ लाख ६५ हजार तीनसय छयासी डलर र आम्दानि ८२ हजार ५ सय अठहत्तर डलर भएको बिसीएफआईसीको प्रतिबेदनमा उल्लेख छ तर नोभेम्बर १, २०१० मा एएनए कोषाध्यक्ष उत्सब गुरुंगले बिसीएफआईसीलाई बुझाएको आर्थिक विवरणमा भने आम्दानि तर्फ ८४ हजार ७ सय त्रिचालिस डलर र खर्च तर्फ १ लाख ७० हजार ९ सय उन्नाईस डलर भएको उल्लेख छ, जसबाट गुरुंगको विवरणले भने कूल घोटाला ८६ हजार १ सय छयत्तर डलर भएको स्पस्ट देखिन्छ । बिसीएफआईसीको प्रतिबेदनमा उल्लेख घोटाला र उत्सब गुरुंगको विवरणमा उल्लेख घोटालालाई मर्ज गरि सालाखाला घोटाला निर्धारण गर्दा हुने कूल घोटालाको रकम हो ८४ हजार ३ सय सतहत्तर डलर । जुन घोटाला यो मनुष्य बिनोद कुमार नेपालले बोस्टन कन्भेन्सन पछिका लगातारको खोज र लेखनमा उल्लेख गर्दै आएको अनुमानित आंकडा हो, यदि कसैले खोजकर्ताको लेख संकलन गरेको भए भेट्टीनसक्छ । जब एएनएको २७ औं कन्भेन्सन क्यालीफोनियामा हुँदै गर्दा २८ औं कन्भेन्सन म्यासाचुसेट्स राज्यको बोस्टनमा ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जीबिएनसी) को पार्टनरशिपमा आयोजना गर्ने निर्णय भयो, जसलाई जीबिएनसीका पदालुहरुले तत्काल स्वीकारेका थिए । एएनए र जीबिएनसी बीच तत्काल सम्झौता समेत भएको थियो र दुवै संस्थाका बरिस्ठहरुद्वारा हस्ताक्षरित पत्रमा बचत वा घाटा जे भए पनि एएनएले ७० प्रतिशत र जीबिएनसीले ३० प्रतिशत बाँडीचुडी खाने वा बेहोर्ने भन्ने उल्लेख थियो, जसलाई बिसीएफआईसीले आफ्नो गोप्य प्रतिबेदनमा समेत उल्लेख गरेको छ । बास्तबिक कुरो के हो भने यो घाटा होइन नियतबस पारिएको घाटा अर्थात् घोटाला हो, जसलाई एएनएले ७० प्रतिशत र जीबीएनसीले ३० प्रतिशत सकार्नु पर्छ बिना कुनै बहाना भन्ने आम डाएसपोरा नेपालिहरुको आबाज छ, त्यसलाई यो लेखमार्फत जोडदार रुपमा उठाउन नेपालीहरुले आग्रह गरेका छन् । एएनए र जीबीएनसी दुवै निर्जीव सामाजिक संथा हुन्, तर जीवित ति संथाहरु भित्रका महान खेलाडीहरुका कारण अझ बिशेष गरेर दुवै संथाका एक्जुक्युटिभ बोर्डका पदालुहरुका कारण यत्रो अक्षम्य आर्थिक दुर्घटना भएको हो, त्यसैले यो दुर्घटना घटाउने भनेका दुवै संस्थाका पदभिरूहरु हुन्, उनीहरुले घटाएको यो दुर्घटनाको मूल्य उनीहरुले व्यक्तिगत रुपमा चुकाउनु पर्ने आम नेपालिहरुको माग छ । को को छन् दुवै संस्थाका पदभिरूहरु ॽ ७० प्रतिशत घोटाला बेहोर्ने एएनएका पदभिरूहरु हुन् - अध्यक्ष सिमोन ढुंगाना मेरिल्याण्ड, उपाध्यक्ष तथा बोस्टन कन्भेन्सनका अध्यक्ष मेदिनी अधिकारि भर्जिनिया, महा सचिब धिरेन गुरुङ टेक्सास, कोषाध्यक्ष उत्सब गुरुङ म्यासाचुसेट्स, संचार निर्देशक सिरिश भोजपुरे कोलोराडो, एक्जुक्युटिभ बोर्ड तर्फकाहरु हुन् - अनन्त रिसाल न्युजर्सी, अरुण धिताल नर्थ क्यारोलिना, भास्कर त्रिपाठी मिनिसोटा, डिल्ली पौडेल बाना- मेरिल्याण्ड, ज्ञानेन्द्र ह्योजु युटाह, जांगबु शेर्पा म्यासाचुसेट्स, कुश श्रेष्ठ ओरेगन, लक्ष्मी गौडेल वाशिंगटन डिसी, मोहन तिमल्सिना जर्जिया, मुना बेलबासे न्युयोर्क, निलम श्रेष्ठ कोलोराडो, प्रेम अधिकारी टेक्सास, शम्भू ढुंगाना क्यालिफोर्निया, श्रीधर रानाभाट विन्स्कसिन, श्रीराम दाहाल सियाटल, उत्सब गुरुङ म्यासाचुसेट्स, यान राई क्यालिफोर्निया । त्यसैगरी एएनएका बिभिन्न कार्यक्रमतर्फका महानुभाबहरु हुनुहुन्छ - सुन्दर गुरुङ कन्भेनर बोस्टन कन्भेन्सन, बसन्त श्रेष्ठ नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका तथा एएनए स्मारिका प्रकाश समितिका सदस्य, महेन्द्र पौड्याल कोअर्डिनेटर एएनए नेपाल प्रोमोसन, मेदिनी अधिकारि इमर्जेन्सी हेल्प फण्ड, डा. तुलसी जोशी कोअर्डिनेटर एएनए स्कलरशिप, नबिन दत्त एक्जुक्युटिभ डाइरेक्टर नेपाल एजुकेसनल एंड कल्चरल सेन्टर तथा सदस्य बिसीएफआईसी, गोबिन्द गिरि प्रेरणा कोअर्डिनेटर मिडिया क्लब, केशबराज सेढाई संयोजक एएनए लिगल ग्रुप, प्रेमराजा महत कल्चरल प्रोमोसन एबम नेपाल सरकारका मेरिल्याण्ड र पेंसिल्भानियाका लागि अवैतनिक बाणिज्य दुत, प्रीयान्का उपाध्याय निर्देशक एसोसियशन अफ नेपाली युथ इन् अमेरिका, प्रल्हाद केसी, कोअर्डिनेटर ननरेसिडेन्ट नेपाली प्रोग्राम, हरिकुमार शर्मा सीपीए, एएनए महालेखा परीक्षक तथा बिसीएफआईसी सदस्य । ३० प्रतिसत घोटाला बेहोर्ने जीबीएनसिका पदभिरूहरु हून - ध्रुब घिमिरे अध्यक्ष, लिला राउत उपाध्यक्ष, मिलन गुरुङ महा सचिब, राम थापा सचिब, बिष्णुमणि आचार्य कोषाध्यक्ष, देबी ओली थापा सहायक कोसाध्यक्ष, अर्जुन जंग कुँवर संचार निर्देशक । जीबीएनसी कै सदस्य तर्फकाहरु हुन् - बिष्णु कार्की, महेश्वर पन्त, पेशल रेग्मी, आजाद प्रधान, पुष्प श्रेष्ठ, बिजेन्द्र प्रधान, किरण खड्का, तारशा उपाध्याय, जाल प्रसाद घिमिरे, राम धिताल, दान बिके, विजय तामांग, आरति गुरुङ, शिब मिश्र, अनिल गोर्खाली, भक्त गुरुङ, अश्वनी बहाइल, पेमला शेर्पा, रघु भट्टराई, माणिक विश्व, कृष्ण खनाल, दावा शेर्पा, बिरोचन नेपाल, रमेश राना, रमेश गुरुङ, सुनिल नेपाल, कुमार श्रेष्ठ, सुरेश ढकाल, मधुकर अधिकारि, गौरब थपलिया, भुमि अर्याल, समुन्द्र श्रेष्ठ, सुरेन गुरुङ र गणेश सेढाई । बोर्ड अफ डाइरेक्टर तर्फका जीबीएनसीका महानुभाबहरु हुन् - सूर्य थापा, बिनोद ओली, प्रेम तामांग, जांगबू शेर्पा, उत्सब गुरुङ । त्यसैगरी सल्लाहाकार तर्फका हुन् - धन गुरुङ, यम शर्मा, डा. उषा शर्मा, अच्युत अधिकारी, उत्तम बाबु श्रेष्ठ, भुवन गुरुङ, सुन्दर गुरुङ, बिष्णु माया परियार, बिष्णु राई र काजि शेर्पा । बेहोर्नु पर्ने जनही घोटाला रकम कूल घाटा अर्थात् घोटाला रकम हो ८४ हजार ३ सय सतहत्तर डलर । सम्झौता अनुसार ७० प्रतिशत घोटाला बेहोर्नु पर्ने एएनए तर्फका एक्जुक्युटिभ कमिटिका पदभीरुहरुले घाटा बेहोर्नु पर्ने कुल रकम हो ५९ हजार ६४ डलर । जीबिएनसी तर्फका पदभीरुहरुले बेहोर्नु पर्ने कूल घाटा रकम हो २५ हजार ३ सय तेह्र डलर । एएनए तर्फका पदभीरुहरुको संख्या ३२ छ, यी ३२ जनाले दामासाही हिसाबले घोटाला रकम आपसी मेलमिलाप र सद्भावमा पूर्ति गर्ने हो भने एक जनाको भागमा करिब १ हजार ८ सय ४६ डलर पर्छ । त्यसैगरि जीबीएनसी तर्फका पदभिरूहरुको संख्या छ ५६ । यिनीहरुले पनि आपसी मेलमिलापमा घाटा रकम पूर्ति गर्ने हो भने दामासाही जनही रकम हुन्छ ४ सय ५२ डलर । घाटा र घोटालाका श्रोतहरु प्रचुरमात्रामा आर्थिक नियम कानुन मिचिएको छ भुक्तानी दिंदा भनेर बिसीएफआइसी प्रतिबेदन भन्छ । केहि यस्ता भुक्तानीहरु नगदमा गरिएको छ जुन क्यास ह्यान्डलिंग रुल अफ कन्भेसन र जनरल्ली एक्सेप्तेड एकाउन्टिंग प्रिन्सिपल (जीएएपी) लाई उल्लङ्घन हो, जस्तो जीबिएनसीका सल्लाहाकार भुवन गुरुङलाई ९ हजार ५ सय डलर नगद एकपटकमै भुक्तानी गरिएको छ । कलाकार अन्जु पन्तलाई ५ हजार ४ सय डलर नगद र कलाकार मनोज गजुरेललाई १ हजार ५ सय डलर नगद भुक्तानी भएको छ, यो जीएएपी को ठाडो उल्लङ्घन हो । फेरी अर्को महत्वपूर्ण कुरो उनीहरुलाई किन भुक्तानी भयो भन्ने कुरो गर्भमा छ, रहस्यपूर्ण छ, किनकि भुक्तानी बिपरित आबस्यक कागजात भुक्तानी भुझ्नेले उपलब्ध गराउनु पर्छ, त्यस्ता कागजात नै छैन । नेपाली कलाकारहरुको हवाई टिकटबापत ६ हजार ८ सय डलर नगदमा भुक्तानी भएको छ तर फिनान्सिअल स्टेटमेन्टमा ५ हजार ७ सय डलरमात्रै उल्लेख छ, कहा गयो होला १ हजार १ सय फरक रकम ॽ यो झन् रहस्यपूर्ण छ । बिसीएफआईसी प्रतिबेदन भन्छ - एएनए बोस्टनका तीनवटा बैंक खाता छन् बोस्टनमा तर त्यसको सन्तोसजनक जबाफ सम्बन्धित पक्षले दिएन । सबभन्दा हास्यास्पद र कोषाधक्षको दर्दनाक अवस्था के छ भने एएनए बोस्टनको एउटा खाताबाट ७ हजार डलरभन्दा बढी होटेल होलिडे इन् बोस्टनले चार्ज गरेको छ तर यत्रो रकम बराबरको होटेल एकमोडेसन कसले प्रयोग गर्यो ॽ भन्ने कुरोको कुनै प्रमाण उपलब्ध छैन, त्यतिमात्र होइन, कोषाध्यक्षले होटेललाई त्यत्रो रकम चार्ज गर्न बैंक खाता नम्बर दिए त्यो पनि रहस्यपूर्ण छ । सबभन्दा घतलाग्दो कुरो त के छ भने एएनए कोसाध्यक्ष नै एएनएको सदस्य छैनन् । बजेटलाई मतलब नै नराखी हजारौं डलर एएनए अधिकारिहरु, स्वयमसेबकहरु, कलाकारहरु र पाहुनाहरुको लागि चाहिने खाना र पेयपदार्थमा खर्च भएको छ । एनआरएन एनसीसी युएसएसंग सम्बन्धित बृहस्पति लामाको रेस्टुरेन्टबाट ५० भीआईपीका लागि २० डलरका दरले र १७९ जनाका लागि ८ डलरका दरले खानाको भुक्तानी भएको छ, जुन बोस्टनमा प्रचलित मूल्यभन्दा अत्यधिक ज्यादा हो । यी र यस्ता अनेकौं अनाबस्यक र आर्थिक नियम बिपरितका भुक्तानीहरु एएनए कन्भेसनका घाटाका श्रोतहरु हुन् । र अन्त्यमा, ' डलर खाने रामे डलर नै तिर्ने स्यामे' भने जस्तो यी दुवै संस्थाका पदभिरूहरुले मान्लान त घाटा सहन ॽ एउटा गम्भीर प्रस्न तेर्सिएको छ सबका सामु । चुपचाप घाटा र घोटाला बेहोर्ने हो भने एक दुइ दिन पछि मान्छेले बिर्सी हाल्छन र समस्याको समाधान शान्तिपूर्ण रुपमा नै होला तर कुन चाहिँ नेपाली तेत्रो त्यागि छ, जो अर्काले दोबर्याएको चुपचाप बेहोर्छ ॽ बेहोरे बेहोर्छन नबेहोरे कानूनी झमेला समेत बेहोर्छन यी दुई संस्थाका पदभीरुहरुले भन्ने आम नेपाली र नन रेसिडेन्ट नेपालीहरुको उनीहरुप्रति चेतावनी पनि छ । कन्भेन्सन अध्यक्ष मेदनी अधिकारीको राजिनामा पछी आर्थिक अनियमितताप्रतिको आम मानिसहरुको चासो मत्थर हुने अपेक्षा होला एएनए टोटल टीमको तर केहि ९ सदस्यहरुले टोटल टिम अपदस्त गरेर एक ४ सदस्यीय एड हक टिम बनाएको खबर बाहिर आएको छ अहिले, यो पनि घोटाला समाधानको औसधि हैन । यो एड हक टीम बनाउने र बन्नेहरु पनि घोटाला श्रीजना गर्नमा जिम्मेबार छन्, उनीहरुको एड हक कमिटी घोटाला छलेर भाग्ने मेदिनी अधिकारीको राजिनामा भन्दा एक इन्च पनि फरक छैन, मेदिनी अधिकारीले घोटालाबाट बचिन्छ भन्ने केटाकेटी खेल प्रस्तुत गरेर राजिनामा ठोके तर कुनचाहि नेपाली त्यति लठयौरो छ र उनको चाल अबुझने ॽ 'चोरको खुट्टा काट भनेर कसैले भन्दा साच्चिकै चोरले चाहिँ आफ्नो खुट्टा अरुको भन्दा पहिले वर सार्थ्यो रे' भनेर हाम्रा बाबु बाजेले उखान झिक्थे, अधिकारीको राजीनामाले त्यहिँ त संकेत गरेको होइन ॽ टोटल टीमले कि त टोटल घोटाला पूर्ति गर्छन नभय कानूनी लफडा समेत झेल्नु पर्ने स्थिति आइसकेको छ । हेर्दैं जाउ के के हुँदै जान्छ ।
wikileaks · Dec 18, 2010 9:08 PM · 13,203 views
अमेरिकाको नेपाली सस्था एएनएमा ८६ हजार डलर नोक्सान । Monday, 20 December 2010 17:50 एभरेष्ट सम्बाददाता न्युयोर्क- अमेरिकामा बस्ने नेपालीहरुको पुरानो सस्था एएनएमा अहिलेसम्मको सवैभन्दा बढि रकम हिनामिना गरेको छानवीन समितिको प्रतिवेदनले देखाएको छ । २८ वर्ष अघि स्थापना भएको यो सस्था एएनए -एसोसियसन अफ नेपालिज इन अमेरिका) को इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढि ८६ हजार १ सय ७६ डलर सस्थाले नोक्सान वेहोर्नु परेकेा प्रतिवेदनले देखाएकेा छ । हरेक वर्ष अमेरिकाभरिका नेपालीहरुलाई एक ठाउमा भेला गराउने उद्धेस्य अनुरुप जुलाई महिनाको पहिलो हप्ता तीन दिनसम्म एएनए सम्मेलन आयोजना गदै आएको छ । यसै सिलसिलामा गत जुलाईको पहिलो हप्ता भएको एएनएको २८ औ सम्मेलनले त्यतिको धेरे नोक्सानी बेहोर्नु परेकेा प्रतिवेदनले उल्लेख गरेको छ । बोष्टन सम्मेलनमा आयोजकले १ लाख ७० हजार ९ सय १८ खर्च गरेकोमा ८४ हजार ७ सय ४२ मात्र आम्दानी गरेको देखाएको छ । खर्चकै सिलसिलामा आयोजक सस्थाले बोष्टनको पार्क प्लाजा होटलमा मात्र ५३ हजार ३ सय ५३ डलर तिर्नु परेको जनाएको छ । आयोजक एएनएका अफिसर, जिविएनसीका पदाधिकारीहरु र सम्मेलनमा बोलाएका पाहुनाहरुले उक्त होटलमा प्रति व्यक्ति २ सय २६ डलरदेखि १ हजार १९ डलरसम्म तिरेका हिसावमा उल्लेख गरेको छ । बोष्टन सम्मेलनमा भएको आर्थिक हिनामिना सम्बन्धमा गठित तीन सदस्यीय छानवीन समितिमा नविन दत्त पुर्व अध्यक्ष -कोलोराडो) , अनिल पाठक पुर्व कोषाध्याक्ष -भर्जिनिया) र हरि कुमार शर्मा अडिटर -भर्जिनिया) लाई छानिएको थियो । एएनएले हरेक वर्ष आयोजना गदै आएको सम्मेलनमा सम्बन्धीत अमेरिकी राज्यमा बसोबास गदै आएको नेपाली सस्थाको सहयोगमा साझेदारी आयोजकको रुपमा सम्मेलन गदै आएको छ । यसै सिलसिलामा बोष्टनमा भएको २८ औ सम्मेलनको लागी एएनएले बोष्टनस्थित नेपाली सस्था ग्रेटर बोष्टन नेपाली सोसाइटी -जिविएनसी) संग मिलेर साझेदारी आयोजकको भुमीका निभाएका थिए । वर्षभरिकै ठुलो मानिने एएनएको यो सम्मेलन सम्पन्न गर्नका लागी दुबै सस्था वीच आपसी लिखित सम्झौता गरेका थिए । उनीहरु वीच सम्मेलन गर्दा आर्थिक व्यवस्थापना एवं कार्यक्रमबाट हुने नाफा नोक्सान व्यवस्थापनको जिम्मेवारी लिने बारेमा कार्यक्रम हुनु दुई महिना अघिनै लिखित सम्झौता गरेका थिए । बोष्टन सम्मेलनमा आर्थिक हिनामिना भएपछि एएनएका पुर्व अध्यक्षहरु तथा एक्जुकेटिभहरुको पहलमा छानवीन समिति गठन गरेका थिए । प्रतिवेदनले के भन्छ समितिले दुई महिना लगाएर बनाएको प्रतिवेदनले एएनएन सम्मेलन अवधीमा गरेकेा हिसावहरु पारदर्सि ढंगले नराखेको,कार्यक्रममा गरेका खर्च शिर्षकको विल भर्पाई नभएको उल्लेख गरेको छ । ६ सय डलर भन्दा माथिको कारोबार गर्दा चेकबाट गरि दुई जनाले हस्तक्षर गर्न पर्नेमा त्यसो नगरेको , रकम भुक्तानीबारे लेखिएको विवरणलाई विल वा भौचरले पुष्टि गर्न नसकेको, व्यक्तिगत रुपमा आयोजकले होटल बसाई, खानपान र डि्ङगसको विल समेत सस्थाको नाममा राखेको छ जुन स्वीकार्य छैन । सस्थामा भएको आम्दानीलाई पहिला बैकमा जम्मा गरि भुक्तानी गर्न पर्ने ठाउमा चेक दिनुपर्ने सामान्य मान्यतालाई एएनएले नपछयाएकेा समितले पत्ता लगाएको जनाएको छ। नेपाली कलाकार र सास्कृतिक समुहलाई दिएको भुक्तानीमा पनि रकम फरक परेकेा र उनीहरुलाई दिएको यातयात खर्च र टिकटको रकम पनि दिएको र पेश गरेकेा फरक देखिएको छ । यस्ता खर्च शिर्षकको विभिन्न त्रुटिहरुको समेटेको ३० पेज लामो लामो उक्त प्रतिवेदनले एएनएको स्थापना बारेदेखि एएनए सम्मेलनमा भएको हरेक शिर्षकको हिसाबको खर्च र नाफासंगै एएनएले जिविएनसिसंग सम्मेलन गर्न अघिको र कार्यक्रम गर्दा दुबै सस्था मिलेर बोष्टनको होटलसंग गरेको लिखित सम्झौता पत्र र केही इमेलहरु संलग्न गरेको छ । छानवीन समितिको प्रतिवेदन प्राप्त भएपछि एभरेष्टटाइम्सले एएनएका अफिसरहरुसंग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेनन । छानवीन प्रतिवेदन सार्वजनिकपछि बोष्टन सम्मेलनमा भएको आर्थिक हिनामिनाको कारण अहिले एएनएभित्रको अधिकांस एक्जुकेटिभहरुले गत डिसेम्बर १२ मा अकास्मिक बैठक बसी अफिसरहरु विनाको तदर्थ समिति चयन समेत गरेको छ । एएनएको पुर्वनिधारित लक्ष्य र उद्धेस्य पुरा गर्न समितिले जिम्मेवारी बहन गर्ने भएको छ । एएनएभित्र ५ जना अफिसर र १६ जना एक्जुकेटिभ रहेको छ । सस्थाभित्रको अध्यक्ष, उपाध्याक्ष, महासचिव , सुचना अधिकृत र कोषाध्याक्षलाई एएनएले अफिसरकेा रुपमा नामकरण गरेको छ । 'बोष्टन सम्मेलनमा भएको आर्थिक गडबडी र केही व्यक्तिवादी सोचले एएनए जस्तो पवित्र सस्थालाई बन्दी बनायो' एएनएका एक्जुकेटिभ डा. शम्भु ढुङगानाले एभरेष्ट टाइम्सलाई भने- 'लामो इतिहास बोकेको यो सस्थालाई फराकिलो मनले माथि उठाउनु पर्ने हामी सवैको साझा कर्तव्य हो' । उनका अनुसार बोष्टन सम्मेलनको हिसाब किताबको बारेमा एएनएका ५ जना अफिसरहरुले एक्जुकेटिभहरुलाइ जानकारी गरेका थिएनन । प्रतिवेदन प्रकाशित भए लगतै सस्थाले होटलमा तिर्नु पर्ने सवै तिरिसकेपनि अझै करिब ५० हजार डलर भन्दा बढि रकम अरुलाई दिनु पर्ने बाकी रहेको छ । वर्षनी अमेरिकाबासी नेपालीलाई एक ठाउमा भेला गराउने आगामी एएनए सम्मेलनलाई सफल बनाउनका लागी पनि तद्धर्थ समिति बनेको हो । डा.ढुङगानाको नेतृत्वमा बनेको समितिमा अनन्त रिसाल, भुवन तिमिल्सिना र श्रीराम दाहाल रहेका छन । उता बोष्टन सम्मेलनको आर्थिक समस्या समाधानका लागी भने एएनएको ४ जना अफिसरनै लाग्ने भएको ढुङगानाले बताए । आर्थिक छानवीन समितिले भने बोष्टन सम्मेलनमा संलग्नता भएको एएनएका अफिसरलाई आगामी कोलोराडोमा हुन लागेको एएनएको सम्मेलनमा सहाभागीता नगराउनु भने बमोजिम अहिलेको तद्धर्थ समितिमा नराखेको उनले बताए । एएनएमा अहिले अफिसरको रुपमा अध्यक्षमा सिमोन ढुङगाना, उपाध्याक्षमा मेदीनी अधिकारी, महासचिवमा धीरेन गुरुङ, सुचना अधिकृतमा श्रीष भोजपुरे र कोषाध्याक्षमा उत्सव गुरुङ रहेका छन । बोष्टनमा भएको आर्थिक गडबडीको कारण अफिसर तथा उपाध्याक्ष अधिकारीले भने यस अघिनै राजीनामा दिइसकेका छन । अफिसरहरु नराखेर एक्जुकेटिभहरुले मात्रले गरेकेा बैठकको निर्णयबाट गठन गरेकेा तदर्थ समितिलाई एएनएका आजीवन सदस्यहरुले स्वागतयोग्य कार्य गरेको भनी इमेल मार्फत सबैलाई धन्यवाद दिएका छन । ' जुनसुकै अवस्थामा भएपनि यो ऐतिहासिक सस्थालाई हामी अघि बडाउछौ तर अफिसरबाट भएको कमजोरीलाई वहाहरुलेनै समाधान गर्नू हुनेछ' डा ढुङगानाले बताए । Income Source Amount Notes Registration and Tickets $53,724.03 At the desk. Could not be verified in the absence of proper documentation. $24,118.50 Through PayPal Food Vendors $6,650.00 Could not be verified in the absence of proper documentation. Other Income $250.42 Could not be verified in the absence of proper documentation. Total Income $84,742.95 Cultural Programs "Dohori~ Night $4,500.00 Fashion Show $6,619.75 Cultural Programs — Other 11,866.00 Forum Expenses $380.00 Guest and Volunteer's Meal $4,315.34 Hotel Holiday Inn, Somerville, MA $7,370.94 Hotel Park Plaza and Towers $39,941.44 Hotel Expenses — Others $880.00 Legal Fees $1,890.00 Other Expenses $948.92 Photography Expenses 1,973.00 Printing Expenses $17,110.88 Security Expenses $15,069.54 Sports $18,387.25 Supplies $9,182.48 Videography Expense $3,500.00 Visa Processing Fees $1,320.00 Total Expenses $170,918.75 Last Updated ( Monday, 20 December 2010 20:02 )
wikileaks · Dec 20, 2010 2:33 PM
Crooks!!!!!!
north pole · Feb 1, 2011 11:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion